
नेपालगन्ज, २९ फागुन – नेपालगन्जमा जारी मेयर कप (पुरुष) क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा वार्ड नं. १२ ले उत्कृष्ट प्रदर्शन गर्दै स्टिफन टिमलाई १४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
पहिला ब्याटिङ गरेको वार्ड नं. १२ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२७ रन बनाएको थियो। टोलीका लागि समिर राना मगर ले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ७२ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए। यस्तै प्रमित आचार्य ले ४२ बलमा ६७ रन को महत्वपूर्ण इनिङ्स खेले। साथै बिशाल वर्मा ले २६ रन तथा उत्तम रोका ले १७ रन थपे।
२२८ रनको विशाल लक्ष्य पछ्याएको स्टिफन टोली भने १२ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमै समेटियो। स्टिफनका लागि अनुराग वैश्य ले सर्वाधिक १५ रन बनाए भने क्षितिज बुद्धा मगर ले १३ रन जोडे।

वार्ड नं. १२ का बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अब्देश कवुजिया, राम आर्य र सौगत खत्री ले समान २–२ विकेट लिए भने समिर राना मगर, रोहित थातर र देव बम ले १–१ विकेट लिए।
उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका समिर राना मगर लाई खेलको म्यान अफ द म्याच घोषित गरिएको थियो।
