
जानकी, ३ असोज – जानकी गाँउपालिका वडा नं.२ जुगुनभरिया बस्ने रामबिलास महाउतको ३० बर्षिय बुहारीको फत्तेबाल आँखा अस्पताल, नेपालगन्जले आयोजना गरेको आँखा शिविरमा दुबै आँखा दृष्टिविहिन रहेको भेटिएका थिइन ।
आँखाको ज्योति मानव जिवनको लागी अति नै महत्तवपुर्ण रहेको छ । तर तिनी गरीबी र स्वास्थ्य चेतनाको कमीको कारणले दृष्टिविहिनताको जिवन बिताइ रहेका छिन् ।
तिनी महाउतको बुहारी श्रीमती चन्द्रावति महाउतको २०८२ भदौ ३१ गते फत्तेबाल आंखा अस्पताल, नेपालगन्जका वरिष्ठ नेत्र विशेषज्ञ डा. देवराज भारतीले एकै पटक दुबै आँखामा भएको मोतिया बिन्दुको अप्रेशन गरी दुबै आंखा देख्ने गराइ दिएको जानकारी सामुदायिक कार्यक्रम अधिकृत उमेर अहमद सादिकले गराउनु भयो ।
चन्द्रवतिको आर्थिक अवस्था कमजोर रहेकोले फत्तेबाल आ“खा अस्पताल, नेपालगन्जले उनीको दुबै आँखाको अप्रेशन निःशुल्क गरि दिएकोमा हृदयदेखि अभार ब्यक्त गर्दै भन्छिन म संसार देख्ने भए अब सबै कामहरु आँखा देखेर गर्न सक्षम भएकी छु ।
बा“के, बर्दिया जिल्लाबासीहरुको लागि फत्तेबाल आ“खा अस्पताल, नेपालगन्जले सम्बन्धित पालिकाको समन्वय र रुइत फाउण्डेशन, काठमाण्डौको सहयोगमा ई.सं.२०२५ जनवरीदेखि दिसम्बरसम्म करिब ३००० जना मोतीया बिन्दुका बिरामीहरुको आ“खा शिविरबाट रिफर गरिएका बिरामीहरुको निःशुल्क अप्रेशन गरिने फत्तेबाल आ“खा अस्पताल, नेपालगन्जका प्रबन्ध निर्देशक डा.कौशलकुमार वर्माले जानकारी गराउनु भयो ।