
नेपालगन्ज, ३ पौष – नेपालगन्जको आर्थिक अवस्था सुधार नहुनुमा यहाँ कार्यरत रहेको प्रशासनीक निकायलाई नै प्रमुख आधार मान्नु पर्ने हुन्छ की भन्ने प्रश्न आम व्यापारीहरुको रहेको छ ।
भारतको रुपैडिया बजारमा भिड हुँदा नेपालगन्जका बजारमा सुनसान रहेको पाईन्छ । घरायसी सामानदेखि लिएर आवश्यक पर्ने सम्पूर्ण सामानहरुको खरिददारी भारतीय बजार रुपैडियाबाट नै हुने गरेको विगत कै तथ्यांकहरुले देखाईरहेको अवस्थामा अब भारतीय नम्बरको गाडी नेपालगन्जको सीमामा प्रवेश गरी सवारी समेत उठाउने गरेको जनगुनासो आईरहेका छन् ।
यसतर्फ पटक पटक समाचार सम्प्रेषण गर्दा समेत सम्बन्धित पक्षले कानमा तेल हाली बस्दा आम व्यापारी कहाँ रुन जाने भन्ने प्रश्न उठेको छ । कतिपय भारतीय व्यापारीहरुले समेत गुनासो गरिरहेका छन् हामीले रुपैडिहा टैक्सी स्टैण्डबाट सवारी उठाउनु पर्ने हुन्छ तर केही व्यवसायी साथीहरु रुपैडिया पारी नेपालगन्ज भन्सार भित्र गाडी खडा गरी सवारी उठाउन शुरु गरेपनि हाल रुपैडिया टैक्सी स्डैण्ड सुनसान हुन थालेको बताउँछन् ।

यता नेपालगन्जका व्यापारी भने रुपैडियाबाट भारतीय नम्बर भएको गाडीहरुलाई नेपालगन्जका केही कर्मचारी, प्रहरीले गर्दा भन्सार कार्यालय भित्र रहेको पार्कि·मा खडा गरी सवारी उठाउने गरिएको बताउँछन् ।
ईलाका प्रहरी कार्यालय जमुनाहदेखि भन्सार कार्यालय र दस गजा नजीकै वरिपरि गाडी पार्किङ हुने गरेको दृश्यहरु प्रायः देख्न पाईन्छ ।
यसरी पार्किङ हुने गाडीमा अवैध सामान ओसारपसार समेत हुन सक्ने अनुमान सहज रुपमा गर्न सकिन्छ । रुपैडिहामा पार्किङको ब्यवस्थापन हुँदा पनि यसरी ट्याक्सी, गाडी किन नेपाल सिमा नजिकै खडा हुने गरेका छन ? तथा सम्बन्धित प्रहरी किन मौन भई बसेका छन् ? भन्ने प्रश्न उठिरहेको छ ।
