Friday, July 24सत्यम खबर
Shadow

समाचार

एसपी जिसीको नेतृत्वमा जिल्ला प्रहरीको उल्लेखनीय उपलब्धीहरु

एसपी जिसीको नेतृत्वमा जिल्ला प्रहरीको उल्लेखनीय उपलब्धीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ साउन – जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनाभर २९६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ११ वटा जघन्य अपराध, ५८ वटा गम्भीर अपराध, १४७ वटा सामान्य अपराध तथा ५४ वटा आर्थिक अपराध सम्बन्धी मुद्दा रहेका छन् । सार्वजनिक चासोका ५८ वटा पेन्डिङ मुद्दा सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रणतर्फ २४ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ३४२ ग्राम ९३० ...
झारफुकको अन्धविश्वासले लियो राधेश्याम बढ्हीको ज्यान, वर्कत अली भन्ने सुर्खेती बाबा हिरासतमा

झारफुकको अन्धविश्वासले लियो राधेश्याम बढ्हीको ज्यान, वर्कत अली भन्ने सुर्खेती बाबा हिरासतमा

अपराध, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ श्रावण – बाँके जिल्लाको सबैभन्दा पिछडिएको पालिका मध्ये नरैनापुर गाउँपालिकामा हाल पनि अन्धविश्वास कायम रहेको एउटा घटना बाहिर आएको छ । केही दिनदेखि बिरामी भई झारफुकको लागि नरैनापुर गाउँपालिका वडा नं. ६ बस्ने वर्कत अली भन्ने सुर्खेत बाबा कहाँ राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने कुन्नु बढहीको छोरा ३५ वर्षीय राधेश्याम बढ्हीको मृत्यु भएको छ । उक्त घटना बारे भगवानपुर ईलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतक राधेश्याम बढ्हीलाई पोष्टमोर्टमको लागि नेपालगन्जमा रहेको भेरी अस्पताल पठाईएको छ भने झारफुक गर्ने वर्कत अली भन्ने सुर्खेती बाबालाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको बताएका छन् । उता पीडितका परिवारले सुर्खेत बाबाले झारफुकको क्रममा राधेश्याम बढ्हीको मृत्यु भएको आरोप लगाएका छन् । आजको वैज्ञानिक युगमा समेत अन्धविश्वास माथि विश्वास गरी कसैको ज्यान गएको घटना...
नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालयको उद्घाटन

नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालयको उद्घाटन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ श्रावण – नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगन्जको कारकाँदोमा कार्यालयको उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ नेपाल दशनामी समाज बाँकेको सम्पर्क कार्यालय नेपालगन्जको केन्द्रीय सल्लाहकार केशर गिरीले एक समारोह बीच कार्यालयको उद्घाटन गर्नुभयो । उद्घाटनको क्रममा बोल्दै केन्द्रीय सल्लाहकार केशर गिरीले नेपाल दशनामी समाज बाँकेको नवनिर्वाचित कार्यसमितिले समाजको हितमा सिर्जनात्मक र प्रभावकारी काम गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा होमनाथ गिरीले देशभर छरिएर रहेका दशनामी समुदायको पहिचान, अधिकार र सशक्तीकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै, नेपाल दशनामी समाज बाँकेका निवर्तमान अध्यक्ष गोपाल गिरीले वर्तमान कार्य समितिलाई सामाजिक सेवामा सक्रियतापूर्वक समय खर्चन सुझाव दिनुभयो । समाजकी सल्लाहकार सावित्री गिरीले सबै दशन...
महिलाहरुलाई प्रोत्साहन गर्ने श्री उत्सवको आयोजना हुने

महिलाहरुलाई प्रोत्साहन गर्ने श्री उत्सवको आयोजना हुने

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – तेरापंथ महिला मण्डल नेपालगन्जद्वारा श्री उत्सवको आयोजन हुने भएको छ । उक्त श्री उत्सवको आयोजनाको मुख्य उद्देश्य उद्यमी महिलाहरुलाई प्रोत्साहित गर्नु, स्थानीय ब्रण्डलाई बढावा दिनुका साथै हस्तनिर्मित उत्पादन, फैशन, गृह सज्जा -होम डेकोर), स्वास्थ्य -वेलनेस) तथा स्वादिष्ट व्यंजनों को प्रदर्शन स्टालमार्फत गर्नु रहेको छ । माण्डवारी महिलाहरुको अगुवाई यही श्रावण २ गते शनिबारको दिन नेपालगन्जमा सम्पन्न हुन गईरहेको उक्त श्री उत्सवमा विशेष गरी महिला उद्यमी, गृहकार्यमा कुशल, हस्तकलामा उत्कृष्ट महिलाहरुको प्रतिभालाई कसरी थप बल पु¥याउन सकिन्छ भन्ने रहेको बताईएको छ । श्री उत्सव महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने, स्थानीय ब्रान्डहरूको प्रवद्र्धन गर्ने, हस्तनिर्मित सामग्री, फेसन, गृह सजावट -होम डेकोर), स्वास्थ्य तथा वेलनेस, र स्वादिष्ट परिकारका स्टलहरू प्रदर्शन गर्ने उद्देश्य...
बाँकेमा स्वतन्त्र चालक संघ नेपाल जिल्ला समिति गठन

बाँकेमा स्वतन्त्र चालक संघ नेपाल जिल्ला समिति गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० असार – स्वतन्त्र चालक संघ नेपाल बाँके जिल्लामा आफ्नो संगठन विस्तार गर्दै जिल्ला समिति गठन गरेको छ । स्वतन्त्र चालक संघ नेपालको केन्द्रिय कोषाध्यक्ष रेशमकुमार जैशीको अध्यक्षतामा बसेको स्वतन्त्र चालक संघ नेपाल जिल्ला कार्य समिति बाँकेको प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्व सागर परियारलाई सर्वसम्मत चयन गरेको छ । यस्तै भेलाले विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू समेत चयन गर्दै जिल्लामा संस्थाको गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नवगठित समितिको उपाध्यक्षमा तिलकबहादुर विक, सचिवमा प्रकाश बोहरा, सह सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा दिल बहादुर विक सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै सदस्यहरुमा सुरज थारु, लिलु रसाइली, सुरेन रसाइली, सुदिप परियार, श्रवण विक, हिराबहादुर सुनार, रामप्रवेश थारु रहेका छन् । बैठकमा संस्थाको उद्देश्यअनुसार जिल्लाम...
कृतिम खेल क्षेत्र निर्माणका लागी आवश्यक सामानहरु हस्तान्तरण

कृतिम खेल क्षेत्र निर्माणका लागी आवश्यक सामानहरु हस्तान्तरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ असार – सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राङ्गण भित्र रहेको बच्चा वार्डको अगाडी कृतिम खेल क्षेत्र निर्माणका लागी आवश्यक सामानहरु हस्तान्तरण गरिएको छ । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेड कोहलपुर शाखाको आर्थिक सहयोगमा उक्त कृतिम खेल क्षेत्रको निर्माणका लागी क्यान्सर वार्डमा उपचार्थ बालबालिकाहरुको लागी आवश्यक सामानहरु हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका वरिष्ठ बालरोग क्यान्सर बिशेषज्ञ डा. सुवास मेहताले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बाल रक्त तथा क्यान्सर वार्डमा उपचार्थ बालबालिकाहरु प्रया जस्तो लामो समय सम्म अस्पतालमा बस्नु पर्ने अवस्था रहन्छ बिशेष गरी रक्त रोगका कारण उनीहरु धेरै जसो समय वार्ड भित्र सिमित रहन बाध्य हुन्छन् जसले गर्दा उनीहरुको शारीरिक मानसिक तथा भावनात्मक बिकासमा असर पर्न सक्छ । ...
साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असार – खुला सीमानाकाको फाईदा उठाउँदै तस्करहरुले तस्करीको कार्य जारी राख्दै आईरहेको अवस्थामा जिरो ट्रोलनेश अन्तर्गत कार्यरत रहेको सशस्त्र प्रहरी साईगाउँ चौकीले ठूलो उपलब्ध हात पारेको छ । विगत २ महिना भित्र लाखौं मूल्य बराबरको सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी गत १–२ दिनको सुरक्षा चेकजाँचको क्रममा करीब साढे ४ लाख मूल्य बराबर लत्ताकपडा, सलवार सुट, फुल, अवैध खाद्यान्न सामान लगायत बरामद गर्नुका साथै उक्त तस्करीको सामानमा ढुवानी गरिने मोटरसाईकल समेत बरामद गरिएको जनाईएको छ । बरामद गरिएको सम्पूर्ण सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ भने बरामद सामान पचपोखराको बाटो हुँदै तस्करी भईरहेको जनाईएको छ ।...
स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ असार – पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आइतवार सम्पन्न भएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो । क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बाल मैत्री स्थानिय शासन र पोषण मैत्री स्थानिय शासनका सुचकहरु बारे तालिमका प्रशिक्षक तथा बाल मैत्री स्थानिय शासन मञ्चका संयोजक अशोक खनालले प्रशिक्षण दिनुभएको थियो । जानकी गाउँपालिकामा बाल मैत्री घोषण र दिगोपन व्यवस्थापनका लागि रणनितीक योज...
खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ असार – नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नु का साथै शारीरिक, मानसिक एवं संवेगात्मक रुपमा सकारात्मक समाज बनाउने बताएका छन् । नेपालगन्जमा महेन्द्र पुस्तकालयको आयोजनामा भएको खेलकुदले बनाउने समाज विषयक एक विमर्श कार्यक्रममा बोल्ने वक्ताहरुले खेलकुदले समाजलाई जोड्ने र सबल समाज बनाउन सघाउने बताए । कार्यक्रममा बोल्दै ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमालले भने, ‘खेलकुदले समाजलाई अनुशासित बनाउँछ । राजनीतिमा जति ढिलो पुग्यो त्यति ठूलो मान्छे मानिन्छ, तर खेलमा तोकिएको समयभन्दा पाँच मिनेट ढिलो भएमा खेलबाट वाकआउट दिइन्छ ।’ उनले आफू क्यान्सरबाट पीडित भएपनि खेलले सिकाएको सकारात्मक उर्जाकै कारण रोगलाई जित्न कहीँ न कहीँ भूमिका खेलेको बताए । अर्का खेलाडी समसुद्दिन सिद्दिकीले खेलले समाजमा सकारात्मक प्रतिस्पर्धाको वातावरण बनाउने बताए ।...
नेपाल स्वयंसेवी रक्तदाता समाजको १३ औं बैठकद्वारा विभिन्न निर्णय

नेपाल स्वयंसेवी रक्तदाता समाजको १३ औं बैठकद्वारा विभिन्न निर्णय

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ असार – बर्दिया जिल्लाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिको तीन–तीन महिनामा हुने केन्द्रिय कार्य समितिको बैठक बर्दिया जिल्ला शाखाको आतिथ्यमा राजापुरमा १३ औं बैठक बसी विभिन्न किमिसको निर्णय गरी सम्पन्न भएको छ । उक्त अवसरमा नेपालका सर्वाधिक रक्तदाता, शतक रक्तदाता, १८७ औं पटक रक्तदान गरी सक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ । राजापुर नगरपालिका वार्ड नं.–४ स्थित डायमण्ड होटेलमा आयोजित स्वागत कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समितिको समन्वयमा स्वागत गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका सचिव श...