सुरक्षित भएर घर मै मोहरर्म मनाउन अनुरोध
नेपालगन्ज, ७ भाद्र – केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति केन्द्रिय कार्यालय नेपालगन्जका अध्यक्ष गुलाम हुसेन हलुवाइ “वारसी” फिरोजले समुदायलाई यसपटकको मोहर्रम पर्वलाई सुरक्षित भएर घर मै मनाउन अनुरोध गरेका छ्न ।
कोभिड–१९ को महामारीका कारण विगत ६ महिनादेखि सबै धार्मिक कार्यहरु घरमै गर्नु परिरहेको छ । मुस्लिम समुदायको मोहर्रम पर्वलाई पनि घरमै मनाउनुकालागि आग्रह गरेका छ्न ।यसैगरी राति गरिने कुनै पनि कार्यक्रमहरु, भेला नगर्न वा ताजिया सेलाउन पालैपालो भिडभाड नगरी सुरक्षित तवरले कर्बला जान अध्यक्षले समुदायलाई अनुरोध गरेका छ्न ।...









