Monday, April 13सत्यम खबर
Shadow

देशभर थपिए २ हजार ९ सय ९ संक्रमित

नेपालगन्ज, २१ कार्तिक – पछिल्लो २४ घन्टामा देशभर २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । संक्रमित मध्ये १ लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *