Tuesday, March 31सत्यम खबर
Shadow

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

नेपालगन्ज, २८ फागुन – नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा एनपीजे लायन किङ्स ले उत्कृष्ट प्रदर्शन गर्दै जुनियर क्याम्ब्रिज लाई १२ रनले पराजित गरेको छ।

‎पहिले ब्याटिङ गरेको एनपीजे लायन किङ्स ले निर्धारित १३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। टोलीका लागि आदिल शाह ले सर्वाधिक २८ रन बनाए। त्यस्तै हसन शेख ले १३ रन, अमन कासगर ले ११ रन र फयान खान ले १० रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

‎९६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको जुनियर क्याम्ब्रिज ले राम्रो सुरुवात गर्न नसक्दा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो। जुनियर क्याम्ब्रिजका लागि गौश हलुवाई ले १३ रन, अभिषेक शर्मा, अयान खान र ऋतिक सिंह राजपूत ले समान १०–१० रन बनाएका थिए। इमरान खान ले ७ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

‎बलिङतर्फ एनपीजे लायन किङ्स का बलरहरूले प्रभावशाली प्रदर्शन गरे। अमन कासगर ले घातक बलिङ गर्दै ३ ओभरमा २५ रन दिँदै ४ विकेट लिए। त्यस्तै अयान खान ले १ ओभरमा ११ रन दिँदै २ विकेट, तौशेर खान ले ३ ओभरमा १५ रन दिँदै २ विकेट तथा फरान अली शेख ले ३ दशमलव ४ ओभरमा १९ रन दिँदै १ विकेट लिएर टोलीलाई जिततर्फ डोर्‍याए।

‎खेलमा उत्कृष्ट प्रदर्शन गरेका इमरान खान लाई प्लेयर अफ द म्याच घोषित गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *