Sunday, July 26सत्यम खबर
Shadow

समाचार

जानकीका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु

जानकीका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असार – पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम शुक्रवारदेखि नेपालगन्जमा सुरु भएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको हो । क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बालवालिकाहरुलाई घरायसि काममा बढि प्रयोग गरिने भएको हुनाले यसको रोकथाम गर्न सबै सरोकारवालाहरुको उत्तिकै भुमिका रहेको तालिमका प्रशिक्षक अशोक न्यौपानेले बताउनुभयो । जानकी गाउँपालिकामा बालवालिका तथा पोषण कार्यक्रमलाई प्रथामिकतामा...
पोषणलाई प्राथमिकतामा राख्न शिक्षा, स्वास्थ्य र जनचेतनामा जोड दिन आवश्यक

पोषणलाई प्राथमिकतामा राख्न शिक्षा, स्वास्थ्य र जनचेतनामा जोड दिन आवश्यक

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ असार – बाँकेको जानकी गाउँपालिकामा पोषण सुधार तथा कुपोषण न्यूनीकरणका उपायबारे सरोकारवालाबीच बिहीबार व्यापक छलफल गरिएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा पौवा होटलमा आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार तथा अन्य सरोकारवालाले पोषणसम्बन्धी चुनौती र समाधानका उपायबारे धारणा राखेका थिए । कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले कुपोषण अझै पनि बालबालिका तथा समुदायको स्वास्थ्यका लागि प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै दिगो पोषण सुधारका लागि स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पोषणसम्बन्धी नियमित संवाद र सचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक परिवर्तन ल्याउन...
जानकीमा बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेको सहयोग

जानकीमा बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेको सहयोग

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असार – बाल संरक्षण कोष स्थापनाको लागि एक लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको छ । जानकी गाउँपालिकाका बालवालिकाहरुको उत्थानका लागि सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेले १ लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको हो । चेक हस्तान्त्रण कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँके -एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगर, र वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसी लगायतको उपस्थितिमा बाल संरक्षण कोषका लागि चेक हस्तान्त्रण गरिएको सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले बताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहाले राज्यले गर्नुपर्ने कार्य संघसंस्थाले गर्दै आएको प्रति स्रहानिय कार्य रहेको बताउनुभयो । जानकी ...
प्रेम सागरले गरे १ सय ८७ औँ पटक रक्तदान

प्रेम सागरले गरे १ सय ८७ औँ पटक रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ असार – नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता, राष्ट्रिय रक्त सम्राट, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेम सागर कर्माचार्यले अषाढ २० गते कर्णाली प्रदेशको मुगु जिल्लाको गमगढीमा १ सय ८७ औँ पटक रक्तदान गर्नुभएको छ । शतक रक्तदाता प्रेम सागर कर्माचार्यले मुगु जिल्लामा १८७ औ पटकको रक्तदान गर्नुभएको हो । प्रेमसागर कर्माचार्यले विभिन्न जिल्लामा हरेक ३/३ महिनामा गएर रक्तदान गर्दै आउनु भएको छ । उहाँका अनुसार æयसरी विभिन्न जिल्लामा गएर रक्तदान गर्नु भनेको त्यहाँका युवाहरूमा मानवीय जीवन बचाउनका लागि रक्तदान गर्नु नितान्त आवश्यक भएकोले युवाहरूमा रक्तदान गर्ने सचेतना वृद्धि होस् भन्ने हेतुले विभिन्न जिल्लामा गएर रक्तदान गर्दै आएको बताएनु भएको छ । उहाँले विशेष गरेर पहाडी जिल्लाहरूमा रगत उपलब्ध हुन निकै कठिन छ । त्यसै...
नेपाल रेडक्रसका केन्द्रिय कोषाध्यक्ष कर्माचार्यद्वारा बाँके शाखामा भेटघाट

नेपाल रेडक्रसका केन्द्रिय कोषाध्यक्ष कर्माचार्यद्वारा बाँके शाखामा भेटघाट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ असार – नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा नेपाल रेडक्रस सोसाइटी बाके शाखाका पदाधिकारी र कर्मचारीहरुसंग भेटघाट गरिएको छ । गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रि परिषद्को बैठकको निर्णयले नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय समितिको तदर्थ समितिको कोषाध्यक्ष पदमा प्रेमसागर कर्माचार्य मनोनित हुनु भएको थियो । मनोनित भएको पहिलो पटक प्रेमसागर कर्माचार्य नेपालगन्ज आएर भेंटघाट गर्नु भएको छ । सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष प्रेमसागर कर्माचार्यले नेरेसो बाँके शाखा र नेपाल रेडक्रस सोसाइटी बाके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार केन्द्रको निरिक्षण गरी, कर्मचारी भेंटघाट गर्नुभएको थियो । अवलोकनका क्रममा बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना र रक्तसंचार से...
कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु

कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ असार – कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दैं गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले सम्मान गर्नु भएको थियो । बिरबल फुटबल एकेडेमीले कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । जहाँ १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिकाहरुलाई हरेक हप्ताको शनिबार, आइतबार र विदाको दिन विहान निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराईन्छ । बिरबल फुटबल एकेडेमीको अध्यक्ष आशादेवी शाहीले उद्घाटन समारोहमा...
मिलापका कर्मचारीलाई एकदिने फोटोग्राफी तालिम

मिलापका कर्मचारीलाई एकदिने फोटोग्राफी तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ असार – नेपालगन्ज उपमहानगरपालिका–४ स्थित मिलाप संस्थाका कर्मचारीहरूका लागि एकदिने मोबाइल फोटोग्राफी तालिम सम्पन्न भएको छ । संस्थाले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खजुरा मिनीपार्कमा तालिम आयोजना गरेको हो । तालिममा पत्रकार तथा फोटोग्राफी प्रशिक्षक भगतराम थारुले मोबाइल फोनबाट गुणस्तरीय फोटो तथा भिडियो खिच्ने प्रभावकारी विधिबारे प्रशिक्षण दिनु भएको थियो । उहाँले मोबाइल क्यामेरामा रहेका विभिन्न टुलहरूको प्रयोग, उचित एङ्गल छनोट, प्रकाश -लाइट) व्यवस्थापन, कम्पोजिसन तथा फोटो र भिडियो खिच्ने व्यावहारिक सीपबारे जानकारी गराउनु भएको थियो । तालिममा सहभागी ९ जना कर्मचारीलाई सैद्धान्तिक ज्ञानसँगै फिल्डमा प्रत्यक्ष अभ्यास गराएर फोटो तथा भिडियो खिच्ने तरिका सिकाइएको थियो । मोबाइल क्यामेराको सही प्रयोगमार्फत व्यावसायिक स्तरका तस्बिर खिच्न सकिने विषयमा समेत प्रशिक्षण द...
पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ असार – दण्ड जरिमाना तिर्ने पैसाको अभावमा काराबास सजायँ भोगिरहेका एक जना भारतीय वयोवृद्ध अपराध निरोधक समितिको आर्थिक सहयोगमा रिहा भएका छन् । छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बहराइच जेलमा वयोबृद्ध कैदी ८१ वर्षीय हनुमान प्रसाद चौरसियालाई २२ हजार रुपैया अर्थ दण्ड माननीय न्यायालय बहराइचमा जम्मा गरेर रिहाई गराएर परिवारको जिम्मामा लगाइएको हो । उत्तर प्रदेशीय अपराध निरोधक समितिका बहराइच जिल्ला उपाध्यक्ष तथा वरिष्ठ पत्रकार शेर सिंह कसौधनले दिएको जानकारी अनुसार उत्तर प्रदेशीय अपराध निरोधक समिति लखनऊ शासन, प्रशासनका साथ सामाजिक एवं धार्मिक कार्यमा समर्पित माननीय लोकप्रिय यशस्वी चेयरमैन कमलेश श्रीवास्तवको दिशा निर्देशनमा जिल्ला सचिव/जेल विजिटर केशव कुमार मौर्य जिल्ला कारागार बहराइच जिल्ला उपाध्यक्ष शेर सिंह कसौधन, उप जिल्ला सचिव विनोद कुमार कुशवाहाको कुशल नेतृत्वमा उत्तर प्र...
‘जनमत रक्तदानको ७० औँ श्रृङ्खला’ ः खजुरामा एक महिला सहित १७ जनाले गरे रक्तदान

‘जनमत रक्तदानको ७० औँ श्रृङ्खला’ ः खजुरामा एक महिला सहित १७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असार – æजनमत रक्तदान अभियानको ७० औं श्रृङ्खलाÆ मा खजुरामा सम्पन्न रक्तदान कार्यक्रममा एक जना महिला सहित १७ जनाले रक्तदान गरेका छन् । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा आयोजना गरिएको उक्त त्रैमासिक रक्तदान कार्यक्रमको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. नीरज भट्टराई, प्रखर परोपकार मिसन नेपालका संस्थापक अध्यक्ष किस्मत कुमार कक्षपति, अध्यक्ष महेन्द्र मल्लले रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होम राज गिरी र प्राविधिक पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ७० औं श्रृङ्खलाÆ खजुरा क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको मा...
गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान

गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असार – गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । æजनमत रक्तदान अभियानको ६९ औं श्रृङ्खलाÆमा शनिवार सम्पन्न उक्त कार्यक्रममा ९ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् । उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल-नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो । æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खलाÆ मा जनमत रत्तलदान अभियानमा रक्तदा...