
नेपालगन्ज, १२ पाैष – अर्ना वियरको बोतलमा लेदो भेटिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ५ बढैयातालमा रहेको थारु भान्सा घरमा ग्राहकलाई दिएको बोतलमा लेदो भेटिएको बताईएकाे छ ।

यति ब्रेवरी प्राईभेट लिमिटेडले उत्पादन गरेको अर्ना वियरमा बारम्बार लेदो भेटिएको छ । कम्पनीलाई ग्राहकहरुले बारम्बार लेदाे भेटिए गुनासो गर्दा समेत कम्पनीले अवहेलना गर्दै आएको थारु भान्सा घरकी सञ्चालिका रोमा कुमारी सुनारले बताईन । उनले भनिन्, मेरो कटेजमा मात्र एकै दिन ३ बोतलमा गाढा लेदो भेटिएको छ । लेदोको बारेमा किनेको डिलरमा सम्पर्क गर्दा उनले बोतल फिर्ता गर्न भने तर त्यही बोतलको कारणले मेरो कटेजमा अहिले ग्राहक आउनै बन्द भएका छन् । मासिक १५ लाखको कारोवार हुने कटेज सुनशान भएको छ । यसको भरपाई अर्ना वियर उत्पादन गर्ने कम्पनीले नवेहोेरे सम्बन्धित निकायमा उजुरी दिने बताईन । कटेजमा सबै भन्दा बढी बिक्री हुने अर्ना वियर थियो तर अहिले कटेज बन्द हुनेसम्म पुगेको छ । यसरी मानव जिवनमा खेलवाड गरेर कम्पनीले आफ्नो फाईदा हेर्छ कम्पनीबाट बिक्रि हुन्छ तर मेरो कटेजको यो बोतल कसरी बिक्रि हुन्छ । अखाद्य पेय पदार्थ बिक्रि गर्न र आम उपभोक्तालाई ढाँट्ने अधिकार कम्पनीलाई छैन ।

राती भएको भए हामीले बोतलको वियर खाने थिएनम तर दिनमै भएको कारणले हामीले बोतलमा भएको लेदो टाँढैबाट देखेम र कटेज साहुनीलाई जानकारी गएको उपभोक्ता जयराम थारुले बताए । हामीले पहिला देखि नै अर्ना वियर खान्दै आएको छौ तर यस्तो लापरवाही गरेर कम्पनीले आम ग्राहकको स्वास्थ्य सँग सिधै खेलवाड गदै आएको उपभोक्ता थारुले बताए । उनले भने, हामीले साहुनीले हामीलाई दिनका लागि ३ पटक वियरको बोतल दिनु भयो तर तिनवाटै बोतलमा लेदो रहेपछि यो कम्पनीको लापरवाही हो र यस बारे सम्बन्धित निकायमा उजुरी गर्ने तयारी गरेको थारुले बताए । यसबारे सम्बन्धित निकायले जाँचबुझ गरी कारवाही गर्न समेत आवश्यक देखिन्छ ।

यता कम्पनीले भने लाखौँ बोतलमा एक बोतलमा लेदो निस्किनु कुनै ठुलो कुरा नरहेको दावी गरेको छ । आर्न वियरमा लेदो भएको जानकारी बर्दिया सहकर्मी जागेश्वर थारुले अर्ना वियर कम्पनीमा कुरा गर्दा यस्तो कुरा आएको हो । कम्पनीमा फोन गर्दा आफ्नो कुरा मेल मार्फत राख्न आग्रह गरे अनुसार मेल गर्दा ३ दिन पछि कम्पनीबाट फोन आएको थियो । कम्पनीले एक निमा लाखौँ बोतल उत्पादन गर्छ, एक बोतलमा लेदो निस्किनु ठुलो कुरा नरहेको दावी गरेको छ । कम्पनीले त्यो बोतल चिटवनको कम्पनीमा पठाउन समेत आग्रह गरेको थियो ।

यति ब्रवरीले उत्पादन गरेको एक बोतल होईन एक कार्टुनबाट तिन बोतलमा लेदो निस्केको छ । तर यस बारे कम्पनीको कुनै चासो देखिएको छैन कम्पनीले रक्सी खाने मान्छेले जस्तो सुकै फोहोर रक्सी खाने गरेको आमनविय शब्दमा समेत कुरा गरे । त्यस पनि उनले समाचार रोक्नका लागि के गर्न सक्न्छि भन्ने कुरा समेत गर्न खोजेका थिए ।
उक्त बोतल परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा लिएर गएपछि कार्यालयले बोतलमा लेदो छ यसको समय पनि छ तर यसरी बोतलमा लेदो हुनु आखाद्य पेय पदार्थ रहेको बताए । यसमा जुन सुकै पदार्थ भएपनि कम्पनीलाई कारवाहीको लागि हामीले कारवाही अगाडी बढाउँछौ र यो बोतलमा अहिले तत्काल खोल्दैनो कम्पनीको उपस्थितिमा खाेलेर परिक्षण गर्ने भनेर बोतल सुरक्षित राख्न आग्रह समेत गरे । यो बोतलमा जुनसुकै पदार्थ भएपनि हामीले कम्पनीलाई कारवाहीको दायरामा ल्याने र भेटिएको कटेजलाई क्षतिपुर्ति समेत दिनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने आश्वासन समेत दिएका छन् ।
यसरी अर्ना वियरको बोतलमा बारम्बार लेदो भेटिएपनि सम्बन्धित निकायले कारवाही गरेकाे छैन । अर्ना वियर उत्पादन गर्ने कम्पनीले, तर त्यो कुरा बहिरा आउन दिएको छैन । आखिर कसरी आउँदैन त्यो प्रमाण आउन बाँकी हामी यसको बारेमा सत्यतथ्य सहि गलत बहिरा ल्याएर कम्पनीलाई कारवाहीको दायरामा ल्याउने नै छौ ।
