Wednesday, April 29सत्यम खबर
Shadow

समाचार

‎समिर राना मगर चम्किँदा वार्ड नं. १२ ले स्टिफनलाई १४६ रनले हरायो

‎समिर राना मगर चम्किँदा वार्ड नं. १२ ले स्टिफनलाई १४६ रनले हरायो

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ फागुन - नेपालगन्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा वार्ड नं. १२ ले उत्कृष्ट प्रदर्शन गर्दै स्टिफन टिमलाई १४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ‎पहिला ब्याटिङ गरेको वार्ड नं. १२ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२७ रन बनाएको थियो। टोलीका लागि समिर राना मगर ले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ७२ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। यस्तै प्रमित आचार्य ले ४२ बलमा ६७ रन को महत्वपूर्ण इनिङ्स खेले। साथै बिशाल वर्मा ले २६ रन तथा उत्तम रोका ले १७ रन थपे। ‎२२८ रनको विशाल लक्ष्य पछ्याएको स्टिफन टोली भने १२ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमै समेटियो। स्टिफनका लागि अनुराग वैश्य ले सर्वाधिक १५ रन बनाए भने क्षितिज बुद्धा मगर ले १३ रन जोडे। ‎वार्ड नं. १२ का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अब्देश कवुजिया, राम आर्य र सौगत खत्री ले समान २–२ विक...
नेपालगन्ज क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

नेपालगन्ज क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ फागुन - भारतको लखनउस्थित म्याक्स सुपर स्पेसियालिटी हस्पिटलले नेपाल मेडिकल एसोसिएसन (एनएमए) भेरी च्याप्टरको सहकार्यमा नेपालगञ्जमा क्यान्सर उपचार सम्बन्धी नवीन प्रविधि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले एक शैक्षिक कार्यक्रम आयोजना गरेको छ। ‘रिसेन्ट अपडेट्स इन अन्कोलोजी’ शीर्षकको कन्टिन्युइङ मेडिकल एजुकेशन (सीएमई) कार्यक्रम शुक्रबार साँझ नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान्सर रोगको पहिचान, शल्यक्रिया तथा आधुनिक उपचार विधिमा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनउका न्यूक्लियर मेडिसिन निर्देशक डा. शाश्वत वर्माले ‘पेट–सिटी: ए प्रिसिजन टुल इन पेसेन्ट केयर’ विषयमा प्रस्तुति दिँदै अत्याधुनिक इमेजिङ प्रविधिले क्यान्सरको प्रारम्भिक पहिचान र सही चरण निर्धारणमा म...
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन - नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्स ले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ। ‎पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाह ले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेख ले १३ रन, अमन कासगर ले ११ रन र फयान खान ले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए। ‎९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिज ले राम्रो सुरुवात गर्न नसक्दा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाई ले १३ रन, अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूत ले समान १०–१० रन बनाएका थिए। इमरान खान ले ७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। ‎ब...
जन्मदिनको अवसरमा रक्तदान, रगतको अभाव हुँदै

जन्मदिनको अवसरमा रक्तदान, रगतको अभाव हुँदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ फागुन – आफ्नो जन्मदिनको अवसर पारेर नियमित स्वयंसेवी रक्तदाता लवराज खरेलले बुधवार रक्तदान दिनु भएको छ । विगत २० वर्षदेखि हरेक तीन महिनामा निरन्तर रक्तदान अभियान आयोजना गर्दै आएको जनमत अद्र्ध साप्ताहिकका स्वयम्सेवी नियमित रक्तदाता खरेलले यो समेत ६४ औं पटक रक्तदान गर्नु भएको हो । राप्ती सोनारी गाउँपालिका वडा नं.६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाका सल्लाहकार खरेलले हरेक तीन महिनामा नियमित रक्तदान गर्नु हुन्छ । यसैगरी नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाकी उपाध्यक्ष स्वयम्सेवी नियमित रक्तदाता अमृता केसीले पनि २८ औं पटक रक्तदान गर्नु भएको छ । स्वयम्सेवी रक्तदाता केसीले आफुले हरेक तीनमहिनामा रक्तदान गर्ने बानी बसेको र समय तलमाथि भयो भने शारीरिक समस्या सिर्जना हुने बताउनु भयो । नेपाल रेडक्रस प्...
नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

नेपालगन्ज मेयर कपमा नेपालगन्ज मोडल एकेडेमी ६ विकेटले विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ फागुन–नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा नेपालगन्ज मोडल एकेडेमी (एन.एम.ए.) ले मंगोलियन स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ। ‎खेलमा पहिले ब्याटिङ गरेको मंगोलियन स्पोर्ट्स क्लब ले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो। टोलीका लागि दीपेश शाही ले सर्वाधिक १९ रन जोडे भने अफ्रोज खान र बिभिन्न खेलाडीहरूले सानो–सानो योगदान दिएका थिए। ‎११७ रनको लक्ष्य पछ्याएको नेपालगन्ज मोडल एकेडेमी ले संयमित ब्याटिङ गर्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीका लागि पारस देवकोटा ले उत्कृष्ट प्रदर्शन गर्दै ३७ बलमा ५३ रनको आकर्षक अर्धशतक प्रहार गरे। उनले आफ्नो इनिङ्समा १० चौका प्रहार गर्दै टोलीलाई जिततर्फ डोर्‍याए।   ‎त्यसैगरी बिवेक पुन मगर ले १९ रनको महत्वपूर्ण योगदान दिए भने अनिल...
कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ फागुन – वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बि.के. निर्मोहीको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। बास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ्ख, दलित महिला संघ फेडो (ँभ्म्इ) की अध्यक्ष निर्मला सुनार तथा कलाकार विरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाजसेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए। उनीहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताएका थिए।वक्ताहरूले निर्मोहीले जीवन...
पूर्व प्रधानमन्त्री ओलीलाई फौजदारी मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस

पूर्व प्रधानमन्त्री ओलीलाई फौजदारी मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २४ फागुन – जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको छ। पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब पाँच महिनाको अनुसन्धानपछि आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो । आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन् । प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले घटनामा गल्ती गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सिफारिस गरिएको बताए । उनका अनुसार प्रतिवेदन ९ सयभन्दा बढी पृष्ठको रहेको छ र त्यसमा विभिन्न अनुसूचीहरू पनि समावेश छन् । आयोगले भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका घटनाबारे छुट्टाछुट्टै विश्लेषण र सुझाव दिएको छ । भदौ २३ मा नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शन...
बालेन शाहको उदय र नेपालको भविष्य

बालेन शाहको उदय र नेपालको भविष्य

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
— प्रेमचन्द्र झा मितिः २०८२ फागुन २४ गते, आईतबार नेपालको राजनीतिक इतिहासमा समय–समयमा जनताले परिवर्तनको खोजी गरेका छन्। लामो समयदेखि परम्परागत दल, पुराना अनुहार र अस्थिरताले चिनिएको नेपाली राजनीतिमा नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता महसुस हुँदै आएको छ। यस्तै पृष्ठभूमिमा वैकल्पिक राजनीतिको प्रतीकका रूपमा उदाएका व्यक्तित्व हुन् बालेन शाह । उनको उदय केवल एउटा चुनावी परिणाम मात्र होइन, नेपाली राजनीतिक संस्कृतिमा सम्भावित नयाँ युगको संकेतका रूपमा पनि हेरिएको छ। परम्परागत राजनीतिक नेतृत्वसँग प्रतिस्पर्धा गर्दै उनले स्थापित राजनीतिक शक्तिलाई चुनौती दिएका छन्। यसले जनताको मनोविज्ञानमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाउँछ। जनता अब पुरानो राजनीतिक शैलीबाट थाकिसकेका छन् र परिणाममुखी, इमानदार तथा ऊर्जाशील नेतृत्वको खोजीमा छन्। बालेन शाहको उदय सामान्य राजनीतिक यात्राको परिणाम होइन। उनी इन्जिनि...
फोनिजकाे एक दिने निःशुल्क स्वास्थ्य चेकजाँचमा ३ सय ४८ जनाले लिए सेवा

फोनिजकाे एक दिने निःशुल्क स्वास्थ्य चेकजाँचमा ३ सय ४८ जनाले लिए सेवा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ फागुन - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँकेले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य चेकजाँच कार्यक्रममा ३ सय ४८ जनाले सेवा लिएका छन्। नेपाल मगर दिवसको अवसर पारेर सञ्चालन गरिएको उक्त स्वास्थ्य शिविर बाँकेको कोहलपुर न्युरोड खुल्ला मञ्च र खजुरा गाउँपालिका वडा नं. ३ बहुउद्देश्यीय सभाहल मा सम्पन्न भएको थियो। कोहलपुरमा १ सय ८८ जना र खजुरामा १ सय ६० जना गरी जम्मा ३ सय ४८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएको फोनिज बाँकेका अध्यक्ष अशोक थापा मगरले दिनुभयो। स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा रक्तचाप, मधुमेह (सुगर), सामान्य स्वास्थ्य परीक्षण, परामर्श सेवा लगायत आवश्यक प्राथमिक उपचार प्रदान गरिएको थियो। विभिन्न उमेर समूहका स्थानीय सर्वसाधारण, ज्येष्ठ नागरिक तथा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। ...
पार्टीको नाममा गद्दारी गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

पार्टीको नाममा गद्दारी गर्नेहरुले विकास गर्दैनन् : कमरुद्दिन राई

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १२ फागुन - जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवाको कम्दीमा चुनावी सभा आयोजना गरेको छ। आफ्ना उम्मेदवार कमरुद्दिन राईको पक्षमा माहोल बनाउन आज चुनावी सभा गरेको हो । चुनावी सभालाई सम्वोधन गर्दै बाँके क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार राईले सबै उम्मेदवारलाई अहिले कमरुद्दिनबाट त्रासमा रहेको बताए । आफुले जनताको हितमा काम गरेका कारण अन्य सबै उम्मेदवार डराएको बताए । पैसा र पावरमा जनतालाई भ्रममा पार्न खोजिएको भन्दै उनले आक्रोश पोखे । उनले विपक्षीहरु आफ्नो डरले जनतालाई आफ्नो पक्षमा पार्न पैसाका ठेकेदारहरु घरघरमा पुगेको टिप्पणी गरे । उनले बाँके क्षेत्र नं.२ मा भएको विकास निर्माणमा जसपाका अध्यक्ष उपेन्द्र यादवको हात रहेको बताए । पार्टीको नाममा गद्दार गर्नेहरुले विकास गर्न नसक्ने र विकास पनि नगरेको टिप्पणी गरे । उनले मोहम्मद ...