Tuesday, June 2सत्यम खबर
Shadow

समाज

अपडेटः विभिन्न आईसोलेशनबाट ३७ डिस्चार्ज

अपडेटः विभिन्न आईसोलेशनबाट ३७ डिस्चार्ज

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ कार्तिक – कोरोना संक्रमणमुक्त हुँदै बाँके ३७ जना डिस्चार्ज भएका छन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमण देखिएपछि कार्तिक १३ गते विभिन्न (संस्थागत तथा निजि) आईसोलेशनमा बस्दै आएका ३७ जना आज आईतबारबाट डिस्चार्ज भएका छन् । फाईल फोटो डिस्चार्ज हुनेमा १२ वर्षिय बालिकादेखी ८७ वर्षिय बृद्धसम्म रहेका बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार डिस्चार्ज भएका सबैलाई आजै घर पठाउने तयारी गरिएको छ ।आज डिस्चार्ज भएका ३७ जनासँगै बाँकेबाट हालसम्म ३ हजार ५९ जना डिस्चार्ज भईसकेका छन् भने अझैं २ सय ९८ जना विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका छन् ।...
कोरोना भाइरसबारे जनचेतना जगाउँदै बि–गु्रप

कोरोना भाइरसबारे जनचेतना जगाउँदै बि–गु्रप

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ कार्तिक – भेरी वातावरणीय विशिष्ट समुह (बि–गु्रप)ले खजुरा गाउँपालिकाको वडा नम्बर ४ र ८ मा शनिबार बाल्टिन र साबुन वितरण गरेको छ । बि–गु्रपले स्थानीय स्तरमा गएर कोरोना भाइरस बारे जनचेतना जगाउँदै स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।कोभिड १९ कोरोना भाइरसले पारेको प्रभावलाई कम गर्न र संक्रमणको बेला सावधान अपनाउको लागि सहयोग गर्ने उद्देश्यले साबुन र बाल्टिन वितरण गरिएको बि–गु्रपले बताएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न वर्ग र समस्यामा परेका स्थानीयलाई सहयोग गरेको कार्यक्रम संयोजक प्रकाश शर्माले बताउनु भयो । गाउँपालिकाको वडा नम्बर ४ मा १ सय ८५ जनालाई र ८ नम्बर वडामा १ सय ७७ जनालाई वितरण गरिएको हो । शनिबार एक कार्यक्रमका बिच वडा नम्बर ८ अध्यक्ष फिरोज खानले स्थानीयलाई सहयोग सामाग्री प्रदान गर्नु भएको थियो । अध्यक्ष खानले बि–गु्रपको सहयोग वडाका विपन्न जनतालाई सहयोग पुगेको ...
देशभर थपिए २ हजार ७ सय ५३ कोरोना संक्रमित

देशभर थपिए २ हजार ७ सय ५३ कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ कार्तिक – शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख ५५ हजार १ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।देशभर शनिबार थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।...
अपडेट : बाँकेमा ६८ कोरोना संक्रमित थपिए

अपडेट : बाँकेमा ६८ कोरोना संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ कार्तिक – नेपालगन्ज स्थित भेरी अस्पतालले शनिबार पछिल्लो २४ घण्टाको कोरोना रिपोर्ट सार्वजनिक गरेको छ ।सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५४ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमध्ये बाँकेका ५३ र अन्य जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालको प्रयोगशालामा हालसम्म ४७ हजार ४ सय ७० जनाको नमुना परिक्षण गरिएकोमा शुक्रबारसम्म ३ हजार ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख गरिएको छ ।...
१७ घण्टामा पाँच संक्रमितको मृत्यु

१७ घण्टामा पाँच संक्रमितको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ कार्तिक – बाँकेमा कोरोना संक्रमणका कारण ज्यान मुमाउनेको संख्या बढ्न थालेको छ । विशेष गरी बाहिरी जिल्लाबाट उपचार लागि बाँके आउने संक्रमितहरुको मृत्युदर बढेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।केन्द्रका अनुसार शुक्रबार दिउँसो २ बजेदेखी शनिबार बिहान ६ बजेजम्म बाँके, कैलाली र दाङका ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बाँकेका विभिन्न अस्पतालमा उपचार गराईरहेका ति ब्यक्तिको कोरोना संक्रमण कै कारण ज्यान गएको केन्द्रले दावी गरेको छ । यसैगरी, शुक्रबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षिय सुत्केरी महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । सुत्केरी भए लगत्तै कोरोना संक्रमण देखिएकी ति महिलाको संक्रमण देखिएको चार दिनपछि उपचार कै क्रममा शुक्रबार दिनको ३ः२० बजे मृत्यु भएके केन्द्रले जवनाएको छ ।यसैगरी शुक्रबार नै कोरोना भाई...

अपडेटः कोरोना मुक्त भई १६ महिलासहित ३५ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ कार्तिक – विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होम आइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भई १६ महिला र १९ पुरुष गरी आज शनिबार ३५ जना डिस्चार्ज भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । आज घर फर्किनेहरु कार्तिक १२ गते आईसोलेसन भर्ना भएका थिए । कोरोना संक्रमण मुक्त भई घर फर्किनेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार आज शनिबार संक्रमण मुक्त भएका ३५ जनासँगै बाँकेमा कोरोनालाई जित्नेको संख्या ३ हजार २२ पुगेको बताउनुभयो ।शनिबारसम्म बाँकेका ३ हजार २२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने हालसम्म बाँकेमा कोरोना संक्रमितहरु ३ हजार ३ सय ३६ जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना निको हुने दर ९०.५९ प्रतिशत रहेको छ । मृत्यु दर १.०५ रहेको छ भने रोग प्रकोप दर ०.५५ प्रतिशत रहेको बताउनुभयो । जि...
कोरोनाले थप एक सुत्केरीको मृत्यु

कोरोनाले थप एक सुत्केरीको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ कार्तिक – कोरोना संक्रमण देखिएकी एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । कार्तिक १७ गते सुत्केरी भएकी तुल्सीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षिय महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।सुत्केरी ब्यथाले च्यापेपछि उपचारका लागि कार्तिक १६ गते मेडिकल कलेज कोहलपुरमा उनलाई भर्ना गरिएको थियो । भर्ना भएको एक दिनपछि (१७ गते) उनको बच्चा जन्माएकी थिईन ।बच्चा जम्मीएपछि पनि उनको स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा ति महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोरोना संक्रमण देखिएपछि कोरोना वार्डमा भर्ना गरेर रोगको प्रकृती अनुसार सबै प्रकारको उपचार सुरु गरीएको थियो ।उनको आज (शुक्रबार) दिनको ३ः२० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतकको ...
देशभर थपिए २ हजार ९ सय ९ संक्रमित

देशभर थपिए २ हजार ९ सय ९ संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ कार्तिक – पछिल्लो २४ घन्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । संक्रमित मध्ये १ लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भएका छन् ।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।...
५ लाख बराबर अवैध पटाका बरामद

५ लाख बराबर अवैध पटाका बरामद

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ कार्तिक – बा“के प्रहरीले ठुलो मात्रामा पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत ५ लाख मूल्य बराबरको अवैध पटका सार्वजनिक गरेको छ ।तिहार नजिकिएसँगै भारतबाट पटका ल्याउने क्रम पनि बढेको छ । बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले नौ पेटी पटाका बरामद गरेको बताउनुभयो । प्रहरीका अनुसार जमुनाहा भएर मोटरसाईकलमा पटाका ल्याइएको थियो ।त्यस्तै दश किलो चार सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।लागु औषध नियन्त्रण व्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका वडा नं–८ को सनौलो टोलबाट अफिमसहित तिलकबहादुरा शाही पक्राउ परेका छन् ।...
मानवअधिकार घुम्ती शिविर

मानवअधिकार घुम्ती शिविर

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज २० कार्तिक – बाँके र बर्दियामा मानवअधिकार घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमार्फत नागरिकहरुको घर घरमा पुगेर मानवअधिकार सम्वन्धी विभिन्न सन्देशमुलक सूचनाहरु प्रवाह गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित शिविरमा माइकिग गरेर टोल, समुदायका घरघरमा सन्देश दिइएको हो ।शिविरमा मानवअधिकारसंग जोडिएका विभिन्न सवाल, केशका बारेमा परामर्श, कानूनी परामर्श तथा समस्याको पहिचान गरि सम्वन्धित निकायहरुमा रिफर लगायतका विषयमा जानकारी दिइएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । बाँके डुडुवा गाउँपालिकाको वार्ड नंं. ३, ५ र ६ यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकाको १, २, ३, वडामा घुम्ती शिविर सञ्चालन गरिएको छ ।संस्थाद्वारा गठित हिंसा निगरानी समुहको सहभागितामा शिविर सञ्चालन गरिएको...