
नेपालगन्ज, २३ जेष्ठ – बाँकेमा वन व्यवस्थापनका लागी समूदायमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइएको छ । वन व्यवस्थापनका सवाल, चुनौती र अवसरका विषयमा रेडियो कृष्णसार एफएम ९४ मेगाहर्जको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको सहयोगमा गरिएको विशेष रेडियो संवाद कार्यक्रमका सहभागीहरुले वनमा भइरहने आगलागी, चरीचरण, फोहोर मैलाको व्यवस्थापन, वन पैदावर र आयआर्जन लगायतका विषयमा सामूदायीक वनका उपभोक्ताहरु सबैजना सचेत नहुँदा सोचे अनुरुप उपलब्धी हासिल हुन नसकेको बताएका हुन ।
डिभिजन वन कार्यालय बाँकेको वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा सामुदायीक वनका पदाधीकारी र सरोकारवालाहरुबीच सवाल जवाफ गरिएको थियो । कार्यक्रममा सिर्जना सामूदायीक वनका अध्यक्ष सूमन पौडलले सामूदायीक वनले पर्याटनमा पनि राम्रो काम गर्न सक्ने बताउँदै नेतृत्व ब्यवस्थापनको सवाललाई बलियो बनाउनुपर्ने बताउनुभयो ।
यस्तै अर्का सहभागी आरती सामूदायीक वनका उपाध्यक्ष मुक्ति प्रसाद थारुले वनमा हुने चरिचरण रोक्न नसकिएको गुनासो गर्नुभयो । साथै उहाँले वनपैदावर व्यवस्थापनमा पनि चुनौती थपिएको भन्दै समाधानका लागि सरोकारवालाहरु समक्ष प्रश्न गर्नुभयो । यस्तै अन्य सहभागीहरुले वनलाई दिइने अनुदान कार्यक्रम, पर्याटनको सवालमा सामूदायीक वनले पाउने सहयोग, उपभोक्ता शिक्षा र वनको आयआर्जनको सवालमा जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुका सवाललाई सम्बोधन गर्दे डिभिजन वन कार्यालय बाँकेका बरिष्ठ वन अधिकृत बाबूराम पोख्रेलले वन ब्यवस्थापन अन्र्तगत काठ दाउरा उत्पादन, ढलापडा काठ संकलन, झाडी ब्यबस्थापन र बन्यजन्तुको द्धन्द्ध न्युनिकरणमा सहयोग पुग्ने खालका कार्यक्रमहरु संचालन गरीरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रमहरु र तालिमहरु संचालन गरी दिगो वन ब्यवस्थापन गर्ने काममा सहजीकरण गरीरहेको र आगामी दिनमा सामूदायीक वनको आवश्यकताका आधारमा कार्यक्रम गर्ने बताउनुभयो ।
यस्तै अर्का सरोकारवाला कोहलपुर सब डिभिजन वन कार्यालय, कोहलपुर बाँकेका प्रमुख प्रभात दाहालले वनमा हुने चोरी तस्करी रोक्नका लागी अनुगमन गर्ने काम गरीरहेको बताउनुभयो । सामुदायीक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष साबित्रा पुनले सामूदायीक वनले समूदायको विकासमा खेलेको भूमिकालाई अझै रचनात्मक बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि समन्वयात्मक भूमिकामा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका वडा नम्बर १२ का वडासदस्य मनिसरा श्रेष्ठले सामूदायीक वनको दिगो ब्यबस्थापनका लागि पहल थाल्ने बताउनुभयो ।
यस्तै सरोकारवाला सामुदायीक वन उपभोक्ता महासंघ नगर कमिटी कोहलपुरका अध्यक्ष किष्ण रानाले वन ,वन्यजन्तु र जैविक विविधता कायम राख्नका लागी सामूदायीक वनहरुले बार्षीक कार्ययोजना निर्माणकै बेला विशेष ध्यान दिनुपर्नेमा बताउनुभयो । कार्यक्रममा सरोकारवाला निकायका ब्यक्तिहरु, संचारकर्मी र विभिन्न सामूदायीक वनका पदाधिकारी गरी ३१ जनाको सहभागीता रहको थियो ।
कार्यक्रमको सहजीकरण कृष्णसारकर्मी साबित्री गिरीले गर्नुभएको थियो भने कार्यक्रममा समन्वय बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको सृजना सामूदायीक वनले गरेको थियो ।