बिमल टण्डनको नेतृत्वमा पुनः ब्रिनोज
नेपालगन्ज, २६ असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ मा रहेको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको शनिबार साधारणसभा तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशनबाट पुनः बिमलकुमार टण्डनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । शनिबार भएको १५ औं र १६ औं साधारण सभा तथा अधिवेशनबाट टण्डन नेतृत्वमा अगामी तीन वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गरिएको जनाईएको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राहुल टण्डन, सचिवमा प्रदीप शाह, कोषाध्यक्षमा सन्तोषकुमार कनोडिया, सहसचिवमा रोजी बोस रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अविनाश चौधरी, रामशरण चौधरी, रौनक अली, दिनेशकुमार वैश्य निर्वाचित भएका छन् ।
साधारणसभामा २०८०÷२०८१ र ०८१÷०८२ को वार्षिक प्रतिवेदन कार्यालयका प्रबन्धक चेतनारायण चौधरीले प्रस्तुत गरेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदन सँगै आर्थिक प्रतिवेदन...









