शुद्धीकरणको नाममा सक्रिय पत्रकारहरुलाई हटाई निष्क्रियलाई सदस्य दिइएको भन्दै नवलपरासीमा तालाबन्दी
नवलपरासी, १६ जेठ – नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले सदस्यताको बिषयलाई लिएर ७ बुदें माग राख्दै नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ ।युनियनले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण मापदण्ड बिपरित गैर पत्रकारलाई दिइएको सदस्यता खारेज गर्ने, सदस्यता शुद्धीकरणका नाममा गरिएको मनपरि र बलजफ्ती बन्द गर्ने –प्रदेश समितिहरुको गरिमा कायम राख्ने, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्ने, विधान विपरितका गतिविधि बन्द गर्ने, क्रियाशील पत्रकारको लागि नयाँ सदस्य आह्वान गर्ने, विभेदपुर्ण सदस्यता सिफारिस पुनरावलोकन गर्ने लगायतका माग राख्दै नेपाल प्रेस युनियन तालाबन्दी गरेको छ ।
ताला बन्दी पछि नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष उमेश बिकको हस्ताक्षर रहेको बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखाद्धारा सिफारिस भई केन्...









