Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

विकास निर्माण कार्यमा अध्यक्ष दीपक बर्माद्वारा धमाधम शिलान्यास

विकास निर्माण कार्यमा अध्यक्ष दीपक बर्माद्वारा धमाधम शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ चैत – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले यस सातामा मात्रै करोड बढीका विकास निर्माण कार्यका योजनाहरु धमाधम शिलान्यास गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ अन्तर्गत रहेको शिवशक्ति टोलमा आज आईतबार ३० लाखको लागतमा आरसीसी नालासहितको सडक स्तरउन्नतिका लागि शिलान्यास गरेका छन् । सडक स्तरउन्नतिका लागि २ सय १४ मिटर लामो आरसीसी नालासहितको सडक ३० लाख बजेट बिनियोजित गरी बनाउन लागेको अध्यक्ष बर्माले बताउनुभयो । अध्यक्ष बर्माले दिएको जानकारी अनुसार यसै सातामा देउतादिन माध्यमिक विद्यालयको आठकोठे भवनमा करीब ७८ लाख बराबरको निर्माण कार्य थालनी गरिनुका साथै आज ३० लाखको लागतमा आरसीसी नालासहितको सडक स्तरउन्नति गर्न लागिएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष बर्माले प्रत्येक वर्ष झै यस वर्षपनि विकास निर्माण क...
नेपालगन्जमा बाँके रोजगार मेला सुरु : बेरोजगारको लाग्यो लर्को

नेपालगन्जमा बाँके रोजगार मेला सुरु : बेरोजगारको लाग्यो लर्को

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ चैत – नेपालगन्जमा बाँके रोजगार मेला सुरु भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले जिल्लाका ७ वटा स्थानीय तहसँगको सहकार्यमा शुक्रबारदेखि नेपालगन्जमा आयोजना गरेको दुई दिने बाँके रोजगार मेलाको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओेलीले स्वागत मन्तव्य दिएको उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल, संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले मेलाको सफलताको कामना गरेका थिए । मेलामा जिल्लाका ८ वटै स्थानीय तहका गाउँ र टोलबाट बेरोजगारहरुको लर्को नैैै लागेको थियो । गाउँ टोलबाट सहभागी ल्याउन स्थानीय तहले पन...
सहकारी दिवसको अवसरमा ७ सय ९५ जनाले गरे रक्तदान

सहकारी दिवसको अवसरमा ७ सय ९५ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ चैत – ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिभिन्न स्थानमा आयोजित बृहत रक्तदान कार्यक्रममा महिला पुरुष गरी ७ सय ९५ जनाले रक्तदान गरेका छन् । प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा खजुरा गाउँपालिका वार्ड ंनं.७ खजुरा बजार स्थित रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको प्राङ्गणमा रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित रक्त सञ्चार इकाई केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा १ सय २ जनाले रक्तदान गरेको खजुराका प्रमुख होमराज गिरीले बताएका छन् । यसरी चैत्र ११ गते बैजनाथमा आयोजित रक्तदान कार्यक्रममा १८१ जना, चैत्र १२ गते कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा १ सय २३ जना, चैत्र १३ गते नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा १ सय ८३ जना र चैत्र १४ गते राप्ती सोनारीमा २ सय ६ जना र खजुरामा आयोजित रक्तदान कार्यक्रममा १ सय २ जनाले रक्तदान ग...
लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

लागु औषध बिरूद्ध इलाका प्रहरी कार्यालय गणेशपुरको प्रभातफेरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १५ चैत्र - कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरको आयोजनामा लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैली कार्यक्रम सम्पन्न भएको छ। विजयनगर गाउँपालिका वडा नं ६ प्रेमनगरमा आज प्रभात फेरी रैली निकालिएको थियो। लागु औषध दुरूपयोग तथा अबैध ओसारपसार बिरूद्ध प्रभात फेरी रैलीले समाजमा शान्ति स्थापना तथा स्थानीय स्तरमा लागु औषध बिरूद्ध जनचेतना अभिवृद्धि हुनुका साथै अभिभावक हरूलाई आफ्नो बाल बालिका हरूलाई लागु औषध जस्तो कुलत बाट बचाउन समेत फलदायी हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले बताए। प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रकार लगायत स्थानीयहरूको वृहत उपस्थित रहेको थियो।...
आजदेखि नेपालगन्जमा रोजगार मेला

आजदेखि नेपालगन्जमा रोजगार मेला

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ चैत – बाँकेमा आज शुक्रबारदेखि रोजगार मेला लाग्ने भएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा दुई दिने बाँके रोजगार मेला लगाउन लागेको हो । संघले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष टंकबहादुर धामीले रोजगार मेलाले तत्काल र दीर्घकालीन रुपमा रोजगार सिर्जना गर्ने बताए । उनले मेला अवधिमा मात्र कम्तीमा १०० जनाले रोजगार पाउने दाबी गर्दै औद्योगिक प्रतिष्ठानको जनशक्तिको आवश्यकता अनुसार सीपमूलक तालिम दिएर दक्ष जनशक्तिलाई भविष्यमा रोजगारी दिने बताए । कार्यक्रममा संघका महासचिव तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक भीमबहादुर रानाभाटले बाँकेका सात वटा स्थानीय तहको आर्थिक सहयोगमा मेला आयोजना गरेकाले स्थानीय तहका रोजगार शाखामा सूचीकृत व्यक्ति र प्रादेशिक महोत्सवमा सूचीकृत बेरोजगार ब्यक्ति सहभागी हुने कार्यक्रममा जानकारी दिए । यस्तो छ, संघको...
कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १५ चैत – कृष्णसार एफएम ९४ मेगाहर्ज विहिबारदेखि १७ औं वर्षमा प्रवेश गरेको छ । २०६५ साल चैत्र १४ गते वेलुका ६ बजेर ५५ मिनेटबाट कृष्णसार एफएमले प्रसारण सुरु गरेको थियो । वदलिदो प्रविधिको उपयोग गर्दै कोभिड महामारीपछिको आर्थिक मन्दी लगायत विविध समस्याका वीच सकेसम्म अधिकतम् स्रोताको आवश्यकता र भावना समेट्ने प्रयासमा आफुहरु लागि रहेको कार्यकारी निर्देशक तुला अधिकारीको भनाई छ । एफएमले हाल अत्याधुनिक डिजिटलमैत्री स्टुडियोबाट उत्पादन तथा प्रसारण गरिरहेको छ । २ हजार वाट क्षमताको अत्याधुनिक डिजिटल ट्रान्समिटरबाट प्रसारण सेवा दिइरहेको यस क्षेत्र कै सबै भन्दा बढि प्रसारण क्षमताको सामुदायिक रेडियो कृष्णसार एफएमले अत्यधिक माया र साथ दिएर यस क्षेत्र कै सर्वाधिक लोकप्रिय रेडियोको रुपमा उभ्याउनु हुने सम्पूर्ण आदरणीय स्रोता, सुभेच्छुक, विज्ञापनदाता, सहयोगी र एफएम परिवारलाई बधाई र धन्यबाद ...
सावधान ! भारतको लखनऊमा यसरी लुटिन्छन् नेपाली बिरामीहरु

सावधान ! भारतको लखनऊमा यसरी लुटिन्छन् नेपाली बिरामीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत्र – सावधान ! भारत उत्तर प्रदेशको राजधानी लखनऊमा सञ्चालित कृष्णा सोसाइटीमा नेपालबाट त्यहाँ उपचार गराउन जाने बिरामीहरुलाई लुटिने क्रम जारी रहेको छ । लखनऊमा कृष्णा सोसाइटी फर मेडिकल रिलिफ एण्ड रुरल डेभलेवमेन्ट, के.के. इन्स्टिच्यूट अफ पारा मेडिकल साइन्स सञ्चालनमा रहेको छ । 57/88 नविउल्लाह रोड रिभर बैंक कलोनीमा यो अस्पताल सञ्चालनमा रहेको छ । यस अस्पतालमा नेपालबाट अधिकांश बिरामीहरु त्यहाँ उपचार गराउन जाँदा रहेछन् । अस्पतालमा उत्कृष्ट प्रकारको योग्य चिकित्सकहरु रहेका छैनन् । अस्पताल अत्याधुनिक र सर्वसुलभ छ । यसकारण कोही नेपाली बिरामी त्यहाँ उपचार गराउन जाँदा के.के. अस्पतालले बाहिरबाट चिकित्सक आफ्नो यहाँ ल्याई त्यहाँ उपचार गर्ने गर्छ । एक किसिमले यहाँ उपचार गराउने ठेक्का नै हुन्छ । सबैलाई जाने बुझेको कुरा हो, लखनऊमा कैयन उत्कृष्ट प्रकारको अस्पतालहरु रहेका छन् । जसमा सेवाको ...
चना उत्पादनमा बाँके पहिलो, यस्ता छन् उत्पादन र फाइदाहरु

चना उत्पादनमा बाँके पहिलो, यस्ता छन् उत्पादन र फाइदाहरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जागेश्वर थारु नेपालगन्ज, १३ चैत्र – बाँके जिल्ला चना उत्पादनमा देश कै पहिलो जिल्ला रहको छ । धान उत्पादन पछि लगाइने दलहन बाली मध्ये चना सबभन्दा धेरै बाँकेमा लगाउने किसानहरु रहेका छन् । लुम्बिनी प्रदेशमा चना ३ हजार ५ सय ४९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने नेपाल भर दलहन बाली अर्थात कोसेबाली नेपालको कुल क्षेत्रफल मध्ये दलहन बाली ३ लाख ३४ हजार ५ सय ५० हेक्टर क्षेत्रफल लगाइने गरेको कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख डाक्टर अनिल पोख्रेलले बताए । डा. अनिल पोख्रेलका अनुसार यस्ता छन् उत्पादन र फाइदाहरु ः चना एक प्रकारको दाल अर्थात् गेडागुडी अन्तर्गत गर्ने बाली हो । चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ । रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खानाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु...
भंघोटनामा सिलाई प्रशिक्षण केन्द्र सञ्चालन

भंघोटनामा सिलाई प्रशिक्षण केन्द्र सञ्चालन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ चैत – बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सिलाई प्रशिक्षण केन्द्र सञ्चालन भएको छ । विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभागद्वारा भगिनी स्वालम्बन योजना अन्तर्गत सिलाई प्रशिक्षण केन्द्र डुडुवा गाउँपालिका वडा नं ६ भंघोटना गाउँमा ६ महिनाको लागी सञ्चालन भएको छ । सिलाई प्रशिक्षण केन्द्रमा ३० जना महिलाहरुले ६ महिनाको प्रशिक्षण लिई रहेका छन् । आवश्यकता अनुसार थप पनि गर्न सकिने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथि विश्व हिन्दू परिषद नेपाल मातृ शक्ति विभाग राष्ट्रिय प्रमुख कृष्णा देवी पाण्डेय, विशिष्ट अतिथि धनुषधारी पाण्डेय, विश्व हिन्दू परिषद नेपाल कर्णाली लुम्बिनि संभाग सचिव कृष्णमुरारी प्रसाद भट्ट, विश्व हिन्दू परिषद नेपाल कर्णाली प्रदेश उपाध्यक्ष रामशंकर द्विवेदी, विश्व हिन्दू परिषद नेपाल बाँके जिल्ला अध्यक्ष सञ्जय बर्नवाल, विश्व हिन्...
हुलाक प्रमुख थारुद्वारा सञ्चारकर्मीहरुसित भेटघाट

हुलाक प्रमुख थारुद्वारा सञ्चारकर्मीहरुसित भेटघाट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १२ चैत – जिल्ला हुलाक कार्यालय बाँकेमा चैत ४ गतेदेखि प्रमुखको जिम्मेवारीमा गजेन्द्र प्रकाश थारु आए लगत्तै लोककल्याणकारी विज्ञापनमा सहभागी बाँकेका १५ जना सञ्चारगृहका सञ्चालकहरुलाई बोलाई परिचयात्मक कार्यक्रम आज सम्पन्न गरेका छन् । लोककल्याणकारी विज्ञापन जारी ऐन कानुन बारे जानकारी गराउँदै सञ्चारकर्मीहरुसित सहजकताको लागि कसरी सहकार्य गर्दै जानु पर्ने बारे सुझाव मागेका थिए । कालपृष्ट दैनिकका प्रकाशक÷सम्पादक कमल केसीले प्रमुख थारुलाई स्वागत गर्दै अन्य सेवा जस्तै वर्गिकरणमा परेका पत्रिकाको वर्गिकरण प्रमाणपत्र जिल्ला हुलाकबाट नै उपलब्ध गराउन पहलकदमी गर्न सके सहज हुने बताउनुभयो । भेटघाट कार्यक्रममा दिप ज्वालाका दिनेशकुमार श्रीवास्तव, प्रभात घोषणाका कृष्णबहादुर मल्ल, गुड न्यूज साप्ताहिकका डक्टप्रसाद धिताल, समाज जागरण साप्ताहिकका चन्द्रेश्वरराज त्रिपाठी, जनमत अद्र्धसाप्ताहिक, ...