Wednesday, December 11सत्यम खबर
Shadow

प्रेस युनियनको स्थापना दिवसमा मैत्रीपूर्ण फुटसल, आईतवार स्वास्थ्य परीक्षण शिविर

नेपालगन्ज, १३ जेठ – नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा शनिबार नेपालन्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ ।
नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो खेलमा महिला पत्रकार र महिला उधमीबीच भएको खेलमा दबै टोलीले एक एक गोल गरेका थिए । महिला पत्रकारकोे तर्फबाट खेलको पहिलो हाफमा साबित्री गिरीले गोल गर्नु भएको थियो । यस्तै खेलको दोस्रो हाफमा महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नुभयो । दबै टिमको खेल एकदमै रोमाञ्चक भएको थियो ।


यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँके आवद्ध स्वास्थ्यकर्मीबीच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले हराएको थियो ।
शनिबार बिहान नेपालगञ्ज आदर्शनगरस्थित बागेश्वरी फुटसल एण्ड स्पोटर्स हबको खेल मैदानमा भएको खेलमा दोस्रो खेलमा स्वास्थ्यकर्मीको तर्फबाट डा.शुविन साहुले २ गोल, डा.शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १–१ गोल गर्नु भएको थियो ।
मैत्रीपूर्ण फुटसल प्रतियोगितालाई नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा बोल्दै सभापति गौडेलले प्रेस युनियनको वर्तमान कार्यसमितिले सुरुआतदेखि रचनात्मक कार्यक्रम गर्दै आएकोमा धन्यवाद दिनु भयो ।


युनियनको स्थापना दिवसको अवसरमा सम्पुर्ण पत्रकारहरुलाई शुभकामना दिदै सभापति गौडेलले भन्नुभयो, ‘युनियनले थुप्रै सामाजिक काम गरेको छ । समाजमा सकारात्मक सन्देश दिएको छ । यो कार्यसमिति निकै क्रियाशिल छ । तपाईहरुको साथमा नेपाली कांग्रेस बाँके सधै रहनेछ । मैत्रीपुर्ण फुटसलले आपसी सम्बन्ध विस्तारमा सहयोग गर्नेछ । यस्ता कार्यले नयाँ उत्साह, उमंग र उर्जा थप्ने काम गर्छ ।’
नेपाल प्रेस युनियन बाँके अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष प्रियास्मृति ढकालले पत्रकारिता क्षेत्रमा हामीले नियमित काम गर्दै आइरहेको स्मरण गराउँदै नयाँ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । मैत्रीपुर्ण फुटसलले पत्रकारहरुलाई स्वस्थ राख्न सहयोग गर्नुका साथै आपसमा सम्बन्ध विस्तार गर्नमा सहयोग पनि गर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत गर्नुभएको थियो । स्थापना दिवसको अवसरमा आइतबार युनियन बाँके शाखाले जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुका निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको युनियन बाँके सचिव भीष्म लोधले जानकारी दिनुभयो ।


नेपालगञ्जको गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्लिनिकको सहकार्यमा बिहान ७ बजेदेखि बाँकेका सम्पूर्ण पत्रकारहरूको पश्चिम नेपालका एकमात्र मृगौला रोग बिशेषज्ञ डा.शौरभ हमालले स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । शिविरमा सहभागी हुन सम्पूर्ण पत्रकारलाई सचिव लोधले आग्रह समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *