
नेपालगन्ज, ९ चैत – साहु समाज समिति बाँके एवं साहु समाज युवा समितिको संयुक्त आयोजनामा आज शनिवार होली मिलन कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ ।
साहु समाज समिति बाँकेका सचिव प्रदीप शाहद्वारा सञ्चालित होली मिलन कार्यक्रममा साहू समाज समिति बाँकेका अध्यक्ष हंशराम साहूको अध्यक्षता, नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभयकुमार बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न होली मिलन कार्यक्रममा साहू समाज युवा समितिका अध्यक्ष रामकिसुन साहुले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरुलाई गम्छा र अबीर लगाएर स्वागत गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–५ स्थित श्री राधाकृष्ण मन्दिरमा सञ्चालित होली मिलन समारोह कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष बस्नेतले साहू समाजको बारेमा प्रकाश पार्दै होली मिलनको शुभकामना ब्यक्त गरेका थिए ।
यसरी होली मिलन कार्यक्रममा बिशिष्ट अतिथि वडा नं.६ का वडाध्यक्ष समीरप्रताप सिंह, मिथिला समाज बाँकेका अध्यक्ष रामलोचन शाह, शहरी बिकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रामआसरे शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मधु पौडेल, कसौंधन बैश्य समाज बाँकेका अध्यक्ष सन्तोषकुमार बैश्य, स्वर्णकार समिति बाँकेका अध्यक्ष सञ्जय सोनी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
होली मिलन समारोह कार्यक्रममा श्री राधाकष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष बिमलकुमार साहु, साहु समाजका कानूनी सल्लाहकार रामनाथ साहु, मोतीलाल साहु, बाबुराम साहु, युवा समाजका उपाध्यक्ष दिनेशकुमार साहु, बाबुराम साहु पेन्टर, पत्रकार चन्द्रेश्वराज त्रिपाठी, शतक रक्तदाता पवन जायसवाल, साहु समाज समिति बाँके एवं साहु समाज युवा समितिका पदाधिकारी र साहु स्वजातीय महिला तथा पुरुष बन्धुहरु सहभागिता रहेको थियो । कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई अबीर लगाएर स्वागत गरिएको थियो ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस