Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २८ जेष्ठ – लुम्बिनी प्राविधिक विश्वविद्यालयको आयोजनामा नेपालगन्जमा ‘डिजिटल नवप्रवर्तन रूपान्तरण २०२५’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपालका विभिन्न विश्वविद्यालयका उपकुलपति, डीन, प्राध्यापक, विषय विज्ञ तथा प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, विश्वविद्यालयका सेवा आयोगका सदस्य तथा ख्याती प्राप्त विभिन्न विश्वविद्यालयका प्राध्यापक लगायत विषयगत विद्यार्थीहरूको सहभागितामा सम्पन्न भएको हो । लुम्बिनी सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नु भएको उक्त सम्मेलनको उद्देश्य माथि प्रकाश पार्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा.निरज केसीले यस क्षेत्र मै यो विश्वविद्यालय नयाँ भएका कारण यहाँका विद्यार्थीहरूलाई डिजिटल नवप्रवर्तन र रूपान्तरणका बारेमा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनु भयो । न...
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ । आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए । कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना ...
गौरव स्मृतिद्वारा जेष्ठको अन्तिम मंगलबारका दिन बृहत प्रसाद वितरण (फोटोफिचरसहित)

गौरव स्मृतिद्वारा जेष्ठको अन्तिम मंगलबारका दिन बृहत प्रसाद वितरण (फोटोफिचरसहित)

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ – गौरव स्मृति तथा बी योर सेल्फ फाउण्डेशनद्वारा जेष्ठ महिनाको ठूलो मंगलबारमा आज अन्तिम मंगलबारका दिन पनि बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष झै यश वर्ष पनि ज्येष्ठ महिनाको अन्तिम ठुलो मंगलबारका दिन भक्तजनहरूमा गौरव स्मृतिद्वारा बृहत् प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको संरक्षक÷सञ्चालक प्रदीप शाहले बताउनु भयो । गौरव स्मृतिद्वारा जेष्ठ महिनाको ५ वटै ठूलो मंगलबारका दिन बृहत प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिनुका साथै नगरको अन्य स्थानमा समेत आर्थिक सहयोग गरिएको संरक्षक शाहले बताउनुभयो । प्रसाद वितरण कार्यक्रम नेत्र ज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा स्थित रहेको विनायक मेडिकल हलको सामुन्ने सम्पन्न गरिएको छ । प्रसाद वितरण कार्यक्रममा साहु समाज बाँकेका अध्यक्ष हंसराम साहु, गौरव स्मृतिका अध्यक्ष मधु शाह, मनिषा थापा, शतक रक्तदाता...
सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक कर बारे आपत्ति जनाउँदै ज्ञापनपत्र

सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक कर बारे आपत्ति जनाउँदै ज्ञापनपत्र

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ जेष्ठ – सुनचाँदी व्यवसायीहरुले नेपाल सरकारद्वारा बजेट भाषण मार्फत २०८२/०८३ मा सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करबारे गम्भिर आपत्ति जनाउँदै विभिन्न संस्थाहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीको कार्यालय, सिंहदरवार, काठमाडौंमा सोमबार ज्ञापन पत्र बुझाएका छन् । संयुक्त सुनचाँदी व्यवसायीहरुले ज्ञापन पत्रमा ‘व्यवसायीहरुको विरोधका बावजुद पनि अधिल्लो वर्ष १० लाखभन्दा माथिका गरगहनामा मात्र लागु हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर र हिरा–तथा बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि करप्रति हाम्रो गम्भिर आपत्ति रहेको’ उल्लेख गरिएको छ । यसैगरी, ‘सुनचाँदीका गरगहना नेपालमा विलासिताको वस्तु होईनन् बरु जन्मदेखि मृत्युसम्म कुनै न कुनै रुपमा आफ्नो लक्ष्य अनुसार ...
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभाहल निर्माण गर्दै

डुडुवाले पत्रकार महासंघ बाँकेमा सभाहल निर्माण गर्दै

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
डुडुवा, २५ जेष्ठ – डुडुवा गाउँपालिकाले नेपाल पत्रकार महासंघ बाँके शाखामा सभाकक्ष निर्माण गर्ने भएको भएको छ । कार्यालयमा सभाहलको आवश्यकता महसुस गरेर बाँके शाखाले गरेको प्रस्ताब अनुसार गाउँपालिकाले सभाहल निर्माण गरिदिने भएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नेपालगन्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित महासंघको कार्यालय भवनको प्राविधिकसहित निरीक्षण गर्नु भएको छ । उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, इन्जिनियर सुरेन्द्र बर्मासहित महासंघ कार्यालय पुग्नु भएका अध्यक्ष चौधरीले महासंघको प्रस्ताब अनुसार सभाकक्ष निर्माण गरिने बताउनु भयो । उहाँले भवन निर्माणको बजेटसहितको स्टिमेट गरेर तत्काल काम सुरु गरिने बताउनु भयो । अध्यक्ष चौधरीले महासंघ भनेको जिल्लाका सम्पुर्ण पत्रकारहरुको साझा घर भएकाले बैठक, छलफल लगायतका कार्यक्रम गर्न सहजताका लागि भवन (सभाकक्ष)...
३० लाखको लागतमा आरसीसी नालासहित पीसीसी सड़क निर्माणको शिलान्यास (फाेटाेफिचर सहित)

३० लाखको लागतमा आरसीसी नालासहित पीसीसी सड़क निर्माणको शिलान्यास (फाेटाेफिचर सहित)

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेष्ठ - नेपालगन्ज उप-महानगरपालिका वडा नं १८ कारकाँदौ राधा कृष्ण मंदिर टोलमा रू ३० लाखको लागतमा आरसीसी नालासहित पीसीसी सड़क निर्माणको लागि आज आईतबार शिलान्यास गरिएकाे छ । १८ नं. वडा कार्यालयका विकासप्रेमी वडाध्यक्ष दिपककुमार बर्माले शिलान्यास गर्दै जनचाहना अनुसार सम्पन्न हुन गईरहेकाे याेजना समयमा सम्पन्न हुने आशा राख्दै सहयाेगी सम्पुर्णमा धन्यबाद ज्ञापन गरेका छन् ।  ...
गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ५६ जनाले दिए रगत

गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ५६ जनाले दिए रगत

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेष्ठ – गोपाल÷नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ । २१ औं विश्व रक्तदातादिवसको अवसर पारेर “रगत दिऔं आश जगाआं ः सबै मिलेर जीवन जोगाआँ” भन्ने संयुक्त राष्ट्र संघको यस वर्षको नाराका साथ जनमत रक्तदान अभियानको ६५ औं श्रृङ्खलामा शनिवार सम्पन्न उक्त कार्यक्रममा ९ जना महिला सहित ५६ जनाले रक्तदान गरेका हुन् । बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रमको गोपाल÷नीना फाउण्डेशन, नेपालका अभिभावक सुप्रसिद्ध वरिष्ठ फिजिसियन डा. गोपाल प्रसाद श्रेष्ठ र सुप्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सोम प्रसाद सापकोटालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएकोहो । “रक्तदान जीवन दान...
महिलालाई समान अवसर र सहभागितामा जोड

महिलालाई समान अवसर र सहभागितामा जोड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २५ जेष्ठ – राज्यका हरेक तहमा महिलाहरुलाई समान अवसर, सहभागिता र पहुँचको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा सञ्चालित तालिमका सहभागीले समाजमा अझै पनि महिला माथी हुने विभिन्न हिंसा तथा विभेदले ठुलो समस्या पारेकोले यसलाई अन्तय गर्न स्थानीय सरकारले नीतिगत रुपमा व्यवस्थापन गर्नुपर्ने बताएका थिए । समाजमा दाइजो प्रथा, सम्वन्ध विच्छेद, बालविवाह जस्ता मुख्य समस्या भएकाले सो विरुद्ध शसक्त रुपमा आवाज उठाउनु पर्नेमा उनीहरुको जोड थियो । तालिमको समापन गर्दै नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्टले नगर क्षेत्रमा पनि अशिक्षित तथा गरिब असहाय महिलाहरुको अवस्था अझै पनि दयनिय रहेकाले उनीहरुलाई शसक्तिकरणका लागि यस्तो कार्यक्रम संचालन गरिएको बताउनुभयो । उहाँले महिलाहरुको जा...
नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

नयाँ बजेटको पुरानै कथा: जनमुखी होइन शक्तिकेन्द्रित आर्थिक खाका

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
मितिः २०८२ जेष्ठ २५ गते, आईतबार रमेश कुमार बोहोरा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को कुल बजेट १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको रहेको छ । यद्यपि बजेटको आकारले देशको वर्तमान आर्थिक संक्रमणकालीन अवस्थालाई सम्बोधन गर्ने संकेत दिएको देखिए पनि गहिरो विश्लेषण गर्दा यसको कार्यान्वयन, आर्थिक यथार्थ, जनअपेक्षा र संरचनात्मक सुधारको सन्दर्भमा गम्भीर प्रश्नहरू उठ्छन् । विगतका वर्षहरूमा जस्तै यसपालिको बजेट पनि 'महत्त्वाकांक्षी' घोषणाका साथ प्रस्तुत गरिएको छ । तर योजनाहरूको कार्यान्वयनमा निरन्तरता, स्रोतको सुनिश्चितता, र खर्चको गुणस्तरबारे अघिल्लो वर्षहरूमा देखिएका कमजोरीहरू फेरि दोहोरिने संकेतहरू छन् । नीतिगत घोषणाहरूले उत्साह जगाए पनि तिनको व्यवहारिक कार्यान्वयन सन्देहास्पद देखिएको इतिहास अझै ताजै छ । बजेटमा उल्लेखित १९ खर्ब ६४ अर्ब रुपैयाँम...
प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

प्रभावकारी वन व्यवस्थापनका लागि समुदाय सचेतना बढाउनु पर्नेमा जोड

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ जेष्ठ – बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल, चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरिएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी, चरीचरण, फोहोर मैलाको व्यवस्थापन, वन पैदावर र आयआर्जन लगायतका विषयमा सामूदायीक वनका उपभोक्ताहरु सबैजना सचेत नहुँदा सोचे अनुरुप उपलब्धी हासिल हुन नसकेको बताएका हुन । डिभिजन वन कार्यालय बाँकेको वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा सामुदायीक वनका पदाधीकारी र सरोकारवालाहरुबीच सवाल जवाफ गरिएको थियो । कार्यक्रममा सिर्जना सामूदायीक वनका अध्यक्ष सूमन पौडलले सामूदायीक वनले पर्याटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई ब...