आठ जना महिला सहित ३१ जनाले रक्तदान गरे
नेपालगन्ज, २८ कार्तिक – नेपालगन्जमा रगतको अभव भइरहेको अवस्थामा विहीवार यहाँ आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारी लगायत ८ जना महिला सहित ३१ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गेका छन् । नेपालगन्जबाट विगत ३९ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
श्री टिभिएस मोटर साइकल तथा ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि., नेपालगन्ज–१८, बाँकेको सहकार्यमा स्थानीय कारकाँदो चोक स्थित टिभिएस शो रुममा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, टिभिएसका क्षेत्रीय बजार प्रवन्धक प्रकाश श्रेष्ठ, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष विशाल श्रेष्ठ, निर्देशकद्वय रणबहादुर शाही महादेवसिंह ठकुरी, जनमत सम्पादक पूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्...









