
नेपालगन्ज, २८ असार – बर्दिया जिल्लाको राजापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिको तीन–तीन महिनामा हुने केन्द्रिय कार्य समितिको बैठक बर्दिया जिल्ला शाखाको आतिथ्यमा राजापुरमा १३ औं बैठक बसी विभिन्न किमिसको निर्णय गरी सम्पन्न भएको छ ।
उक्त अवसरमा नेपालका सर्वाधिक रक्तदाता, शतक रक्तदाता, १८७ औं पटक रक्तदान गरी सक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई एक कार्यक्रमका बीच स्वागत गरिएको छ ।
राजापुर नगरपालिका वार्ड नं.–४ स्थित डायमण्ड होटेलमा आयोजित स्वागत कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समितिको समन्वयमा स्वागत गरिएको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका सचिव श्यामलाल थारु प्रतीकद्वारा सञ्चालित बर्दिया शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका कोषाध्यक्ष प्रेमसागर कर्माचार्यलाई दोसल्ला ओढाई र उपनगर प्रमुख मनकला चौधरीले अबीर लगाएर स्वागत गर्नुभएको थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका अध्यउक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले दोसल्ला ओढाएर स्वागत गर्नु भएको थियो ।

यसरी नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिका महासचिव कृष्ण चौहान क्षेत्री, केन्द्रिय सदस्यहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल, बिमल भित्तरकोटी, मनु लामा, प्रवास कुमार शाक्य, धर्मराज लुइटेल, सुशील घर्ती, बाँके जिल्ला शाखाका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल -१०८औं पटक) लगायतलाई अबीर र खादा लगाएर स्वागत गर्नुभएको थियो । राजपुर नगर समितिका अध्यक्ष लोकराज ढुंगानाका अनुसार केन्द्रिय अध्यक्ष, महासचिव, केन्द्रिय सदस्य लगायतलाई खादा लगाएर स्वागत गरिएको थियो । यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाद्वारा भेष्ट प्रदान गरी स्वागत गरिएको थियो ।

कार्यक्रममा अतिथिहरुलाई नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगर समितिका अध्यक्ष लोकराज ढेंगानाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सो कार्यक्रमलाई सफल बनाउन समाजका जिल्ला सल्लाहकार गोपाल निरौला, जिल्ला सदस्य शिशिर शर्मा, सदस्य रमेश जैसी लगायतको ठूलो योगदान रहेको थियो भने कार्यक्रममा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, शिक्षा शाखा प्रमुख टिकाराम भुषाल, राजापुर उद्योगा बणिज्य संघका अध्यक्ष कृष्ण रेग्मी, सुशीला श्रेष्ठ शाक्यको सहभागिता रहेको थियो ।

उक्त अवसरमा ५ जनाले स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले रगत संकल गर्ने पाकेट नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय समितिका महासचिव कृष्ण चौहान क्षेत्रीलाई ९१ औं पटक, राजापुर उद्योगा बणिज्य संघका अध्यक्ष कृष्ण रेग्मी ७ औं पटक, सत्य नारायण चौधरी २५ औं पटक, काठमाण्डौं नगरपालिका वार्ड नं. ९ की लक्ष्मी घिमिरे र राजापुर नगरपालिका वार्ड नं.–८ का युवराज जैसीले रक्तदान गरेका थिए भने राजापुर नगरपालिकाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र राजापुरका प्रमुख महेश चौधरीले प्राविधिकमा सहयोग गरेका थिए । यसरी सो अवसरमानेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रिय कार्य समितिका महासचिव कृष्ण चौहान क्षेत्रीले आतिथ्य संस्था बर्दिया जिल्ला शाखाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेमप्रसाद लम्साललाई धन्यवाद प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।

