Saturday, April 26सत्यम खबर
Shadow

नेपालगन्जमा नमुना युवा नगरसभा अभ्यास कार्यक्रम

नेपालगन्ज, ११ चैत – नेपालगन्जमा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सोमवारदेखि सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल बाँकेको आयोजनामा ३ दिने नमुना युवा नगरसभा अभ्यास कार्यक्रम सुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका, एसडिएफ बाँके, सगरमाथा ई.बो. स्कूल कारकाँदो, राजा खान, नेपाल ज्वैलर्स लगायतको सहकार्य र सहयोगमा सोमवारदेखि सुरु भएको कार्यक्रम बुधवारसम्म चल्ने आयोजकले जनाएको छ ।

उद्घाटन सत्र कार्यक्रमको पहिलो सत्र सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान÷सम्पादक तथा सगरमाथा ई.बो. स्कूलका फाउन्डर कृष्णबहादुर जिसीले युवा नेतृत्वमा हुनुपर्ने गुण, अनुसाशन, लगनशिलता, प्रेरणादायी, मुल्याङकन, आत्मबल लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

यस्तै कार्यक्रममा नेपालमा नमुना युवा संसदको अवधारणा र अभ्यासबारे बाल अधिकारकर्मी साहिल अन्सारीले प्रशिक्षण दिनुभएको थियो ।

युवाको हातमा नेतृत्व, समृद्ध नेपालको सुनिश्चितता भन्ने मुल नाराका साथ सुरु भएको नमुना युवा नगर सभा अभ्यास कार्यक्रमको अध्यक्षता नेपालगन्ज उपमहानगरपालिका स्तरिय युवा क्लव संजाल नेपालगन्जका अध्यक्ष आनन्द कुमार बर्माले गर्नुभएको थियो भने कार्यक्रमको उद्घाटन प्रशिक्षक सगरमाथा गन्तव्य डटकमका प्रकाशक प्रधान÷सम्पादक तथा सगरमाथा ई.बो. स्कूलका फाउन्डर कृष्ण बहादुर जिसीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिका, नरैनापुर गाउँपालिकाका ४० बढि युवाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *