
नेपालगन्ज, २३ कार्तिक – कोरोना संक्रमणमुक्त हुँदै बाँके ३७ जना डिस्चार्ज भएका छन् । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमण देखिएपछि कार्तिक १३ गते विभिन्न (संस्थागत तथा निजि) आईसोलेशनमा बस्दै आएका ३७ जना आज आईतबारबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा १२ वर्षिय बालिकादेखी ८७ वर्षिय बृद्धसम्म रहेका बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार डिस्चार्ज भएका सबैलाई आजै घर पठाउने तयारी गरिएको छ ।
आज डिस्चार्ज भएका ३७ जनासँगै बाँकेबाट हालसम्म ३ हजार ५९ जना डिस्चार्ज भईसकेका छन् भने अझैं २ सय ९८ जना विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका छन् ।
