Monday, July 13सत्यम खबर
Shadow

साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

नेपालगन्ज, २९ असार – खुला सीमानाकाको फाईदा उठाउँदै तस्करहरुले तस्करीको कार्य जारी राख्दै आईरहेको अवस्थामा जिरो ट्रोलनेश अन्तर्गत कार्यरत रहेको सशस्त्र प्रहरी साईगाउँ चौकीले ठूलो उपलब्ध हात पारेको छ ।

विगत २ महिना भित्र लाखौं मूल्य बराबरको सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी गत १–२ दिनको सुरक्षा चेकजाँचको क्रममा करीब साढे ४ लाख मूल्य बराबर लत्ताकपडा, सलवार सुट, फुल, अवैध खाद्यान्न सामान लगायत बरामद गर्नुका साथै उक्त तस्करीको सामानमा ढुवानी गरिने मोटरसाईकल समेत बरामद गरिएको जनाईएको छ ।

बरामद गरिएको सम्पूर्ण सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ भने बरामद सामान पचपोखराको बाटो हुँदै तस्करी भईरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *