Thursday, February 13सत्यम खबर
Shadow

समाचार संकलन गर्न गएका पत्रकारमाथि दुव्र्यवहारका साथै सञ्चार सामग्री तोडफोड, भएन जाहेरी दर्ता

नेपालगन्ज, १३ जेठ – बाँकेको नरैनापुरमा आज २ जना पत्रकारलाई दुव्र्यहार भएको छ । समाचार संकलनका क्रममा सत्यम खबर डटकम अनलाईनका सचालक चन्द्रेश्वर राज त्रिपाठी र खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल माथि दुर्ब्यहार भएको हो ।
नरैनापुर वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रम बिद्यालय र शिक्षा शाखाले आर्थिक घोटाला गरेको भन्दै अभिभावक, शिक्षाप्रेमीहरुले शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।


सोही समाचार संकलन गर्न गएका सञ्चारकर्मीहरु माथि शिक्षा शाखाका बिद्यालय निरीक्षक कृष्णकुमार थारुले बोलाएको ब्यक्तिहरुले दुबै जनालाई गाली गलौज गर्दै सञ्चार सामग्री समेत तोडफोड गरेका छन् ।
बिद्यालय निरीक्षक थारुले बोलाएका आधा दर्जनको संख्यामा आएका ब्यक्तिहरुले सत्यमखबरका सञ्चालक चन्द्रेश्वर राज त्रिपाठीको मोबाईल समेत फुटालेका छन् ।
समाचार संकलनमा रोक लगाउँदै गाली गालौजसहित दुब्र्यहार गर्ने नरैनापुर वडा नं. ५ मा रहेका नेपाल राष्ट्रिय आधारभुत बिद्यालय जमुनहाका प्रधानाध्यापक सज्जाक खानका छोरा हसिब खाँ, भतिजाहरु जुनेद खाँ, वसिम खाँ र नसिम खाँ लगायत रहेका छन् ।
सोही विषयमा सत्यमखबर डटकमका सञ्चालक चन्द्रेश्वर राज त्रिपाठीले भगवान ईलाका प्रहरी कार्यालयमा जाहेर दर्ता गर्न गएको बेला हामी छिट्टै सम्पर्क गर्न भनेर जाहेरी दर्ता नगरी प्रहरीले पठाएको बताएका छन् ।
नेपाल राष्ट्रिय आधारभुत बिद्यालय खोदावामा शिक्षक भर्नाका क्रममा भएको आर्थिक चलखेलमा सज्जाक खाँको पनि संलग्नता रहेकोले उनले गुण्डा पठाएर तालाबन्दी कार्यक्रमलाई प्रभावित पार्न गुण्डा परिचालन गरेको स्थानिय हरुले आरोप लगाएका छन् ।
नरैनापुर शिक्षा शाखाका बिद्यालय निरिक्षक कृष्णकुमार थारु, सज्जाक खाँ कै घरमा बस्ने भएकोले हरेक शिक्षक भर्नामा लिईने घुसमा सज्जाक खाँको पनि साझेदारी हुने गरेको नरैनापुर वडा नं. ४ का प्रमोदकुमार शर्माले बताएका छन् ।
स्मरण रहोस केही दिन अघि मात्र प्रधानाध्यापक सज्जाक खाँले विभिन्न ९ वटा मदरसामा शिक्षक भर्ना गराई दिने भन्दै प्रति मदसराबाट १ लाख ५० हजार वसुल गरेको समाचार सामाजिक सञ्जालमा बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *