नेपाल र छिमेकी भारतमा नव दुर्गा भवानी पूजा आरम्भ
नेपालगन्ज, ८ असोज – हिन्दूहरुको महान पर्व विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र भारतमा पनि सोमबार घटस्थापनाको दिन धार्मिक तथा वैदिक विधिपूर्वक विजया दशमी तथा नव दुर्गा भवानी पूजा आरम्भ हो ।
नेपालगन्जसंग जोडिएको भारतको रुपईडिहा बजारमा आदर्श थाना कोतवाली इन्चार्ज इन्स्पेक्टर रमेश सिंहले श्री नव दुर्गा पूजा पण्डालको रिबन काटेर उद्घाटन गरे । भारत माता की जय, जय माता दी, जय जय माता दी को नाराले गुञ्जायमान वातावरणमा भएको उद्घाटन कार्यक्रममा रूपैडिहा थाना इन्चार्ज इन्स्पेक्टर रमेश सिंह रावतले शारदीय नवरात्रको सुरुवात केवल एउटा पर्व मात्र होइन, यो एक आध्यात्मिक अभ्यास पनि हो भन्नुभयो ।
नव दुर्गा पण्डालमा विभिन्न पूजा र प्रार्थना पछि नव दुर्गा पूजा पण्डाल यो । पण्डित पूर्व गाउँको ग्राम पञ्चायत मुरलीधर ददौलीमा नव दुर्गा पूजा समितिमा आएका पाहुनाहरूलाई खाद...









