Sunday, June 28सत्यम खबर
Shadow

श्रम/रोजगार

बाँकेमा राष्ट्रिय वृक्षा रोपण दिवश मनाईयो

बाँकेमा राष्ट्रिय वृक्षा रोपण दिवश मनाईयो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, १४ अषाढ – राप्तीसोनारी–५ स्थित राप्ती पीडित सामुदायिक वनमा आज सोमबार राष्ट्रिय वृक्षारोपण दिवश मनाएको छ । जिल्ला वन बाँकेको आयोजनामा एक कार्यक्रम गरी विभिन्न जातका विरुवाहरु समेत वृक्षारोपण गरिएको थियो । जिल्ला वनले ७ हेक्टर क्षेत्रमा तारबार कम्पाउण्ड लगाएर बिरुवा लगाएको छ । जिल्ला डिभिजन वन कार्यालयका डिएफओ राजु क्षेत्री, बर्दिया राष्ट्रिय निकुञ्जका वाडेन श्यामकुमार शाह, वनका कर्मचारी, सामुदायिक वनका पदाधिकारी, ड द्यष्ििष्यल तचभभकका हेमन्तराज काफ्ले तथा गाउँलेको सहभागीतामा एक कार्यक्रम गरी वृक्षा रोपण गरिएको थियो । ५ हेक्टर क्षेत्रमा ८ हजार बिरुवा लगाउने भएको कुरा डिएफओ क्षेत्रीले बताएका थिए । त्यो वन क्षेत्र अतिक्रमणमा परेको र वन भित्र आधा दर्जन घर टहरा बनेको थाहा पाए पछि तिनी अतिक्रमण गरेकालाई हटाई त्यही क्षेत्रमा बिरुवा लगाईयो । डिएफओले आज राष्ट्रिय ब...
शिक्षकहरुका लागि योगा प्रशिक्षण प्रशिक्षक तालिम शूरु

शिक्षकहरुका लागि योगा प्रशिक्षण प्रशिक्षक तालिम शूरु

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ अषाढ - बाँकेका विभिन्न विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक शिक्षीकाहरुलाई समेटेर बाँके आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम आईतवारदेखि शुरु भएको छ । स्वास्थ्य जीवन तथा योग र ध्यान सम्बन्धमा विद्यालय स्तरका शिक्षकहरुको निम्ति आयोजना गरीएको तालिमको उद्घाटन शत्रमा बोल्दै बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष एवं प्रमुख अथिति जनकराम भण्डारीले हाम्रो शिक्षा आमाको काखबाट शुरु भइ शिक्षकको काखमा आएर समापन हुने हुँदा शिक्षकले मानिसको जीवनमा उपयोगी कुराहरु सिकाउन जरुरी रहेको भन्दै एउटा शिक्षकले गलत कुरा सिकाउदा एउटा मानिसले जीवनभर दुःख पाउने हुन्छ त्यसकारण शिक्षकले योगाका साथै सबै कुरा सहि सिकाउनुुु पर्ने बताउनु भयो । उहाँले विद्यालयका शिक्षकले कितावी ज्ञानमात्र नभएर शरीरिक व्यायम, आहारविहार लगायतका विषयमा पनि शिक्षा दिन जरुरी रहे...
कृष्णनगरका पोखरी सरसफाई गरिंदै

कृष्णनगरका पोखरी सरसफाई गरिंदै

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कृष्णनगर, १३ अषाढ – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर (नगरपालिका भवन पछाडि) अवस्थित पोखरीको वृहत सरसफाई प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ । यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदुपयोग भई आय आर्जन र रोजगारी बृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ ।लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सरसफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् ।चालु आर्थिक बर्ष २०७७÷७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू सञ्चालनमा रहेका छन् ।सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई त...
शिक्षणमा वैकल्पिक प्रणाली जोड दिँदै खजुरा

शिक्षणमा वैकल्पिक प्रणाली जोड दिँदै खजुरा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १३ अषाढ – खजुरा गाउँपालिका शिक्षा शाखाले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण गर्न सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ ।एक हप्ते तालिम खजुरा क्षेत्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकलाई प्रदान गरिने छ । आईतबार विभिन्न तीन ठाउँमा आयोजना गरिएका तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका प्रमुख तथा शिक्षा समितिका संयोजक किस्मत कुमार कक्षपतिले आइसिटी विधिबाट पठनपाठन गर्नका लागि निर्वाचित भएलगतै कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेर शुरु गरेको उल्लेख गरे ।अध्यक्ष कक्षपतिले शिक्षा क्षेत्रमा खजुराले ठूलो लगानी गरेको बताउँदै कोभिडबाट प्रभावित भएकोले वैकल्पिक प्रणाली लागू गरेको बताए । उनले यो विधिलाई कार्यान्वयन गर्नको लागि करीब ५९ लाख रुपैयाँ छुट्टाइएको बताए । ...
दुई सय युवालाई रोजगारीमा जोड्दै खजुरा

दुई सय युवालाई रोजगारीमा जोड्दै खजुरा

CoVid19, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १३ अषाढ – खजुरा गाउँपालिका क्षेत्रभित्रका करीब २ सय युवालाई व्यवसायिकतामार्फत रोजगारीमा जोड्न थालिएको छ । सो अभियान अन्तर्गत आईतवार ४० जना युवालाई व्यवासाय सञ्चालनका लागि ४० हजार अनुदान रुकम वितरण गरिएको छ ।खजुरा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि उक्त रकम वितरण गरेको हो । व्यवसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने बताइएको छ ।उक्त कार्यक्रमको इन्रुडेकले समन्वय गरेको छ । शुरुवात भएको यो परियोजना ३ वर्षसम्म सञ्चालन हुने जनाइएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै २ सय युवाहरूलाई उधमशिलता अन्तर्गत ३ वर्षमा गाउँपालिकाले ५ करोड रुपैयाँ लगानी गर्ने बताए । उनले बाख्रा, बंगुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको...
एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

एक्साभेटरको बकेटले हिर्काएर सर्लाहीमा वडाध्यक्षको हत्या

CoVid19, अपराध, प्रदेश २, राजनीति, श्रम/रोजगार, समाचार, समाज
जनकपुर, १२ अषाढ – सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।शुक्रबार इश्वरपुर नगरपालिका वडा नम्बर–३ मै रहेको मुखलाल दास पोखरीको सौन्दर्यीकरण कार्यको निरीक्षण गर्नका लागि पुगेको बेला वडाध्यक्ष श्रेष्ठको हत्या भएको इश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटाले जानकारी दिए ।तथापि पोखरीको विषयमा विवाद नभएर आपसी विवाद नै हत्याको कारण रहेको नगरप्रमुख देवकोटाले बताए । पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो । सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए । पोखरी निरीक्षणका लागि जाने क्रममा वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक हर्षबहादुर तामाङसँगै खाजा खान पुगेको र त...
आशा लघुवित्तलाई खजुराको सम्मान

आशा लघुवित्तलाई खजुराको सम्मान

CoVid19, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ अषाढ - आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुरालाई खजुरा गाउँपालिकाले सम्मान गरेको छ । खजुरा गाउँपालिकाले बिहीवार आयोजना गरेको नवौँ सभामा आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुरालाई सम्मान गरेको हो । आशा खजुरा शाखाका प्रमुख उमाकान्त अवस्थीलाई नवौं सभामा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकले सम्मान गर्नुभएको छ । आशाले खजुरागाउँपालिकामा गरेको योगदानको उच्च मुल्याङकन गर्दै गाउँपालिकाले सम्मान गरेको खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी गराउनुभयो । जुनकिसिमको आशा लघुवित्तले गरेको सहयोग खजुरा गाउँपालिकाको अतुलनिय रहेको भन्दै एक कार्यक्रमका विच सम्मान गरिएको उहाँले जानकारी गराउनुभयो । कोरोनाको हटस्पट मानेको बाँकेलाई न्युनिकरण गर्न आशा लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय खजुराले आइसोलेशन ...
राप्तीसोनारीको ८२ करोड ३८ लाख बराबरको बजेट प्रस्तुत

राप्तीसोनारीको ८२ करोड ३८ लाख बराबरको बजेट प्रस्तुत

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्तीसोनारी, १० अषाढ – राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । राप्ती सोनारी गाउँपालिकाको सभाकक्षमा आज बिहीबार आयोजित नवौं गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले नीति तथा कार्यक्रम र उपाध्यक्ष धनीकुमारी खत्रीले बजेट प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ८२ करोड ३८ लाख ३२ हजार ३ सय ५१ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट गरी उक्त बजेट प्रस्तुत गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो । संघिय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, शर्सत अनुदान, विशेष अनुदान, राजश्व बाँडफाँड तथा प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदान, राजश्व बाँडफाँड, शसर्त अनुदान, समपुरक अनुदान र विशेष...
खजुरा गा.पा.का कर्मचारी पुरस्कृत

खजुरा गा.पा.का कर्मचारी पुरस्कृत

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
खजुरा, १० अषाढ – खजुरा गाउँपालिकाले वार्षिक रुपमा उत्कृष्ट काम गर्ने कर्मचारी पुरस्कृत र सम्मान गर्ने क्रममा यसपाली पनि विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पुरस्कृत गरेको छ । लेखा अधिकृत प्रदीप सुनार, स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, प्राविधिक शाखा प्रमुख सोनु शाह, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, रोजगार प्रमुख प्रतिक्षा न्यौपाने, राधापुर स्वास्थ्य चौकी इन्चार्ज दीपक ढकाल, वडा नं. २ का सचिव ताराप्रसाद अधिकारी, कर संकलन होमबहादुर घर्ती, रनियापुर स्वास्थय चौकी प्रमुख पृथ्वीनाथ योगी, अहेव जीवन यादव, स्वास्थ्य शाखाका संजीव न्यौपानेलाई पुरस्कृत गरिएको छ ।उनीहरुलाई पालिका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले नगद पुरस्कारका साथै दोसल्ला ओढाएर सम्मान सम्मान गरेका हुन् ।...
खजुरा गा.पा.को बजेट ७५ करोड ९३ लाख ४० हजार

खजुरा गा.पा.को बजेट ७५ करोड ९३ लाख ४० हजार

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, १० अषाढ – खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ७५ करोड ९३ लाख ४० हजारको बजेट ल्याएको छ । डालोमा बजेट बोकेर नवौं गाउँसभामा प्रवेश गरेकी उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एकमाया विकले विहीवार प्रस्तुत गरेको उक्त बजेट सर्बसम्मतले पारित भएको छ ।संघीय सरकारबाट सशर्त अनुदान ३१ करोड ९८ लाख, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकारबाट सशर्त २ करोड ८५ लाख ४४ हजार, विशेष अनुदान ६० लाख रहेको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अध्यक्षता गरेको गाउँसभामा प्राप्त अनुदान र अनुमानित आय ३८ करोड ९९ लाख ९६ हजार मध्ये पूँजीगततर्फ २० करोड ५८ लाख ३० हजार र चालू खर्चतर्फ १८ करोड ४१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष विकले संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड ८६ लाख ५२ हजार, समानिकरण अनुदान १५ करोड ९८ लाख, समपुरक अनुदान ४२ लाख, प...