Saturday, April 18सत्यम खबर
Shadow

फोहर ब्यवस्थापनमा नमूनायोग्य काम

नेपालगन्ज, १४ पाैष – नेपालगन्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुक मै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ ।

नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगन्जलाई सुन्दर, सफा र हरित शहर बनाउनका लागि सुरुवातदेखि नै पहलकदमी अघि बढाइएको उल्लेख गरिएको छ । देशमा विभिन्न शहरमा ल्याण्डफिल साईट निर्माण कार्य पुरा नभएको अवस्थामा नेपालगन्जमा भने ल्याण्डफिल साईट निर्माण भई सञ्चालनमा आईसकेको छ ।

विज्ञप्तीमा नेपालगन्जमा दैनिक फोहर ब्यवस्थापनका लागि स्थायी, ज्यालादारी र करारमा गरि १५५ जना कर्मचारी कार्यरत रहेको र उनीहरुको मासिक तलबमा ३४ लाख ९ हजार ४०१ रुपियाँ मात्रै खर्च हुने स्पष्ट पारिएको छ ।

सरसफाईको नाममा मासिक चार करोड शिर्षकमा एक सञ्चार माध्यममा प्रकाशित समाचारको भ्रममा नपर्न उपमहानगरपालिकाले सबैमा अनुरोध गरेको छ । मुख्य सडकको फोहाेर ब्यवस्थापनका लागि ई–विडिङ्गमार्फत फर्महरु छनौट गरिएको र सार्वजनिक निजी साझेदारी अन्तर्गत केही वडामा वडा कार्यालयको सिफारिस तथा नगर कार्यपालिकाको निर्णयका आधारमा घरघरबाट फोहर संकलनका लागि गैर सरकारी संस्थाहरु छनौट हुने विज्ञप्तीमा स्पष्ट पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *