विषम परिस्थितिमा निर्वाचन, विवेकपूर्ण मतदान गर्न उपेन्द्र यादवको आग्रह
नेपालगन्ज, १२ फगुन १२ - जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा निर्वाचन हुन लागेको बताएका छन् ।
जसपाले आज बाँकेको कम्दीस्थित मिलन चोकमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै उनले यो कुनै सहज अवस्थामा चुनाव हुन नलागेको भन्दै विषम परिस्थितिमा हुन लागेको बताए ।
पाँच वर्षको समयावधि पाएको संसद ३ वर्षमै भंग भएर फेरि चुनाव हुन लागेको भन्दै मतदानमा विवेक पुर्याउन आग्रह गरे । उनले मुलुकमा लामो समय काँग्रेस एमालेले सरकार चलाएको बताउँदै उनीहरुकै कारण विद्यमान समस्या देशमा उत्पन्न भएको बताए । पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको भन्दै ठूला दलहरुको कारण राजनीतिक अस्थिरता उत्पन्न हुँदा युवा पुस्ता रिसाएको बताए ।
उनले जेनजी आन्दोलनलाई भ्रष्टचार र कुशासनको विद्रोह भएको बताए । एमाले नेतृत्वको सरकारले सामाजिक संजालमा लगाएको प्रतिवन्धका कारण पनि भदौं २३ र २४ गतेको घटना भए...









