Sunday, April 12सत्यम खबर
Shadow

१७ घण्टामा पाँच संक्रमितको मृत्यु

नेपालगन्ज, २२ कार्तिक – बाँकेमा कोरोना संक्रमणका कारण ज्यान मुमाउनेको संख्या बढ्न थालेको छ । विशेष गरी बाहिरी जिल्लाबाट उपचार लागि बाँके आउने संक्रमितहरुको मृत्युदर बढेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार शुक्रबार दिउँसो २ बजेदेखी शनिबार बिहान ६ बजेजम्म बाँके, कैलाली र दाङका ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । बाँकेका विभिन्न अस्पतालमा उपचार गराईरहेका ति ब्यक्तिको कोरोना संक्रमण कै कारण ज्यान गएको केन्द्रले दावी गरेको छ ।


यसैगरी, शुक्रबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षिय सुत्केरी महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । सुत्केरी भए लगत्तै कोरोना संक्रमण देखिएकी ति महिलाको संक्रमण देखिएको चार दिनपछि उपचार कै क्रममा शुक्रबार दिनको ३ः२० बजे मृत्यु भएके केन्द्रले जवनाएको छ ।
यसैगरी शुक्रबार नै कोरोना भाईरस संक्रमण देखिएकी टिकापुर नगरपालिका १ कैलालीकी ५६ वर्षिय महिलाको मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक २० गते उपचारका लागि मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएकी ति महिलाको शुक्रबार दिउँसो २ः४५ बजे मृत्यु भएको हो ।
यसैगरी, शुक्रबार बेलुका दाङ र बाँकेको राप्तीसोनारीका २ पुरुषको ज्यान गएको थियो । तुल्सीपुर उपमहानगरपालिका ५ का ७३ वर्षिय पुरुष र बाँकेको राप्तीसोनारी गाँउपालिका ८ का ४८ वर्षिय पुरुषको ८० मिनेटको फरकमा ज्यान गएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
दाङका ७३ वर्षिय पुरुषलाई कार्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोरोना वार्डमा भर्ना गरिएको थियो । भर्ना भएको ८ दिनपछि उनको शुक्रबार बेलुका ६ः४० बजे मृत्यु भएको थियो ।
त्यसअघि ५ः२० मा राप्तीसोनारीका पुरुषले दम तोडेका थिए । उनलाई कात्तिक २ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । भर्ना भएको १९ दिनपछि उपचारकै क्रममा निधन भएको कोरोना फोकल पर्सन श्रेष्ठले जनाए ।
यसैगरी आज शनिबार घोराही उपमाहानगरपालिका–१५ दाङका ५९ वर्षिय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि कार्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा श्वाव दिएका उनको कार्तिक ६ गते पीसीआर रिर्पोट पोजेटिभ आएको थियो ।
कार्तिक ७ गतेदेखि कात्तिक २० गतेसम्म दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार सुरु गरिएको तर स्वास्थ्यमा सुधार नआउँदा कात्तिक २० गते उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याईएको थियो ।
कार्तिक २० गते साँझ ८ बजेपछि भेरी अस्पतालमा उपचार सुरु गरिएपनि स्वास्थ्या सुधार नआउँदा कात्तिक २२ गते शनिबार विहान ५ः२५ बजे उनको मृत्यु भएको अस्पताललाई उदृध गर्दै श्रेष्ठले जानकारी दिए ।
श्रेठले रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार चलिरहेकै अवस्थामा उनिहरुको मृत्यु भएको जनाएका छन ।
योसँगै बाँकेमा बाहिर जिल्लाबाट आई उपचारका क्रममा ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ भने जिल्ला भित्रका ३५ जनाले कोरोना संक्रमण कै कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *