Monday, April 27सत्यम खबर
Shadow

अभिभावक सचेतना कार्यशाला

नेपालगन्ज, १८ अषाढ – बालबालिकाहरुको भविष्य निर्माणमा अभिभावकको भुमिकालाई प्रभावकारी बनाउन नेपालगन्जमा अभिभावक सचेतना कार्यशाला गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको कार्यशालामा बालबालिकाको शिक्षा, ज्ञान सिकाउनमा अभिभावकको जिम्मेवारी र भुमिकाका बारेमा जानकारी गराइएको थियो ।


कार्यशालामा बालबालिकाको शिक्षा, विद्यालय, घरभित्रको बाताबरण, अभिभावकको समय व्यवस्थापन, जिम्मेवारी तथा दायित्व, बालमनोविज्ञान, विभिन्न कुलतमा फस्नबाट बचाउन, सकरात्मक सोचको विकासतर्फ उत्प्रेरित गर्ने लगायतका विषयमा सिविन नेपालगन्ज प्रमुख सिद्धराज पनेरु, शिक्षा विज्ञ कृष्णमुरारी प्रसाद भट्ट र पत्रकार शुक्रऋषि चौलागाईले सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रममा कार्यबाहक वडाध्यक्ष नरबहादुर विष्ट, कार्यपालिका सदस्य बसन्ता जोशी, संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतले अभिभावक शिक्षाका बारेमा आ आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा वडाका गरिब अशिक्षित, निम्न, मध्यम र उच्च परिवारका गरि १५ जोडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *