Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

डिजिटल स्वास्थ्य सेवा आदान प्रदान गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

डिजिटल स्वास्थ्य सेवा आदान प्रदान गर्न ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयो वीच सम्झौता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौँ, ३ असार – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयोले स्वास्थ्य सेवा आदान प्रदानमा सहकार्य गरेका छन् । अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छे र हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत विमल बरालले उक्त सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा चिकित्सा उपचार र स्वास्थ्य सेवा साथै विश्व स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हेल्थ याद आयोले नेपालमा डिजिटिल प्लेटफार्म मार्फत विशेषज्ञ परामर्श तथा घरबाटै उपचार खोजी रहेका सर्वासाधारणलाई सहज पहुँचको व्यवस्था गर्दछ । सम्झौता पत्र अनुसार हेल्थ याद आयो मार्फत नेपालमा उपचारको लागि आउने विदेशी व्यक्तिहरुलाई ग्रान्डी अस्पतालमा सर्वसुलभ ढँगबाट उपचार प्रदान गरिने छ । कार्यक्रममा अस्पतालका निर्देशक डा. विजुक्छेले नेपालमा मेडिकल टुरिजम प्रबद्धन गर्न यो सहकार्यले उत्साहा जगाएको ...
ब्रिनोजको सहयोगमा ४१६ जनाको निःशुल्क कान परीक्षण

ब्रिनोजको सहयोगमा ४१६ जनाको निःशुल्क कान परीक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असार – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोग तथा नरैनापुर गाउँपालिकाको समन्वयमा ६ स्थानमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी ४१६ जनाको निःशुल्क कान जाँच गरिएको छ । "वहिराेपन निवारण कार्यक्रममा सहभागी बनाैं, आफ्नाे परिवारलाई बहिराे हुनबाट जाेगाओैं" भन्ने मुल नाराका साथ ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित विभिन्न ठाउँमा सहयोग गरिएको निःशुल्क शिविरमा १७३ जना पुरुष तथा २४३ जना महिला गरी जम्मा ४१६ जनाको कान जाँच निःशुल्क शिविर नरैनापुर गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीहरूमा आज सोमबार सम्पन्न गरिएको वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो । नरैनापुर गाउँपालिकामा रहेकाे कटकुईया स्वास्थ्य चाैकीमा जेष्ठ २७ गते, लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा जेष्ठ २८ गते,  कालाफाँटा स्वा...
गगन थापा पार्टी सभापती भए चार टुक्रा पारिदिन्छनः सहमहामन्त्री राठौर

गगन थापा पार्टी सभापती भए चार टुक्रा पारिदिन्छनः सहमहामन्त्री राठौर

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २ असार – गगन थापा पार्टी सभापति भए नेपाली काँग्रेस छिन्नभिन्न पारिदिने नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले बताएका छन् । उनले पार्टी बनाउने नाममा महामन्त्री गगन थापाले गुट विस्तारमा लागेको आरोप लगाउँदै पार्टी सभापति भएमा गगन थापाले काँग्रेसलाई चार टुक्रा पारिदिने बताए । नेपाल किसान महासंघ बाँके क्षेत्र नम्बर–२ को कार्यसमिति घोषणा सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सहमहामन्त्री राठौरले यस्तो बताएका हुन् । महामन्त्री गगन थापा गुटको राजनीति गर्दै पार्टी भित्र अराजकता बढाउने काम गरिरहेका छन् । विधि, विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्री गगन थापालाई अराजकता गर्ने छुट नभएको उनले प्रष्ट पारे । महामन्त्रीले जे पायो त्यही गर्न पाइन्छ ? ठिक छ लडाई लड्ने हो भने १५ औं महाधिवेशनमा हेरौला । पार्टी बनाउने नाममा गुट बनाउने र अराजकता गर्ने छुट महामन्त्री...
अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

अदालतद्धारा डुडुवा न्यायिक समितिको कार्यसम्पादन बारे निरिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज, सूचना-प्रबिधि
डुडुवा, १ अषाढ – स्थानीय तह अन्र्तगत रहेका न्यायिक समितिहरुको कामकारवाही प्रक्रिया तथा सेवालाई थप गुणस्तरिय र प्रभावकारी बनाउन बाँके जिल्ला अदालतको टोलीले निरिक्षण गरेको छ । जिल्ला न्यायधिससहितको टोलीले शुक्रबार डुडुवा गाउँपालिका न्यायिक समितिको निरीक्षण तथा समितिसंग छलफल गरेको छ । गाउँपालिका अन्र्तगत रहेको न्यायिक समितिले प्रदान गर्ने सेवा, मुद्दा तथा विवाद दर्ता, मिसिलको व्यवस्थापन, राय तथा निर्णय, फैसला, मुद्दा सिफारिस र अभिलेखीकरणलगायत विभिन्न प्रक्रियाका बारेमा पालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शाहिदा बानोले जानकारी गराउनु भएको थियो । जिल्ला अदालतका न्यायधिस दिपक घिमिरेले डुडुवाको न्यायिक समितिको न्याय सम्पादन, अदालतको कार्यशैली, ढाँचा र निर्णय प्रक्रिया र व्यहोराको कार्य व्यवस्थित रहेको बताउनुभयो । न्यायधिस घिमिरेले न्यायिक समितिको कार्य उत्कृष्ठ भएकाले सेवा...
मेयर कप: महिलातर्फ आदर्श माबि र पुरुषतर्फ धम्बोजी माबि प्रथम

मेयर कप: महिलातर्फ आदर्श माबि र पुरुषतर्फ धम्बोजी माबि प्रथम

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ - नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ आदर्श मा बि र पुरुषतर्फ धम्बोजी मा बि प्रथम भएका छन । शुक्रवार नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा सम्पन्न महिलातर्फको फाईनल खेलमा आदर्श मा.बि. ले युनाईटेड एजुकेशनल एकेडेमीलाई २५-१६, २५-१३ ले पराजित गर्दै प्रथम हुन सफल भयो। युनाईटेडले दोस्रो मै चित्त बुझायो । जय बागेश्वरी मा बि ले सगरमाथा मा. बि. लाई २५-१९, २५-१६ ले पराजित गर्दै तेस्रो भयो । त्यस्तै पुरुषतर्फ धम्बोजी मा. बि. ले जय जनता मा. बि. थपुवालाई २५-१६, २५-१६ ले पराजित गर्दै प्रथम भयो । मंगल प्रसाद मा. बि. ले युनाईटेडलाई २५-१८, २४-२६ र २५- २२ ले पराजित गर्दै तेस्रो भयो ।   दुबै इभेन्टमा प्रथम हुने टीमले नगद २० हजार, दोस्रो हुने टिमले नगद १५ हजार र तेस्रो हुने टिमले नगद १० हजारसहित ट्रफी,...
सुन व्यवसायी भन्दा उपभोत्तालाई मार, ७७ जिल्लामा संघका ८१ शाखा अन्दोलित

सुन व्यवसायी भन्दा उपभोत्तालाई मार, ७७ जिल्लामा संघका ८१ शाखा अन्दोलित

आर्थिक, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेट बक्तव्य मार्फत सुनको कर बृद्धि गरे सँगै सुन व्यवसायीहरु अन्दोलित भएका छन् । सुन व्यवसायीहरु ७७ जिल्लामा रहेको ८१ ओटा सुनचाँदी व्यवसायी संघमार्फत अन्दोलन शुरु गरेका छन् । देशभर उनीहरु पसल बन्द गरेर अन्दोलनमा उत्रिएका छन् । बजेट वक्तव्यमार्फत सरकारले सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता कर र भ्याटको नाममा चर्को भार पार्न खोजेको अवस्था पाईएको छ । यो ब्यवस्था लागु भएको खण्डमा समग्र सुनचाँदी, हिरा, जवाहरात तथा हस्तकला ब्यवसायी आफ्नो व्यवसाय बन्दै गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित भएको आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । विश्व बजारमा सुनको मुल्य वृद्धि भई सामान्य उपभोक्ताको क्रयशक्ति भन्दा ज्यादा भई कारोबार नै लगभग ठप्प प्राय भएको बिद्यमान अवस्थामा ...
नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा हुने

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेष्ठ – नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आगामी असार ४ र ५ गते नेपालगन्जमा हुने भएको छ । अन्तरालको आयोजनामा हुने उक्त फोटो फेस्टिवलमा फोटो प्रर्दशनीसंगै फोटोग्राफि तालिम पनि सन्चालन हुने भएको छ । फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरवाट सहभागी फोटो मध्ये निर्णायक मण्डलले छनौट गरेका १ सय ११ फोटो प्रदर्शनीमा राखिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, संघिय राजधानी काठमाण्डौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिने छ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने आयोजकले जनाएको छ । वरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले उक्त फोटोहर...
महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा

महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्जमा जारी प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा भएको छ । महिलातर्फ युनाईटेड र आदर्शं माबि तथा पुरुषतर्फ धम्बोजी माबि र जय जनता फाईनलमा प्रबेश गरेका छन । महिलातर्फ बिहिवार भएको सेमीफाईनल खेलमा युनाइटेडले सगरमाथालाई २५–९, १९–२५ र २५–१६ ले तथा आदर्श माबिले जय बागेश्वरीलाई २५–१५, २५–१७ ले पराजित गर्दै फाईनलमा प्रबेश गरेका हुन। सेमीफाईनलमा पराजित सगरमाथा र जय बागेश्वरी तेस्रो स्थानका लागि भिड्ने छ । त्यस्तै पुरुषतर्फ भएको सेमीफाईनल खेलमा धम्बोजी माबिले युनाइटेडलाई २५–२२, २५–२१ ले तथा जय जनताले मंगल माबिलाई २७–२५, २५–१४ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन । पराजित हुने युनाईटेड र मंगल तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । भोलि बिहान तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे फाईनल ...
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौं, २८ जेष्ठ – नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको विरुद्धमा आएको यो आदेशको पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमान्डु डटकममा प्रकाशित समाचारहरूबारे अल्पकालीन अन्तरिम आदेश जारी गर्दै “अप्रमाणित तथा तथ्यहीन समाचारहरू प्रकाशन, प्रसारण नगर्नू, नगराउनू र प्रकाशित समाचारहरू तुरुन्त हटाउनू” भन्ने निर्देशन दिएको थियो । उक्त आदेश नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै जारी गरिएको हो । शाखाको विज्ञप्तिमा भनिएको छ “सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित समाचारप्...
आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

आजबाट भलिबल प्रतियोगिता–२०८२ शुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ जेष्ठ – प्रथम नगर मावि स्तरीय मेयर कप महिला÷पुरुष भलिबल प्रतियोगिता–२०८२ आज बुधबारदेखी नेपालगन्जमा शुरु भएको छ । पुर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । पुर्व खेलाडी समाज बाँकेका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई सहयोग गर्दै आएको बताएका छन् । पुर्व खेलाडी समाज सक्रिय भएर खेलकुद प्रतियोगिता गर्दा नयाँ खेलाडी उत्पादन हुने उनको विश्वास छ । समाज बाँकेका कार्यसमिति सदस्य आशा बिष्टले स्वागत गरेको उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा, नेपा...