विदेशी नागरिक भित्र्याउने बि.एन. अस्पतालमाथि कार्यवाहीको माग
नेपालगन्ज, ३० कार्तिक – नेपालगन्जको बाटो प्रयोग गर्दै भारत प्रवेश गर्न लागेका ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेको छ ।
नेपाल–भारतको खुला सीमाको फाईदा उठाउँदै विगत वर्षदेखि कतिपय आतंककारी, लभजिहादको (सीमाको प्रेम कहानी) घटनामा संलग्नहरु भारततर्फ प्रवेश गरेको घटनाहरु सार्वजनिक भएसँगै हिजो शनिबार भारततर्फ प्रवेश गरेको ब्रिटिश महिला र पाकिस्तानी पुरुषको घटनाले नयाँ तरंग नै उत्पन्न गरेको छ ।
केही दिन अगाडी मात्र दिल्लीको लालकिलामा कार भित्र बम बिस्फोट भएको थियो । सो बम विस्फोटपछि नेपाल भारत सीमानाका पूर्णरुपमा कडा पारिएको थियो । यस्तो अवस्थामा ब्रिटिश महिलासहित एक जना पाकिस्तानी नागरिक भारतीय सीमानाका रुपैडिया प्रवेश गरी एसएसबीको हात लाग्नु कुनै चानचुन घटना होइन ।
यहाँ बुझ्नुपर्ने के देखिन्छ भने उनलाई यहाँसम्म ल्याउने को हो ? उन...









