
निबन्ध प्रतियोगिता सम्पन्न
नेपालगन्ज, २८ फागुन – विश्व हिन्दू परिषद नेपाल बाँके जिल्लाद्वारा राष्ट्र गुरु योगी नरहरिनाथको ११० औ जन्म जयन्तीको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।
नारायण माध्यमिक विद्यालय नेपालगन्जको कक्षा–९ मा अध्ययनरत छात्र–छात्राहरुमा निबन्ध प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा प्रथम मौसम थारु, द्वितीय बिष्णु रोकाय र तृतीय खगेन्द्र शाही भएका थिए । प्रथम, द्वितीय र तृतीय र सान्त्वना भएका छात्र–छात्राहरुलाई नगद राशी सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मुख्य अतिथि विश्व हिन्दू परिषद नेपाल राष्ट्रिय महिला विभाग प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण मुरारी प्रसाद भट्ट, आतिथ्यहरुमा राज कुमार रौनियार, प्रेमकुमार शर्मा, रमेशकुमार श्रीवास्तव, मनोज राजा श्रीवास्तव, अशोक गुप्ता रहेका थिए ।
विश्...