
नेपालगन्ज, २२ कार्तिक – नेपालगन्ज स्थित भेरी अस्पतालले शनिबार पछिल्लो २४ घण्टाको कोरोना रिपोर्ट सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ५४ जनाको स्वाव परिक्षण गरिएको थियो । जसमध्ये बाँकेका ५३ र अन्य जिल्लाका १५ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
अस्पतालको प्रयोगशालामा हालसम्म ४७ हजार ४ सय ७० जनाको नमुना परिक्षण गरिएकोमा शुक्रबारसम्म ३ हजार ८ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विवरणमा उल्लेख गरिएको छ ।
