Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

साहू समाजको अध्यक्षमा पुनः हंशराम साहू

साहू समाजको अध्यक्षमा पुनः हंशराम साहू

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ जेठ – बाँके जिल्लाको विभिन्न पालिकामा रहेका साहूहरुको समाज साहू समाज समिति नेपालगन्जको वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ‘समाजमा रहने विभिन्न व्यक्तिहरुको सामाजिक विकासमा निकै ठूलो महत्व राख्ने गठित समाजहरुको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनिति विषय हावी हुनु हँुदैन, जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ’ बताउनु भएको छ ।साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साहू समाज समितिका सहसचिव प्रदीप साह द्वारा सञ्चालित कार्यक्रममा साहू समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष रामलोचन साहले साहू समाज समितिले हाल सम्म गर्दै आएका कामका बारेमा प्रकाश पारेक...
हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा

हेल्थ याद आयोको स्वास्थ्य शिविर मार्फत् मोवाइल एपबाट सम्पूर्ण स्वास्थ्य सेवा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेठ – वर्तमान सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँ–शहर र घर मात्र होइन, एक कोठामा सीमित गरि दिएको छ । अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरि दिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु लिइरहेका छन् ।आधुनिक विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घर मै बसेर सहजै पाउन सकिन्छ भन्ने कुरा आज यहाँ सचेतना सहितको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रमले नयाँ सन्देश दिएको छ । “हेल्थ याद आयो” नामक नीजि क्षेत्रको संस्थाले काठमाडौं महानगरपालिका अन्तर्गत वडा नं. १४ वाफल स्थित कोहिनर हिलकलोनीमा शनिवार आयोजित निःशुल्क स्वास्थ्य परामर्श, परिक्षण तथाल्याव परिक्षण सेवामा कलोनी भित्र र आसपासका बासिन्दाले पाएका ...
नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

नासाको आर्टेमिस–३ मिसन : अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ५ ज्येष्ठ – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने भएको छ । आर्टेमिस–३ मिसन अन्तर्गत सेप्टेम्बर २०२६ मा दुई अन्तरिक्ष यात्री चन्द्रमामा अवतरण गर्नेछन् । अभियानका लागि अमेरिकी राज्य एरिजोनाको ज्वालामुखी क्षेत्रमा सिमुलेशन परीक्षण (प्रक्रियाको नक्कल गर्ने) भइरहेको छ । यहाँ अन्तरिक्ष यात्रीहरू चन्द्रमामा पैदल यात्रा गरिरहेका छन् । नासाका अन्तरिक्ष यात्री केट रुबिन्स र आन्द्रे डगलसले आर्टेमिस–२ मिसनका लागि छानिएका अन्तरिक्ष यात्रीहरूको भूमिका निभाएका थिए । यस क्रममा उनले स्पेससूट जस्तो देखिने लुगा लगाए र हार्डवेयर जाँच गरे । यस अवधिमा उनले चन्द्रमाको सतहबाट नमूना सङ्कलन गर्ने अभ्यास पनि गरे । एक सातासम्म चल्ने यस सिमुलेशन परीक्षणका लागि दुई टोली गठन गरिएको छ । यसमा अन्तरिक्ष यात्रीहरू, इन्जिनियरहरू, क्षेत्र विशेषज्ञहरू, उडान नियन्...
मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ ज्येष्ठ – बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्स अब बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनबाट अलग हुने भएकी छन् । उनले परोपकारको क्षेत्रमा अर्को चरणमा जानका लागि यो उपयुक्त समय भएको बताउदै गेट्स फाउन्डेसनबाट अलग हुने घोषणा गरेकी हुन् । मेलिन्डा सन् २००० देखि यस फाउन्डेसनसँग आबद्ध छिन् । उनले बिल गेट्ससँग अलग हुने सम्झौता अन्तर्गत उनले गेट्स फाउन्डेसनमा गरेको परोपकारी कार्यका लागि थप १२.५ बिलियन डलर भुक्तानी पाउने बताइन्। मेलिन्डाले एक्स पोष्टमा लेखेकी छिन्, ‘धेरै सोचविचारपछि मैले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह-अध्यक्षको जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेको छु । फाउन्डेसनसँग काम गर्ने मेरो अन्तिम दिन जुन ७ हुनेछ । गेट्स फाउन्डेसन बलियो स्थितिमा छ भन्ने विश्वासका साथ मैले यो कदम चालेको छु । सीईओ मार्क सुजम्यान, कार्यकारी नेतृत्व र अनुभवी बोर्ड अफ ट्रस्टीले सबै आवश्यक...
चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी तयारी

चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी तयारी

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० बैशाख – अमेरिकाले चिनियाँ विद्युतीय गाडीहरुमा १०० प्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको छ। बिजुलीबाट चल्ने सस्ता चिनियाँ गाडीले अमेरिकी बजारमा स्थानीय कार कम्पनीहरुलाई अप्ठ्यारोमा पारेको भन्दै बाइडेन प्रशासनले यो निर्णय लिन लागेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्। थप शुल्क यही मंगलबार नै घोषणा हुने बताइएको छ। बिजुलीबाट चल्ने चिनियाँ कारहरुमा अहिले लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क बढेर १०० प्रतिशत सम्म पुग्न सक्ने न्युयोर्क टाइम्सले जनाएको छ। बिजुली गाडी बाहेक सेमिकन्डक्टर, स्टिल, एल्मुनियम, सोलार प्यानल लगायतका चिनियाँ उत्पादनमा यस्तो शुल्क बढ्न सक्ने अनुमान गरिएको छ। बाइडेन प्रशासनले सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा लगाएका शुल्कहरुको समीक्षा गरिरहेको छ। यही समिक्षासँगै भन्सार शुल्क थप हुन लागेको हो। गत महिना पेन्सल्भे...
रिलिजअघि थलापतिको गोटले कमायो २४३ करोड

रिलिजअघि थलापतिको गोटले कमायो २४३ करोड

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० बैशाख – विजय थलापतिको आगामी फिल्म ‘गोट’ (द ग्रेटेस्ट अफ अल टाइम) तमिलमा सर्वाधिक बहुप्रतिक्षित फिल्म मध्ये एक हो । अभिनेताका फ्यानहरुले लामो समयदेखि यो फिल्म हलमा रिलिज हुने दिन पर्खिरहेका छन् । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । यसको ट्रेलर छिट्टै रिलिज हुने बताइएको छ । चलचित्र रिलिज नहुँदै फिल्मले व्यापार गर्न थालिसकेको छ । फिल्म निर्माताहरूले फिल्म पार्टनर फाइनल गरिरहेका छन् । हालै ‘गोट’को स्याटेलाइट पार्टनरको नाम फाइनल गरिएको थियो । मेकरहरूले स्याटेलाइट अधिकार चर्को मूल्यमा बेचेको खुलासा भएको छ । ९३ करोडमा बेचियो स्याटेलाइट अधिकार इन्डियाग्लिट्ज तमिलको रिपोर्ट अनुसार निर्माताहरूले राष्ट्रिय टेलिभिजन पार्टनरसँग सबै भाषाका लागि स्याटेलाइट अधिकार बेचेका छन् । विजयको आगामी फिल्मको सेटलाइट अधिकार ९३ करोड भारुमा बिक्री भएको छ । विजयको अघिल्लो फिल्म ‘लियो’ले भन...
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारी पक्राउ

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ बैशाख – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ । युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू) ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिइएको छ र रुसलाई गोप्य जानकारी चुहाएको आरोप लगाइएको जनाएको छ । एसबीयूले रूसको राज्य सुरक्षा सेवा सँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउदै उनीहरु;ए जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ । एसबीयूले उनीहरुले एसबियुका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ । फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन् । माइकोलाइभको दक्षिणी युक्रेनी क्षेत्रकी एक महिलालाई जे...
विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – नेपालगन्जमा बिश्व रेडक्रस दिवस ८ मई बुधबारको दिन विभिन्न कार्यक्रम गरी मनाएइको छ ।“मानवतालाई जीवित राखौं” मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले विभिन्न कार्यक्रमको आयोजना गरी नेपालगन्जको बिशाल चौक स्थित सेन्ट जेभिर्यस स्कूलमा बिद्यार्थीहरुको रक्त समूह पहिचान गरी रेडक्रस दिवस मनाइयो । नेपाल रेडक्रस सोसाइटी बेलासपुर उपशाखाका सभापति बीेरेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले दीप प्रज्वलित गरी र जा हेनरी डियूनाको तस्बीरमा माला लगाई कार्यक्रमको शुरुआत गर्नुभएको थियो । उहाँले रेडक्रसको काम कर्तव्य, हाँगाहरुको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा उपसभापति सुरेन्द्रनाथ सापकोटा, उपमन्त्री तेजबहादुर सुवेदी लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रममा सेन्ट जे...
वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान

वरिष्ठ गायिका ज्ञानु राणालाई दीर्घ साधाना सम्मान

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २७ बैशाख – हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाण्डौमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीत÷संगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई हिमालयन विशेष साहित्य साधना सम्मान’ अर्पण गरिएको थियो ।‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ सम्मपन्न भएको समारोहमा वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई ‘हिमालयन पत्रकारिता रजत सम्मान’ नगद दश हजार राशिसहित प्रदान गरिएको ...
चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाख बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २३ बैशाख – चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका तीन लाख ९२ हजार गरी कूल पाँच लाख ४४ हजार अपाङ्गता भएका व्यक्तिले रोजगारी पाएको चिनियाँ अपाङ्गता व्यक्ति महासङ्घले जनाएको छ । सन् २०२३ मा चीनमा नौ लाख ६० हजार प्रमाणित अपाङ्गता भएका व्यक्ति विभिन्न प्रकारका रोजगारीमा संलग्न रहेका थिए । यसमा सरकारको सहयोगमा रोजगारी, स्वरोजगार, आंशिक समयका लागि रोजगारी र सरकारले उपलब्ध गराएको जन कल्याणकारी रोजगारीहरू समावेश छन् । यीमध्ये झण्डै आधा व्यक्ति कृषि उद्योगको खेती, प्रजनन र प्रशोधन क्षेत्रमा कार्यरत रहेको महासङ्घले जनाएको छ । महासङ्घले चीनभरका अधिकारी र संस्थाहरूले सन् २०२३ मा ग्रामीण क्षेत्रहरूमा कठिनाइमा बस्ने दुई लाख ५९ हजार अपाङ्गता भएका व्यक्तिलाई व्यावहारिक सीप तालिम प्रदान गरेको छ । सन् २०२३ मा चीनभर ११ हजार तीन सय ९३ दृष्टिविहीन व्यक्तिले ग...