
नेपालगन्ज, १४ भाद्र – बाँके जिल्लामा आज आईतबार थप २४ जनाले कोरोना जितेर घर फिर्ता भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका बिभिन्न आइसोलेशन सेन्टरबाट आज आईतबार २४ जना घर फर्किन लागेका छन् ।

पछिल्लो समय घर फर्किनेहरुको संख्या पनि लगातार बढिरहेको छ । यद्दपि कोरोना संक्रमितको संख्या पनि जिल्लामा दैनिक बढिरहेको छ । घर फर्किने क्रममा आज आईतबार ६ वर्षीया बालिकादेखि ४८ वर्षका पुरुष गरी ५ महिला र १९ पुरुष रहेको कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
जिल्लामा हालसम्म ७ सय २७ जना डिस्चार्ज भइसकेका छन् । कोरोना संक्रमितको संख्या ९ सय ९० पुग्दा ३ महिलासहित ६ जनाको मृत्यु भईसकेको छ ।
