Sunday, April 12सत्यम खबर
Shadow

देशभर थपिए २ हजार ७ सय ५३ कोरोना संक्रमित

नेपालगन्ज, २२ कार्तिक – शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।


योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख ५५ हजार १ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर शनिबार थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *