Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

कोरोना र बाघ आतंकले भुँवर भवानी माघी मेला अन्यौल, जिल्ला प्रशासनले दिएन अनुमति

आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ पाैष - बढ्दो कोरोना संक्रमण र बाघ आतंकको कारण राप्ती सोनारी ३ मा माघीको अवसरमा लाग्ने मेला अन्यौलमा परेको छ । नेपालगन्जमा शनिवार अहिलेसम्म कै धेरै कोरोना संक्रमित फेला परे, बढ्दो कोरोना संक्रमणलाई मध्य नजर गर्दै देश भरीका स्कुल बन्द गर्न भनिएको छ । राज्यले भिडभाड नगर्ने भनेको छ भने एकातिर राप्ती सोनारीमा बाघ आतंक मच्चिएको छ । बाघ आतंक र कोरोना कहरलाई बेवास्ता गर्दै भुँवर भवानी मेलाको तयारी जारी छ । बाघले विभिन्न स्थानमा गरी राप्ती सोनारी क्षेत्रमा मात्रै ४ जनाको ज्यान लिइसकेको छ । जंगलको बिचमा रहेको भुँवर भवानी मन्दिर परिसरमा राती लाग्ने मेलाले जन मानसमा त्रास पैदा गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मेला बारे आफुलाई कुनै जानकारी नभएको र मेला बारे अनुमती दिन गाह्रो रहेको जानकारी गराएका छन् । पत्रकारसँगको कुराकानीमा उनले भने माथीबाट आदेश आउने व...
लायन्स क्लबद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

लायन्स क्लबद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
अजय मिश्रकृष्णनगर, २५ पाैष - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरमा लायन्स कल्ब अफ कृष्णनगरले निशुल्क आँखा शिविर सम्पन्न गरेकाे छ । आँखा जाँच शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्यामकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको छ । जसको सहआयोजकमा लुम्बिनी आई इन्स्टिट्यूट श्री रणम्बिका शाह आँखा अस्पताल शाखा कृष्णनगरको संयुक्त आयोजना रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रजतप्रताप शाह विशिष्ट अतिथि लायन्स रिजन चेयर पर्शन लायन ओमकार अचार्य, डिस्ट्रिक्टका दिपक श्रेष्ठ रहनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष संजय गुप्ताले कार्यक्रम सफलताको कामना गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका कैम्प चेयरमैन तथा को चिप डिस्ट्रिक्ट एडवाइज दिनेशचन्द गुप्ताले निशुल्क आँखा शिविर चौबीस बर्षदेखि निरन्तर सामाजिक क्षेत्रमा काम ...
“अवधी पत्रकारिता स्थापना दिवस”काे तयारीमा तिब्रता

“अवधी पत्रकारिता स्थापना दिवस”काे तयारीमा तिब्रता

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ पाैष - मधेश मिडिया मिशन नेपाल बाँके शाखाले "अवधी पत्रकारिता स्थापना दिवस" भब्य र सभ्य तवरले सम्पन्न गर्ने तयारीमा तिब्रता दिंदै जिल्लाका अवधी भाषी जानकारहरूसित छलफल तथा अन्तर्किया गर्ने भएकाे छ । बाँके शाखाले आज शनिबार जिल्ला कमिटीको बैठक बसी "अवधि पत्रकारिता स्थापना दिवस" मनाउने बारेमा विस्तृत चर्चा गर्दै अगामी कार्यक्रम गर्नु पुर्व यहाँ रहेका अवधी जानकारीहरू बीचबाट आएकाे सुझाव अनुसार कार्ययाेजना बनाई स्थापना दिवसकाे घाेषणा गर्ने निर्णय गरेकाे शाखा सचिव सन्ध्य शर्माले जानकारी गराउनु भएकाे छ । सचिव शर्माका अनुसार छलफल तथा अन्तर्किया कार्यक्रम माघ महिनाकाे दाेस्राे सातामा गर्ने निर्णय भएकाे बताउनु भयाे । बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष मनोज कौशल, सचिव सन्ध्या शर्मा, कोषाध्यक्ष चन्दा सिंह, सदस्यहरु सकिल अहमद राई, उमेशना...
नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन सहमत

नेपाल–भारत सीमा महाकाली नदीमा पुल बनाउन सहमत

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ पौष भारत सरकार दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन सहमत भएको छ । लामो समयदेखि पुल बनाउन आग्रह गरे पनि भारतले मानेको थिएन ।तर प्रधानमन्त्री देउवाको कुटनीतिक कौशलताका सामु भारत मान्न तयार भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार पुल बनाउन अनुमति दिएको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् । महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । अब भने नेपाली नागरिकले सहजै भारत आउन जान पाउनेछन् । सास्ती हट्नेछ । पुलको निर्माण आगामी ३ वर्षमा पूरा हुने बताइएको छ । पुलबाट भारतको उत्तराखण्ड र नेपालका बासिन्दालाई लाभ पुग्नेछ । दुई देशबीचको व्याप...
बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

बिजेता खेलाडीलाई मन्त्री अथकद्वारा विमानस्थलमा भव्य स्वागत

आस्था, खेल, प्रदेश ३, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ पौष – एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई भब्य स्वागत गरिएको छ ।प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमान स्थल पुगेरै स्वागत गर्नु भएको हो । खेलाडीहरुको हौसला बढाउन बिमान स्थल पुग्नु भएका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई समेत दिनु भएको छ । त्यसक्रममा बाजा बजायर स्वागत गरिएको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष...
चिनियाँ विमान खरिदमा नराम्रो ढंगले फँस्यो नेपाल !

चिनियाँ विमान खरिदमा नराम्रो ढंगले फँस्यो नेपाल !

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १५ पौष – चिनियाँ विमान खरीदमा नराम्रो ढंगले नेपाल फँसेको छ । नेपालको छिमेकी देश हो चीन, यो छिमेकी देश विज्ञान तकनिकी र इलेक्ट्रोनिक्स उत्पादनमा अहिलेसम्म अग्रणी रहेको देखिन्छ तर चीन विस्तारवादी नीति राखेको देश हो । रकम कमाउने यो आफ्नो मित्र देशसँग ‘गद्दारी’ गर्दै त्यसको जमीन माथि दशकौंदेखि कब्जा गर्दै आएको छ ।चीन विज्ञान, तकनीक र इलेक्ट्रोनिक्स माथि अनुसन्धान गरेर अगाडी बढेको होइन अरु देशको डेटा चोरी गरी त्यसले यो क्षेत्रमा अग्रणी भएको हो । अरु देशको तकनीकी चोरी गरेर सधैं नयाँ–नयाँ वस्तु उत्पादन गर्दै आएकोले चीनबाट उत्पादित वस्तु टिकाऊ र गुणवत्तापूर्ण हुँदैन । यस बारे भन्ने गरिन्छ ‘चिनियाँ वस्तु चली हालोस् भने चाँदसम्म नचले भने साँझसम्म’ । फोटो गुगल त्यसको यस कार्यको पर्दाफास हुन केही वर्षदेखि शुरु भएको छ । जसको कारण चीनबाट उत्पादित वस्तुको विश्व भरी नै बहिष्कार हुन शुरु भ...
फोहर ब्यवस्थापनमा नमूनायोग्य काम

फोहर ब्यवस्थापनमा नमूनायोग्य काम

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १४ पाैष - नेपालगन्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुक मै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगन्जलाई सुन्दर, सफा र हरित शहर बनाउनका लागि सुरुवातदेखि नै पहलकदमी अघि बढाइएको उल्लेख गरिएको छ । देशमा विभिन्न शहरमा ल्याण्डफिल साईट निर्माण कार्य पुरा नभएको अवस्थामा नेपालगन्जमा भने ल्याण्डफिल साईट निर्माण भई सञ्चालनमा आईसकेको छ । विज्ञप्तीमा नेपालगन्जमा दैनिक फोहर ब्यवस्थापनका लागि स्थायी, ज्यालादारी र करारमा गरि १५५ जना कर्मचारी कार्यरत रहेको र उनीहरुको मासिक तलबमा ३४ लाख ९ हजार ४०१ रुपियाँ मात्रै खर्च हुने स्पष्ट पारिएको छ । सरसफाईको नाममा मासिक चार करोड शिर्षकमा एक सञ्चार माध्यममा प्रकाशित समाचारको भ्रममा नपर्न उपमहानगरपालिकाले सबैमा अनुरोध गरेको छ । मुख्य सडकको फोहाेर ब्यवस्थ...
पाँचौं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

पाँचौं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ पौष – नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । प्रदर्शनी यही माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको हो ।संघले मंगलबार काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको विस्तृत जानकारी गराएको छ । प्रदर्शनीको मूलनारा ‘कृषियान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ रहेको छ । प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संघले जनाएको छ । प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषियान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् ।यसैगरी प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता...
मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

मोरङ व्यापार संघसँग नाफिजको छलफल, सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो

आर्थिक, आस्था, प्रदेश १, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
बिराटनगर, १३ पौष – नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेश स्तरीय अन्तरक्रिया तथा कार्यक्रम प्रदेश१ बाट सुरु गरेको छ । सो क्रममा नाफिजले प्रदेश १ का निजी क्षेत्रका संघ संगठनहरुसँग भेटघाट तथा छलफल गरेको छ ।भेटघाट तथा छलफल कार्यक्रम अन्तर्गत नाफिजले मोरङ व्यापार संघसँग छलफल कार्यक्रम सम्पन्न गरेको हो ।छलफलमा मोरङ व्यापार संघमा आवद्वव्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिले व्यापारी मारमा परेको गुनासो गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भइ व्यापार संकटमा परेको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । बैंकले पैसा छैन भन्दै एलसी नखोल्ने, पास भइसकेको कर्जा नदिने, पुरानो कर्जाको ब्याजदर बढाएर भुक्तानीको लागि ताकेता लगाउँदा व्यापारीहरु हतोत्साहित भएको उनको भनाइ छ ।“बैंकहरु राष्ट्र बैंकको कारवाहीको ब्याकमेल गर्दै कर्जाको ब्याजदर बढाइरहेका छन् भने सावाँ ...
गढवा बजारको अनुगमन

गढवा बजारको अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
दाङ, १३ पाैष - घरेलु तथा साना उद्धोग कार्यालयले गढवा बजारको अनुगमन गरेको छ । सोमबार घरेलु तथा साना उद्धोग कार्यालय घोराहिको निमित्त प्रमुख अधिकृत उमबहादुर वलिको नेतृत्वमा स्थानिय सरकार, संघ संस्था र सन्चार गृहको सहभागितामा बजार अनुगमन गरिएको हो । टोलिले गढवा बजारमा बाणिज्य तर्फ २० र उद्धोग तर्फ ५ वटा वटा ब्यबसायको अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए न भएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिल को अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदिको लगाएतको बारेमा बुझिएको घरेलु तथा साना उद्धोग कार्यालयका प्रमुख वलिले बताउनु भयो । वलिले प्याकिङ मिति नभएका र उपभोग गर्ने म्याद गुज्रेको खाद्य बस्तु बिक्रि बितरण नगर्ने सल्लाह दिनु भएको छ ।अनुगमनका क्रममा दर्ता र नबिकरण न भए...