Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

चन्द्रमाको २ केजी माटो लिएर फर्किँदै चिनियाँ चाङ–इ–६ यान

चन्द्रमाको २ केजी माटो लिएर फर्किँदै चिनियाँ चाङ–इ–६ यान

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ जेठ – चीनले गत मे ३ तारिखमा चाङ–इ–६ मुन ल्यान्डर प्रक्षेपण गरेको थियो । चिनियाँ अन्तरिक्ष मिसनले मुन ल्यान्डर चन्द्रमाको अँध्यारो भागबाट माटो निकाल्न सफल भएको जनाएकाे छ । उक्त यानले चन्द्रमाबाट २ केजी माटो लिएर आउँदैछ । चीन यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ। चन्द्रमाको दक्षिणी भागबाट माटोको नमूनाहरू सङ्कलन गर्न, चन्द्रमा ल्यान्डरमा ड्रिल गर्न, खन्न र त्यसपछि भग्नावशेष उठाउन मेकानिकल हात स्थापना गरिएको थियो । चीनको अन्तरिक्ष एजेन्सी नेशनल स्पेस एडमिनिस्ट्रेसनले यो नमूनाको विश्लेषण गरेर अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमा, पृथ्वी र सौर्यमण्डलको निर्माण र विकाससँग सम्बन्धित सुराग प्राप्त गर्न सक्ने बताएको छ। यो डाटा चीनको आगामी चन्द्रमा मिसनहरूमा पनि प्रयोग गरिनेछ । चन्द्रमाबाट माटो सङ्कलन गरेपछि चाङ–इ–६ ले पहिलो पटक चन्द्रमाको दक्षिणी भागमा चिनियाँ झण्डा फहराएको ...
वातावरण दिवसमा भारतीय दूतावासले ललितपुरमा गर्‍यो वक्षारोपण

वातावरण दिवसमा भारतीय दूतावासले ललितपुरमा गर्‍यो वक्षारोपण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २४ जेठ – नेपालस्थित भारतीय दूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रम गरेको छ। ललितपुर-१ स्थित संकटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरका चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिवद्धतामा विशेष जोड दिइएको थियो। नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए। वनमन्त्री सुडी र ललितपुरका मेयर महर्जनले भावी पुस्ताका लागि पृथ्वीको संरक्षण...
हिंसा र विभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छः मन्त्री चौधरी

हिंसा र विभेदको अन्त्य गर्न बालिकाहरूलाई सेल्फ डिफेन्स तालिम दिनुपर्छः मन्त्री चौधरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २४ जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षण÷तालिम दिनुपर्ने बताउनुभएको छ ।राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघ (फेडोले) आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘महिलाहरूका निम्ति ‘सेल्फ डिफेन्स’ तालिम÷प्रशिक्षणहरू पनि सञ्चालन गर्न आवश्यक छ । सबै बालिकाहरूका निम्ति स्कुल तहमै सेल्फ डिफेन्सका तालिमहरू सञ्चालन गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘विभेदको अन्य गर्न, हिंसाको अन्त्य गर्न स्कुल तहमै सेल्फ डिफेन्स तालिमहरू दिनुपर्छ ।’कतिपय ऐन, कानूनका विषयमा जानकारी नभएका कारणले पनि विभेद तथा ज...
प्रेस युनियनको प्रशिक्षण भेला सम्पन्न

प्रेस युनियनको प्रशिक्षण भेला सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ जेठ – नेपाल प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सोमवार सम्पन्न भएको छ । भेलामा सहभागि भएका प्रेस युनियनकर्मीहरुलाई विभिन्न तीन वटा विषयमा प्रशिक्षण दिइएको थियो ।नेपाल प्रेस युनियन ः पत्रकार महासंघको सम्बन्धका विषयमा नेपाल प्रेस युनियनका परामर्र्श समिति सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिका पूर्व उपसभापति हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनको संरचना र सांगठनिक अवस्थाका विषयमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिका महासचिव नवीन गिरी र नेपाल प्रेस युनियन र पार्टी बीचको सम्बन्धका बिषयमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापाले प्रशिक्षण दिनुभएको थियो । ती प्रस्तुतीकरणमा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष तथा युनियनका अग्रज नेता नीरज गौतमले टिप्पणी गर्नुभएको थियो । नेपाल प...
२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २१ जेठ – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।काठमाण्डौमा आयोजित एक दिने स्कुलिङ कार्यक्रममा क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी र ट्रेजररहरुले निर्वाह गर्नुपर्ने भूमिका, पदीय जिम्मेवारी र क्लबलाई उत्कृष्ट बनाउन के गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । स्कुलिङ कार्यक्रममा ६० भन्दा बढी क्लबका २३० भन्दा क्लब अफिसर्सहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले विश्वमा नेपालका लायन्स सदस्यहरुले गरेको सेवा कार्यहरुको सधैं चर्चा हुने गरेकाले यसलाई निरन्तरता सक्रियता कायमै राख्नुपर्नेमा जोड दिए ।लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आफ्नो थिम सेयरिङ ह्याप्पिनेसको बारेमा र आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा ...
नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पोखरा, २१ जेठ – नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ ।पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे“ अभ्यास मनसुन–४” यही जेठ १४ गतेबाट २० गतेसम्म १ हप्ता कार्यक्रम सञ्चालन गरेको हो । गणका क्या. उमङ्ग श्रेष्ठले पोखराका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु गरिएको जानकारी गराए । “अभ्यास मनसुन–४” मा प्राकृतिक विपतमा कसरी आफु, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्ने भन्ने विषयमा सचेतनात्मक कार्यक्रम गरिएको हो, उनले भने, ‘हामीले कार्यक्रम गरेको वडाका स्थानीय वासिन्दाहरुलाई समावेश गराई उनीहरुलाई विपदको दौरान ईप्रोभाईजेशन गरी बाढी तथा पहिरोमा प्रयोग गरिने सामाग्रीहरु रोप, पिकेट, कपडाबाट स्टेचर बनाउने तरिका, म्याट्रेसको प्रयोग गरि बोट बनाउने र बोतलको प्रयोग गरि लाईफ ज्य...
राधा सुवेदिकाे “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक

राधा सुवेदिकाे “अब तिमी उसैको भयौ “गीतको म्युजिक भिडियो सार्वजनिक

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
इटहरी, २१ जेठ – साहित्यकार राधा सुवेदिले स्वाेर दिएको अब तिमि उसैको भयौ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साचाे प्रेममा धोका खाएपछि पाएको पिडालाई गीत मार्फत दर्साउँदै निकालिएको म्युजिक भिडियोलाई पूर्वेली इन्रटेनमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । इटहरीको पर्यटकीय स्थल तालतलैया, इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कनमा भोजपुरी तथा थार समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी, नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् । भिडियोलाई पूर्वेली न्युज तथा पूर्वेली इन्टरटेन्मेनका सञ्चालक सुरेश चन्द्र दाहाल र नागी डान्स सेन्टरका सञ्चालक वसन्त बस्नेतले निर्देशन गरेका छन् भने प्रडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् । दि म्युजिक एरियामा रेकर्डिङ गरिएकाे गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फ...
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम सम्पन्न

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा शहरी स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा कार्यक्रम सञ्चालक नवराज न्यौपानेले – पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम यस अगावै गत वर्षमा घोषणा भईसकेको हुँदा सोलाई हामीले निरन्तरता दिंदै वडालाई पूर्ण खोपमा सफल बनाउन प्रयासरत रहँदा रहँदै समेत ४ जना बालबालिकाहरु हाल खोप लगाउनबाट छुटेको हुँदा आउने दिनमा उनलाई सहभागी गराउने बताउनुभयो । वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले ‘वडाबाट शहरी स्वास्थ्य केन्द्रले मागे अनुसारको बजेट विनियोजित गर्न नसकेको अवस्था भएपनि हाल छुट्टाईएको बजेटबाट समेत उत्कृष्ट कार्य गर्दै आईरहेको शहरी स्वास्थ्य केन्द्र धन्यवादको पात्र भएको छ, हाल वडालाई पूर्ण ...
वडा नं. ६ मा नालामाथि ढक्कन निर्माण गर्दा वडाबासीहरुमा खुशीको लहर (फोटोफिचरसहित)

वडा नं. ६ मा नालामाथि ढक्कन निर्माण गर्दा वडाबासीहरुमा खुशीको लहर (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको वडा नं. ६ लाई नियाल्दा कतिपय पक्षमा पछाडी परेको अवस्था देखिन्छ भन्ने जनगुनासो वडाबासीहरुमार्फत आईरहेको पाईन्छ भने कतिपय अवस्थामा क्रमशः सुधार हुँदै गईरहेको समेत मिश्रित भनाई आईरहेको छ । फुल्टेक्रा वडा नं. ६ विकासमा पछाडी हुनु वडाबासीहरु भित्र खिचातानीलाई लिन सकिन्छ । वडाबासीहरुको भनाई अनुसार धेरै नेताहरु भएको अवस्थामा विकासले गति लिन नसकेको बताउँछन् । फुल्टेक्रामा नालामाथि ढक्कन लगाउने क्रममा काम गर्दै कामदारहरु फुल्टेक्राको कुरा गर्नु पर्दा वडा भित्र दशौं पुरानो रहेको फुल्टेक्रा माध्यमिक विद्यालय कर्नरदेखि फुल्टेक्रा चोक अस्थाई ट्राफिक पोष्टसम्म विगत कैयौं वर्षदेखिको प्रयासले बाटो निर्माण हुन सकेको स्थानीयहरुको भनाई रहेको छ । एक चरणमा दुबै तर्फ ५८० मिटर नाला निर्माण गरिएको छ भने त्यसको २ वर्षपछि त्यसमा आरसीसी बाटो निर्माण भएको...
सञ्चारको १ अर्ब बजेट कटौती, फेसबुकमा विज्ञापन नियमन गरिने

सञ्चारको १ अर्ब बजेट कटौती, फेसबुकमा विज्ञापन नियमन गरिने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ जेठ – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट अनुमान प्रस्तुत गर्दा सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड विनियोजन गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले भने १ अर्ब रुपैयाँभन्दा बढी कटौती गर्दै बजेट छुट्याएका हुन्‌ । सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम दिने नयाँ कार्यक्रम पनि पुनले ल्याएको बजेटमा समावेश छ । आगामी बजेटमा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम र एक्स – हालको टुइटर लगायत) मा गरिने विज्ञापनलाई नियमन गर्ने समेत लक्ष्य राखिएको छ । ‘सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइनेछ’, पुनले प...