Thursday, May 28सत्यम खबर
Shadow

मानवअधिकार घुम्ती शिविर

नेपालगन्ज २० कार्तिक – बाँके र बर्दियामा मानवअधिकार घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमार्फत नागरिकहरुको घर घरमा पुगेर मानवअधिकार सम्वन्धी विभिन्न सन्देशमुलक सूचनाहरु प्रवाह गरिएको छ ।


पारस्परिक जवाफदेहिता परियोजना मानवअधिकार सुदृढिकरण कार्यक्रम अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित शिविरमा माइकिग गरेर टोल, समुदायका घरघरमा सन्देश दिइएको हो ।
शिविरमा मानवअधिकारसंग जोडिएका विभिन्न सवाल, केशका बारेमा परामर्श, कानूनी परामर्श तथा समस्याको पहिचान गरि सम्वन्धित निकायहरुमा रिफर लगायतका विषयमा जानकारी दिइएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।


बाँके डुडुवा गाउँपालिकाको वार्ड नंं. ३, ५ र ६ यसैगरी बर्दियाको बढैयाताल गाउँपालिकाको १, २, ३, वडामा घुम्ती शिविर सञ्चालन गरिएको छ ।
संस्थाद्वारा गठित हिंसा निगरानी समुहको सहभागितामा शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय ६ जना स्वयम्सेवक समेत परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *