Thursday, March 12सत्यम खबर
Shadow

जन्मदिनको अवसरमा रक्तदान, रगतको अभाव हुँदै

नेपालगन्ज, २८ फागुन – आफ्नो जन्मदिनको अवसर पारेर नियमित स्वयंसेवी रक्तदाता लवराज खरेलले बुधवार रक्तदान दिनु भएको छ ।

विगत २० वर्षदेखि हरेक तीन महिनामा निरन्तर रक्तदान अभियान आयोजना गर्दै आएको जनमत अद्र्ध साप्ताहिकका स्वयम्सेवी नियमित रक्तदाता खरेलले यो समेत ६४ औं पटक रक्तदान गर्नु भएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नं.६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाका सल्लाहकार खरेलले हरेक तीन महिनामा नियमित रक्तदान गर्नु हुन्छ ।

यसैगरी नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्ती सोनारी गाउँपालिका उपशाखाकी उपाध्यक्ष स्वयम्सेवी नियमित रक्तदाता अमृता केसीले पनि २८ औं पटक रक्तदान गर्नु भएको छ । स्वयम्सेवी रक्तदाता केसीले आफुले हरेक तीनमहिनामा रक्तदान गर्ने बानी बसेको र समय तलमाथि भयो भने शारीरिक समस्या सिर्जना हुने बताउनु भयो ।

नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा रक्तदान गर्नुहुने उहाँहरु दुबै जनाले ठिक तीनमहिना अघि मंसीर २७गते सम्पन्न जनमतको ६७औं रक्तदान श्रृङ्खलामा ६३ औं पटक रक्तदान गर्नु भएको थियो र जनमतको ६८ औं श्रृङ्खलाको रक्तदान कार्यक्रम विशेष कारणवस यही फागुन ३० गते शनिवारको सट्टा चैत्र ७ गते शनिवारका दिन आयोजना गरिने जनमत रक्तदान कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालले जानकारी दिनु भयो ।

नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार निर्वाचनको लामो विदाका कारण केहि सातायता रक्तदान कार्यक्रम आयोजना नभएको हुँदा अहिले ब्लड बैंकमा रगतको अभाव हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *