हेमकार परिवार हत्याकाण्डमा १३ बर्षपछि आरोपी पक्राउ
बाँके,१४ असोज । बाँकेको नेपालगञ्जका सुन व्यवसायी हेमकार परिवार हत्याकाण्डका आरोपीलाई १३ बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६२ साल फागुन २३ गते नेपालगञ्ज ११ सदरलाइन स्थित न्यू दिप ज्वेलर्सका सञ्चालक दिपक हेमकारसहित हेमकार परिवारका ४ जना र पसलमा काम गर्ने अर्का एक व्यक्ति गरी ५ जनाको सुतेको अवस्थामा धारिलो हतियार प्रहरी गरी हत्या भएको थियो ।
सो हत्यामा संलग्न भएको आरोपमा बाँके प्रहरीले भारत उत्तर प्रदेश सीतापुर जिल्ला विसवां बजारका ६५ बर्षीय किशोरीलाल सोनीलाई शनिवार राती ८ बजेतिर भारतीय सीमावर्ती क्षेत्र जमुनहा नाकाबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।
आईतवार पत्रकार सम्मेलन मार्फत् आरोपी सोनीलाई सार्वजनिक गर्दै प्रहरी प्रमुख पौडेलले जमुनहा नाका भएर नेपालगञ्ज प्रवेश गर्ने क्रममा उनलाई पक्राउ गरेको जानकारी दिए ।
१३ बर्ष अघि ८२ बर्षिया गुलाव देव...





