
नेपालगन्ज, ३ पौष – सशस्त्र प्रहरीले भारतबाट भित्रिँदै गरेका अवैध लत्ताकपडा बरामद गरेको छ । सिमा नाकाबाट सशस्त्र प्रहरीले भारतबाट भित्रीदै गरेका भन्सार छलिका सामाग्री बरामद गर्दै आइरहेको छ ।
बिहानको समयमा हुस्सु र कुहिरो लागेका कारण केही नदेखिने भएकाले अवैध सामाग्री ओसारपसार गर्ने गरेका छन् । भारतबाट अवैधरुपमा ल्याउँदै गरिएका लत्ताकपडा सशस्त्र प्रहरीले बुधबार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बागेश्वरी ३० नम्बर गण बाँकेको बढैया बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगीको कमान्डमा गएको टोलीले लत्ताकपडा बरामद गरेको थियो ।

सशस्त्र प्रहरी निरीक्षक नेगीलाई बिशेष सूचना आए पश्चात् तस्करले वेवारिसे अवस्था १ बोरा लत्ताकपडा छोडेर फरार भएको वरिष्ठ हवल्दार लोकेश चन्दले जानकारी दिएका छन् । अवैध सामाग्री ओसारपसार नियन्त्रण तथा र भन्सार छली गरेर अबैध रुपमा ल्याइने सानो–सानो सामग्री समेत बरामद गरिने चन्दले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरीको बढैया बिओपीले आफ्नो मातहतको चेकपोस्टमा तस्करीविरुद्ध बिशेष निगरानी गरिरहेको छ।भारतबाट भन्सार छलीका अबैध सामाग्री तथा लत्ताकपडा ल्याउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देख्ना साथ बेवारिसे अवस्थामा छोडेर भाग्ने गरेको सशस्त्र प्रहरी बल बागेश्वरी ३० नम्बर गण बाँकेले जानकारी दिएको छ ।
सीमा क्षेत्रबाट अवैध सामान भित्रिन थालेपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चेकजाँचलाई कडा पारेको छ ।
