Monday, May 4सत्यम खबर
Shadow

१८ औं चार्टर्ड डे सेलिब्रेशन तथा स्थापना समारोह सम्पन्न

नेपालगन्ज, १६ अषाढ – रोट्रयाक्ट क्लब अफ धरान घोपाले आफ्नो १८ औं चार्टर्ड डे सेलिब्रेशन तथा स्थापना समारोह अषाढ १५ गते मंगलबार प्राविधिको उपयोग गर्दै भर्चुअल सफलतापूर्वक सम्पन्न गरेको छ ।
हाल कोभिड–१९ कोरोना भाईरसले थल परेको अवस्थामा प्राविधिको भरपुर उपयोग गरी क्लब तथा आमन्त्रित गरी करिब ६० जनाको उपस्थितिका साथ कार्यक्रम सञ्चालन गरिएको थियो । भर्चुअल समारोहमा रोटरी कल्ब अफ धरान घोपाका २०÷२१ र २१÷२२ का अध्यक्ष राजेश अग्रवाल, तुलसीप्रसाद जोसी तथा विभिन्न रोट्रयाक्ट क्लबका प्रतिनिधिहरु, ईन्ट्रयाक्टरहरु तथा मिडिया पार्टनरहरुको सहभागिता रहेको बताईएको छ ।


कार्यक्रम क्लबका सर्जेन्ट आर्टआर्म सिमोन कार्कीद्वारा सुरु गरिएको कार्यक्रम रितिकराज पासवानले होस्ट गरेर कार्यक्रमलाई निरन्तरता प्रदान गरेका थिए । क्लबकी अध्यक्ष रसमिता सुनुवारको स्वागत मन्तव्य सहित क्लबका सचिव सुरज साहले क्लबले १ वर्षभरी समाजमा गरेको गतिविधि बारे सहभागी सम्पूर्णलाई जानकारी गराएका थिए । रोटरी एन राजेश अग्रवालले क्लबका सदस्यहरुलाई भर्चुअल माध्यमद्वारा बधाई सन्देश दिएका थिए ।


उक्त सेसन लगत्तै क्लबकी अध्यक्ष सुनुवारले पुरस्कार वितरण समारोहको थालनी गर्दै आउँदो सर्जेन्ट आटआर्म नेहा जैसवालले क्लबका भावी अध्यक्ष रिवाज अधिकारीको परिचय गराएकी थिईन् । यससँगै उनले नयाँ कार्यसमितिको र अन्तर्राष्ट्रिय सेवा निर्देशक याशी र अरमान अन्सारीले नयाँ टुईन र सिसटर क्लबहरूको बारे सबैलाई जानकारी दिए ।
यससँगै समारोहका मुख्य अतिथि रोटरिएन तुलसीप्रसाद जोशी र क्षेत्रिय रोट्रयाक्ट प्रतिनिधि उदिप यादवले पुरानो कार्यसमितिको बिदाई र नयाँ कार्य समितिको स्वागत गरेका थिए ।


यसरी कार्यक्रमको अन्त्यमा क्लबको जन्मदिन मनाई सो अवसरमा जेष्ठ रोट्रयाक्टरहरुको रोट्रयाक्ट यात्रा सम्मेलित भिडियो समेत प्रर्दशनीका साथै भर्चुअल समारोह सम्पन्न भएको थियो ।
यसरी रोट्रयाक्ट क्लब अफ धरान घोपाले एउटा सुनौलो र सफलताले भरिपूर्ण कार्यकाल पूरा गरेर नयाँ यात्राको शुरु उत्साह र एकताको सन्देशका साथ थालनी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *