Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

डुडुवामा रेडियो सफल ९२.८ मेगाहर्ज सञ्चालन

डुडुवामा रेडियो सफल ९२.८ मेगाहर्ज सञ्चालन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
डुडुवा, ८ फागुन – बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले औचारिक रुपमा प्रशारण शुरु गरेको छ । शनिबार एक समारोहका बीच रेडियोका उद्घाटन गरिएको छ ।डुडुवा गाउँपालिका मै पहिलोपटक रेडियो सञ्चालनमा आएको छ । रेडियोलाई गाउँपालिका उपाध्यक्ष सायदा बानोले रिवन काटेर उद्घाटन गर्नु भएको थियो । लामो समयदेखि सञ्चालनको तयारीमा रहेको रेडियो प्रजातन्त्र दिवसको अवसर पारेर रेडियो सञ्चालनमा ल्याईएको हो । प्रजातन्त्र पश्चात नै देशमा नयाँ आयामको बिकास भएको र प्रजातन्त्रले मानिसलाई स्वतन्त्रता प्रदान गरेको अवसर पारेर रेडियो सञ्चालन गरिएको जनाइएको छ । संचार प्रतिष्ठन नेपालद्वारा सञ्चलित रेडियो सफलले बाँकेको डुडुवा, नरैनापुर, राप्ती सोनारी र नेपालगन्ज क्षेत्रलाई लक्षित गरि गरिएको प्रतिष्ठनका अध्यक्ष पोषण केसीले जानकारी दिनुभयो ।रेडियोमार्फत ग्रामीण बस्तीका समस्या, चुनौती, युवाहर...
‘मानसरोबर बिषेश साँझ’ अब नेपालगन्जमा

‘मानसरोबर बिषेश साँझ’ अब नेपालगन्जमा

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ फागुन, - ‘मानसरोबर बिषेश साँझ’ सोमबार साँझ एक कार्यक्रम बीच बिधिवत रुपमा सद्धघाटन भएको छ । बाँकेको नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ । नेपालगञ्ज उपमहानगरपालिका ४, बाईपास चोक स्थित रहेको होटेल मानसरोबर संगै अतिथिलाई बिभिन्न कार्यक्रम तथा प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले मानसरोबर बिषेश साँझ संचालनमा ल्याएको संचालक समितिले जनाएको छ । आषिश मल्ल ठकुरी र टोपेन्द्र वलीको संयुक्त लगानी रहेको मानसरोबर बिषेश साँझ सोमबार ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवसको अवसरमा एक कार्यक्रम बीच उद्धघाटन गरिएको हो । जन्मदिन मनाउन आएका नरायण बिसी र उनी पत्नी ललिता डिसिले रिबन काटेर मानसरोबर बिषेश साँझको उद्धघाटन गर्न बिषेश अवसर प्राप्त गरेका थिए । कार्यक्रमको प्रा...
नेपालगन्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत, सुवेदीको विदाई

नेपालगन्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत, सुवेदीको विदाई

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ माघ – नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतलाई सोमबार औपचारिक कार्यक्रम गरि कार्यालयमा स्वागत गरिएको छ ।नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत तथा यसअघिका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको विदाई गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुवेदीको विदाई गर्नुभयो । सुवेदीको करिब तीन महिनामै नेपालगन्जबाट सरुवा भएको भन्दै नगर प्रमुख राणाले उहाँले नेपालगञ्जको विकास निर्माणको सन्दर्भमा छोटो समयमै महत्वपूर्ण काम गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्याकालमा यहाँ विकास निर्माणका कामले गति लिने बिश्वास ब्यक्त गर्नुभयो ।सुवेदीले छोटो समयमा नेपालगन्जमा सबैको साथ र सहयोग पाएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।न...
भिजन आँखा अस्पतालबाट ५० जना पत्रकारको निःशुल्क आँखा परीक्षण गरियो

भिजन आँखा अस्पतालबाट ५० जना पत्रकारको निःशुल्क आँखा परीक्षण गरियो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २२ माघ - नेपालगन्जमा पत्रकारहरुका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रमका साथ प्रेस चौतारी बाँकेले आफ्नो २४ औं स्थापना दिवस मनाएको छ । भिजन आँखा अस्पतालको सहयोग र समन्वयमा आयोजना गरिएको आँखा परीक्षणमा ५० जना पत्रकारहरुलाई निःशुल्क परीक्षण गराइएको प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकायले जानकारी दिनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ फेको तथा जलविन्दु विशेषज्ञ डा. प्रचण्ड गौतमका अनुसार आँखा परीक्षण गरिएका ५० जना पत्रकारहरु मध्ये दुई जना पत्रकारमा शल्यक्रिया गर्नुपर्ने मोतिया विन्दू र एकजनालाई जलविन्दूको समस्या देखिएको छ भने १६ जना पत्रकारलाई टाढा कम देख्ने दृष्टि दोषको समस्या र १२ जनालाई नजिक कम देख्ने समस्या देखिएको छ । डा. गौतमले परीक्षण गरिएका मध्ये सबभन्दा बढी २७ जना अर्थात् ५४ प्रतिशत पत्रकारहरुमा आँखामा सुख्खापनको समस्या देखिएको बताउँदै आँखामा एलर्जी, ...
किसानकाे समस्या समाधान गर्न ज्ञापनपत्र

किसानकाे समस्या समाधान गर्न ज्ञापनपत्र

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जानकी, २० माघ - अखिल नेपाल किसान महासंघले आज ज्ञापन पत्र बुझाएको छ । बाँकेको जानकी गाउँपालिकामा अखिल र अखिल नेपाल किसान महासंघ जानकी गाउँपालिका कमिटीले आज गाउँपालिकाको कावा अध्यक्ष भूमिसरा धिताललाई ज्ञापन पत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघले आम किसानहरूको हकहित र अधिकार कृषि विकास र खाय सम्प्रभतासंग सम्बन्धित तपसिलमा उल्लेख गरिएका मागहरू पूरा गर्नको लागि जोडदार माग गरिएको छ । यही कार्तिकको पहिलो सातामा आएको अरिवल वर्षमा परी डुवानका कारण किसानहरुमा पर्न गएको क्षतिपूर्ति वापतको राहत तुरन्त उपलब्ध गराउन माग गरिएकाे छ । धान रोपाई मात्र होइन बालीमा समेत रासायनिक मलको चरम अभाव देखिएकाे हुँदा मलको साथै आपूर्तिको व्यवस्था गर्न माग गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएकाे छ। वर्तमान सरकारले भूमि समस्या समाधान आयोग खारेज गरी केपी ओली नेतृत्व सरकारले भूमिहीन किसानलाई जग्गा धनी प्रमाण पुर्जा ...
सडकमा ह्युमपाइप, कल्भर्ट बनाउन सहमति

सडकमा ह्युमपाइप, कल्भर्ट बनाउन सहमति

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नवलपरासी, १५ माघ - भारतले नवलपरासीकाे सीमामा बनाइरहेकाे समानान्तर सडकले पानीकाे प्राकृतिक बहाव थुनिन गइ नेपाली भूभाग डुबानमा पर्ने र कृषि उत्पादनमा ठुलाे क्षति नेपालीले व्याहाेर्नुपर्ने समस्या देखा परेकाेप्रति स्थानीय प्रशासनले संवाद शुरू गरेकाे छ । नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतीय समकक्षी अधिकारी अर्थात उत्तर प्रदेश महराजगञ्ज जिल्लाका जिल्लाधिकारीसित (डिएम) निरन्तरमा संवादमा रहेकाे बताएका छन् । सीमाकाे दशगजादेखि १० देखि २० मीटर मात्रकाे दूरी राखेर भारतले बनाइरहेकाे ३० मीटर चाैडाइकाे सडकले पानीकाे प्राकृतिक बहाव थुनिने संकट उत्पन्न हुने कारण देखाउँदै स्थानीय जनताले विराेध गर्न थालेपछि स्थानीय प्रशासनले स्थलगत निरिक्षण समेत गरेर द्विपक्षीय छलफल गरिएकाे बताएकाे छ । भारतीय सडक विभागका अधिकारी र नवलपरासीका प्रमुख जिल्ला अधिकारी मिश्र सहितकाे संयु...
राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा

राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
– रमेश चन्द्र कुमालनेपालगन्ज, ९ माघ – राप्रपा नेपालका केन्द्रिय सदस्य मोहन सिंह केसी पुत्र शोकमा पर्नु भएको छ ।बुधवार १०ः२५ बजे राती कोहलपुर–१४ पार्वतीपुरस्थित भेरी टूक यातायात प्रालिद्वारा सञ्चालित धर्मकाँटामा कार्यरत रापपाका नेता केसीको ४८ वर्षीय छोरा त्रिलोक सिंह केसीलाई भे१क १९९९ नं.को टिप्परले ठक्कर दिइ भागेको थियो ।त्रिलोक सिंहले टिप्पर चालकलाई टर्च बाली बाटो देखाएका थिए तर टिप्पर चालक अनियन्त्रित गतिले टिप्पर डिभाइडरमा ठोक्काएर केसीलाई किचेको कुरा जानकारीमा आएको छ । फोटोः गुगल बाँकेको राप्तीसोनारी गाउँपालिका– २ बस्ने टिप्पर चालक टिप्पर लिएर भागेका थिए तर मृतक केसीको कपडाको केही भाग टिप्परको पांग्रामा फेला परे पछि सोही टिप्परबाट केसीको मृत्यु भएको कुरा पुष्टि भएको थियो । यसमा पनि सो टिप्पर चालकले आफूबाट केसीको मृत्यु नभएको दावी गर्दै आएका थिए । तर पछि उनले मेरै टिप्परबाट किचिएर...
नेपालीहरु चिनियाँ रवैयाले पुरपुरोमा हात राखेर रुँदै

नेपालीहरु चिनियाँ रवैयाले पुरपुरोमा हात राखेर रुँदै

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ७ माघ – नेपाल-चीन सीमा ६ वर्षदेखि ठप्प छ । कहिले भूकम्प त कहिले केही, केही कोभिड महामारी देखाएर चीनले नाका खोल्न मानेको छैन । दैनिक ७/८ सय कन्टेनर भित्रिने नाका आजकल सुनसान छ । चीनले विभिन्न बहानाबाजी गरेर अघोषित रुपमा नाकाबन्दीकै स्वरुपमा नाकामा अवरोध गरेको छ । यो अवरोध कोभिड महामारी शान्त भइसकेपछि पनि जारी रह्यो । नेपालका प्रधानमन्त्री, राष्ट्रपति, विभिन्न मन्त्रीहरु र मन्त्रालयले पहल गर्दा पनि चीनले टेरेन । पछिल्लो समय नेपालका चारवटा मन्त्रालय कृषि, उद्योग, अर्थ र परराष्ट्र मन्त्रालयले निरन्तर नाका खोलिदिन पहल गरेका छन् । त्यतिमात्रै होइन वाणिज्य मन्त्रालयबाट सरुवा भएर ल्हासास्थित नेपाली महावाणिज्यदूत बनेर गएका सहसचिव नवराज ढकालले तिब्बतबाट पहल गरिरहेका छन् । तर चिनियाँ रवैयामा कुनै सुधार छैन । नाका खोल्न मानेकै छैन । जसका कारण नेपाली व्यापारी, किसान र उपभोक्ता मा...
खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्झाैता

खाद्यान्नमा आत्मनिर्भर बनाउन सम्झाैता

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ - रैथाने र राष्ट्रिय खाद्य बैंकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खाद्य क्षेत्रमा भएको विद्यमान आवश्यकतालाई परिपूर्ति गर्न र भावी पुस्ताहरुको लागि खाद्यान्न सम्प्रभुता संरक्षण गर्न “पोषिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने मूल नाराका साथ कृषिलाई औद्योगिकीकरण गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने उद्देश्यले सम्झाैता भएको जनाइएको छ । दुइ संस्थाको बीचमा नेपालको मौलिक कृषि बाली, ज्ञान र सिपहरुको संरक्षण, प्रर्बद्धन र बजारीकरण गर्ने र स्वदेशमै रोजगारी सृजनाका लागि कृषि र पर्यटनमा एकीकृत अवधारणा सम्बन्धी योजना कार्यन्वयनमा सहकार्यका प्रारम्भिक सम्झौता भएको हो । नेपालका ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषि पेशामा आधारित छन् । कुल राष्ट्रिय उत्पादनको करिब ३२ प्रतिशत हिस्सा, कृषिले ओगटेको छ । उत्पादन बृद्धि गर्ने हेतुले आयातित बिउ बिजन, रासायनिक मल तथ...
प्रहरीकाे ६ महिने कार्य प्रगति विवरण सार्वजनिक, ९ करोड बढीको राजस्व संकलन, बरामद लागूऔषधहरु नष्ट

प्रहरीकाे ६ महिने कार्य प्रगति विवरण सार्वजनिक, ९ करोड बढीको राजस्व संकलन, बरामद लागूऔषधहरु नष्ट

अपराध, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ माघ - जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार भेटघाट मार्फत चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेमा गत असारमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी प्रहरी प्रमुखको रुपमा सरुवा भै आएपछि उनको कार्यकालको यो आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरीले बितेको ६ महिनामा ९ करोड बढीको राजस्व संकलन गरेको सार्वजनिक गरेकाे छ । प्रहरीले भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६ सय ८ रुपैयाँ, सुन तस्कर कारवाहीबाट ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँ, ट्राफिक कारवाहीबाट १ करोड १२ लक्ख ३४, हजार ५ सय रुपैयाँ, नदिजन्य पदार्थ उत्खननबाट ३ लाख ३० हजार रुपैयाँ, जुवातास कारवाहीबाट ९ लाख ५१ हजार ६ सय १० रुपैयाँ, काठ तस्कर कारवाहीबाट ६ लाख ५३ हजार ९ सय रुपैयाँ, क्वारेन्टाईन नगर...