
जानकी, १४ अषाढ – बाँकेको जानकी गाउँपालिका वडा नं १ का गाई भैसी पालन गर्ने २० जना किसानहरूलाई दुध राख्ने भाँडा (क्यान) वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश, मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत पशुपालक किसानहरूलाई उक्त दुध राख्ने भाँडा प्रदान गरिएको हो । मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग तथा बिहानी युवा क्लबको आयोजनमा आज सम्पन्न भाँडा वितरण कार्यक्रममा यस पटक दुध बोक्ने १० लिटर भाँडा उपलब्ध गराएको लुम्बिनी प्रदेश सदस्य शाेहराब खानले बताउनुभयो ।
लुम्बिनी प्रदेश सदस्य खानले स्थानिय किसानहरूको जीवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तर्गत ल्याइएको बताउनुभयो ।
मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका सदस्य तथा अगुवा खानले प्रत्येक्ष किसानहरूलाई फाइदा पुग्ने र रोजगारी सिर्जना गर्ने यसले काम गरिरहेको बताउनुभयो । वितरण कार्यक्रममा जानकी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मो. रजा राई, बिहानी युवा क्लबका अध्यक्ष केशव शर्मा, दिनेश सुनारलगायत किसानहरूको सहभागिता रहेको सत्यम खबर अनलाईनका सम्वादाता सकिल अहमद राईले जानकारी दिनुभयो ।
