Friday, February 14सत्यम खबर
Shadow

समस्या समाधानतर्फ दशकौंपछि जनप्रतिनिधिको ध्यान पुगेपछि….

नेपालगन्ज, ९ जेठ – दुई दशकदेखि वा सोभन्दा पनि अझ बढी समयदेखि हिलो र फोहोरमा बस्न बाध्य वडा नं. ८ र १३ नं. वडाका स्थानिय बासिन्दाहरु अब दुबैतर्फ नालासहित अल्सफाल्ट सडकमा हिंड्न पाउने भएका छन् । आठ वर्ष अगाडी डिके फर्निचर उद्योगको नजिकै रहेका युनुस खाँले आफ्नो पीडा पोख्दै भने– “यो क्षेत्र डुबान क्षेत्रको रुपमा रहेको पाईन्छ । यस क्षेत्रमा बसोबास गर्ने ठूलो–ठूलो घरमा भित्र समेत वर्षासातको बेला पानीले परीभराऊ हुने गरेको हुन्थ्यो । तर केही वर्षदेखि डुबान नभएपनि यस क्षेत्रमा प्राकृतिक रुपले हुने वर्षाको निकास सम्म कही कतै नभएको हुँदा समस्या हुने गरेको थियो । तर हाल नेपालगन्ज उपमहानगरपालिकाले केही दिन देखि यस क्षेत्रको समस्यालाई पहिचान गरी बाटो बनाउन लागेको सुनेर, देखेर सुखी लागेको जानकारी गराउनुभयो ।”

नेपालगन्ज उपमहानगरपालिका ईन्जिनियर ईश्वरी सापकोटा


स्थानीयबासी खाँले अगाडी थप्दै भन्नुभयो– “नालासहित अल्सफाल्ट बाटो अब बनिरहेको छ जब म आफै उक्त भएको घर बिक्री गरि विदेश जान लागेको छु । तर पनि खुसी छु म बस्ने ठाउँको विकास बारे स्थानीय जनप्रतिनिधिहरुले सोचेका छन् । यसैगरी रोजगारी मूलक कार्यहरुको थालनी गरेको भए सायद म जस्तो बेरोजगार व्यक्तिलाई घर बिक्री गरी विदेश जानु पर्ने अवस्था आउने थिएन” भनी आफ्नो मनको पीडा पोखे ।
जिल्ला समन्वय समिति बाँकेको छोउमामा रहेको बाटो दशकौंदेखि अलपत्र थियो तर त्यसबारे विगतमा रहेको स्थानीय सरकारको चासो सम्म गएन भन्ने आरोप डिके फर्निचर उद्योगका छेउछाउमा रहेको स्थानीयहरुको रहेको पाईन्छ । तर वर्तमान स्थानीय सरकारले चालेको यस्तो कदमलाई हामीले सराहनीय रुपमा लिएका छौं । अब यस क्षेत्रमा सरसफाई बारे पनि ध्यानाकर्षण भएको भए थप हामीलाई टोल सुधार गर्न सहयोग हुने स्थानीयहरु बताउँछन् ।

जिल्ला समन्वय समितिदेखि डिके फर्निचरसम्म बन्न लागेको नालासहित अस्फाल्ट बाटो बारे जानकारी गराउँदै स्थानीय युनूस खाँ


यसबारे हाम्रो सत्यमखबरको टीम नेपालगन्ज उपमहानगरपालिका पुग्दै सम्बन्धित ईन्जिनियर ईश्वरी सोपकोटालाई भेटेको थियो । ईन्जिनियर सापकोटाले मधुर स्वरमा बस्ने आग्रह गर्दै विनम्र भावले जानकारी लिन खोजिएको विषय बारे जानकारी गराउँदै भन्नुभयो– “निर्माण हुन लागेको योजना जिल्ला समन्वय समितिको छेउदेखि महिला कलेज हुँदै डिके फर्निचर अगाडीसम्म रहेको छ । जसको लम्बाई पूर्वतर्फ २७० मिटर ६ मिटर नालासहित अस्फाल्ट सडक निर्माण हुँदै छ भने महिला कलेजनिर ४.६, ४.३, ४.५ मिटर बाटो १४९ मिटर लामो निर्माण हुनेछ” भनी जानकारी गराउनु भयो ।

जिल्ला समन्वय समितिदेखि डिके फर्निचरसम्म बन्न लागेको नालासहित अस्फाल्ट बाटो


ईन्जिनियर ईश्वरी सापकोटाले सहज रुपले थप जानकारी गराउँदै भन्नुभयो- “यो समपूरक बजेट अन्तर्गतको योजना रहेको तथा यसको कुल लागत ७० लाख रहेतापनि अनलाईन पिपिएसओ अनलाईन मार्फत अव्हान गरिएको ठेक्कामार्फत स्थानीय सुशान्त निर्माण सेवाले ठेक्का पाएको छ, जसले ५४ लाख ९२ हजार २ सय पाँच रुपैयाँमा ठेक्का कबोल गरेको छ । उसले कबोल गरेको रकममा ईष्टिमेट अनुसार दुबैतर्फ नालासहित अस्फाल्ट पिच बाटो निर्माण गर्नुका साथै सो निर्माण पछि हुने भ्याट, चेकजाँच, ल्याब टेस्टलगायत लाग्ने खर्च समेत सोहीबाट हुने” जानकारी गराउँदै थप्नुभयो– “यसमा ५० प्रतिशत बजेट व्यवस्थापन नेपालगन्ज उपमहानगरपालिकाले गर्ने छ भने ५० प्रतिशत बजेट प्रदेश सरकारबाट हुने” जानकारी गराउनुभयो ।

जिल्ला समन्वय समितिदेखि डिके फर्निचरसम्म बन्न लागेको नालासहित अस्फाल्ट बाटोoplus_0


सत्यमखबरको जिज्ञासा मेटाउँदै पिपिएसओ भनेको के हो ? बारे जानकारी दिँदै “ईन्जिनियर सापकोटाले देशभरीबाट निर्माण सम्बन्धी कुनै पनि काम गर्न अनलाईन मार्फत आव्हान गरिने गरिएको हुन्छ जुन १० लाख भन्दा माथिको बजेट हुन्छ सोको फारम नेपालमा रहेका कुनै पनि निर्माण कम्पनी, संस्थाहरुले अनलाईनमार्फत नै कोटेशन भरे जस्तै अनलाईनमा भर्नुपर्ने हुन्छ, जसलाई समयमा खोल्ने अधिकार समेत सम्बन्धित अधिकार बाहेक कसैलाई हुँदैन जसले गर्दा त्यसमा कुनै चुहावटको समेत संकेत रहँदैन” भनी बताउनु भयो ।

जिल्ला समन्वय समितिदेखि डिके फर्निचरसम्म बन्न लागेको नालासहित अस्फाल्ट बाटो बनाउन खटिएका कामदारहरु


यो नेपालगन्जबासीहरुको लागि बिडम्बना नै मान्नु पर्ने रहेको पाईन्छ । जब कुनै ठूलो योजना वडा स्तरमा जारी रहेको हुन्छ त्यसबारे सम्बन्धित स्थानीय जनप्रतिनिधि वा वडाध्यक्षलाई जानकारी माग्दा उहाँहरुले आफूलाई जानकारी नभएको जवाफ फर्काउने गरेका हुन्छन् । ठीक यस्तै यस नालासहित अस्फाल्ड पिस बाटो निर्माणमा देखिएको छ । यस योजना बारे सम्बन्धित वडा नं. ८ का वडाअध्यक्ष विवेक बाजपेयीसँग जानकारी माग्दा उहाँले आफूलाई केही जानकारी नभएको भन्दै यस बारे म आफै उपमहानगर प्रमुख प्रशान्त बिष्टसँग प्रश्न गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिदेखि डिके फर्निचरसम्म निर्माण भएको दुबैतर्फ नाला


वडा अध्यक्ष बाजपेयीले भन्नुभयो– “मलाई जानकारी छैन, नाला बनाउँदा कामदारहरुले बाटो खनिरहेको देखेको थिए तर कामदारहरुसँग प्रश्न गर्नु उचित नभएर केही बोलेन, भोलि नै उपमहानगर प्रमुख बिष्टसँग जानकारी लिने बताउनुभयो ।”
हाल स्थलगत योजना निर्माण प्रक्रियामा दुबै तर्फ नाला निर्माण भईसकेको छ भने बाटो निर्माण जेठ १५ गते भित्र सम्पन्न हुने जानकारी ईन्जिनियर सापकोटाले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *