Monday, May 4सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

हरितालिका तीज आज, के हो तीज ? किन बसिन्छ व्रत ?

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज शुक्रबार तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । तस्वीर : फेसबुकबाट तस्वीर : फेसबुकबाट सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको बाँकेको बागेश्वरी र्मिन्दरमा रहेका जुँगे महादेव, त्रिभुवन चोक शिवमन्दिर, फुल्टेक्राका शिवमन्दिर, काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्ने गर्थियो तर यस बर्ष कोरोना संक्रमणका कारण सरकारले सामुहिक नाच गानमा रोक लगाएको हुँदा घर मै बसी मनाउने गरिएको छ ।हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याल...
एकै दिन ५१ जना कोरोना मुक्त

एकै दिन ५१ जना कोरोना मुक्त

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ भाद्र – आईसुलेसन अवधि पूरा गरी बाँकेका विभिन्न आईसुलेसन सेन्टरबाट शुक्रबार ५१ जना डिस्चार्ज भएका छन् ।विहिबार हरितालिका तीजको बहानामा आईसुलेसन अवधि भन्दा एक दिन अगावै डिस्चार्ज गर्न लागिएको खबर सामाजिक संजालमा बाहिरएपछि चर्को विरोध भएको थियो । सोहीलाई ध्यानमा राखी प्रशासनले उनीहरुलाई विहिबार राती १२ बजे डिस्चार्ज गर्ने आश्वासन दिएको थियो । तर, आफूहरु राती १२ बजे डिस्चार्ज नहुने संक्रमितहरुले राखेपछि उनीहरुलाई शुक्रबार बिहानै डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।ब्यापारी नेता कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहाल पनि शुक्रवार बिहान डिस्चार्ज भएका छन् । ‘मापदण्ड अनुसार १४ दिन आईसुलेसन अवधि पुरा गरेका ५१ जनालाई थप ७ दिन होम आईसुलेसनमा बस्ने गरि डिस्चार्ज गरिएको छ,’ फोकल पर्सन श्रेष्...
राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

राष्ट्रिय सहकारी बैंकको वार्षिक समिक्षा सम्पन्न १ अर्व ७ करोड मुनाफा गर्ने लक्ष्य

आर्थिक, प्रदेश १, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
ललितपुर, ५ भाद्र–राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजना सम्बन्धी २ दिने समिक्षा वैठक बिहीवार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालित भर्चुअल वार्षिक समिक्षा वैठकले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म १४ हजार ५ शेयर सदस्य, २ अर्ब ५० करोड शेयर पूँजि, ६० अर्ब निक्षेप ४२ अर्ब कर्जा लगानी गरी १ अर्ब ७ करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तावित योजना पूर्ण रुपमा कार्यान्वयन गर्दै बैंकमा १२ हजार भन्दा बढी शेयर सदस्य २ अर्व २२ करोड शेयर पुँजि, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो ।समिक्षा वैठकबाट चालु आर्थिक वर्षको लक्ष्य पुरा गर्नका लागि शाखाहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन ग...
अपडेटः बाँकेमा २४ जना पोजेटिभ

अपडेटः बाँकेमा २४ जना पोजेटिभ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – बाँकेमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट जिल्लाका बिभिन्न पालिकाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बिहिवार नेपालगन्ज उपमहानगरपालिकामा १ जना, कोहलपुर नगरपालिकामा १७ र जानकी गाउँपालिकामा ६ जना कोरोना पोजेटिभ थपिएका छन् ।बाँकेमा अब कोरोना संक्रमितको संख्या ७ सय ८७ पुगेको छ । जसमध्ये २ जना महिला सहित ४ जनाको मृत्यु भइसकेको छ ।...
आज सांसद नमूनासहित २८ जना घर फिर्ता

आज सांसद नमूनासहित २८ जना घर फिर्ता

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमूना) सहित २८ जनाले आज विहिबार कोरोना जितेर घर फिर्ता हुने भएका छन् । १३ जना महिलासहितका २८ जनाले कोरोनालाई जितेर घर फिर्ता जाने भएको फोकल पर्शन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । २८ जना डिस्चार्ज हुनेहरुमा अधिकांश नेपालगन्ज उपमहानगरपालिका भित्रका रहेका छन् भने यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फिर्ता भई सकेका छन् । बाँकेमा अन्य जिल्लाका समेत गरि ७ सय ६६ जना कोरोना संक्रमित हुँदा ४ सय ९६ जना कोरोना जितेर घर फिर्ता गईसकेका छन् । हाल २ सय ६६ जना कोरोना पोजेटिभ संक्रमित रहेका छन् । हालसम्म बाँकेमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाइ सकेका छन्...
नेपालको पत्रकारितामा कोभिड–१९ को गम्भीर असर, प्रतिवेदन सार्वजनिक

नेपालको पत्रकारितामा कोभिड–१९ को गम्भीर असर, प्रतिवेदन सार्वजनिक

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ भाद्र– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड–१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्त रुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिक रुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादन समेत घटेको देखाएको छ । आज बुधबार एक भर्चुअल समारोहमा माननीय अर्थ र सञ्चार सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्नु भएको छ ।पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिक रुपमा प्रभावित भएका छन्, जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् । असार २६ देखि साउन ९ गतेसम्म देशका ७ वटै प्रदेशबाट ...
अपडेटः ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जना पोजेटिभ

अपडेटः ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जना पोजेटिभ

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ भाद्र– बुधबार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । बाँकेका १३ र बर्दियाका २ जना गरी जम्मा १५ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ । बाँकेमा बुधवार थपिएका अधिकांश कोहलपुर नगरपालिका वडा नं.११ का हुन् । ६ वर्षदेखि ३१ वर्ष उमेर समूहका ८ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको अस्पतालद्वारा जारी सूचनामा जनाइएको छ । त्यस्तै बाँके बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका १–१ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । २ जना वडा नं. १२ का रहेका छन्् भने अर्काको ठेगाना उल्लेख गरिएको छैन् ।यस्तै बर्दियाका मधुवन नगरपालिका वडा नं. ५ र ७ का १–१ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५० जनाको नमुना परीक्षण गर्दा १५ जन...
अपडेटः बाँकेमा आज ११ जना संक्रमित, १३ जनाले कोरोना जिते

अपडेटः बाँकेमा आज ११ जना संक्रमित, १३ जनाले कोरोना जिते

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र– बाँकेमा मंगलवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नेपालगन्ज उपमहानगरपालिकाका १० जना र एकजना खजुराका व्यक्तिमा भाइरस संक्रमण पुष्टि भएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । पछिल्लो २४ घण्टामा पाँच सय ५० नमुनाको परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।ति मध्ये २ जना बर्दिया गुलरिया नगरपालिकाका छन् भने अर्को सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका हुन् । बाँकेमा मंगलवार थप भएका ११ संक्रमितसहित कुल संक्रमितको संख्या ७ सय ४५ पुगेको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । यसैगरी, नेपालगन्जका १३ जना कैदीबन्दी कोरोनामुक्त भएका छन् । कारागार कार्यालय नेपालगन्जमा रहेका कैदी–बन्दीहरुमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका ती कैदी–बन्दी नै म...
कस्तो छ क्वारेन्टाईनको अवस्थामा, के–के गुनासो रहेको छ ?

कस्तो छ क्वारेन्टाईनको अवस्थामा, के–के गुनासो रहेको छ ?

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २ भाद्र– प्रायः आम सर्वसाधारण व्यक्तिहरुको मनमा जिज्ञासा हुन सक्छ, क्वारेन्टाईनको अवस्था कस्तो छ, त्यहाँ भएका व्यक्तिहरुलाई बेला–बेलामा सम्बन्धित निकायबाट पाउने सेवा सुविधाहरु पाईएको छ व छैन । यसै जिज्ञासालाई मेटाउन आज मंगलबार नेपालगन्ज स्थित रहेको महेन्द्र बहुमुखि क्याम्पसको क्वारेन्टाईन अनुगमन गर्ने अवसर पाईयो । बाहिरबाट झट हेर्दा सबै राम्रो र व्यवस्थित भएको पाईन्छ । तर भित्रि पीडाहरु अनेक रहेको पाईन्छ ।हाल महेन्द्र बहुमुखि क्याम्पस क्वारेन्टाईनमा ६८ जना पुरुष र ६१ जना महिलाहरु रहेका छन् । जसमा बच्चाहरुको गन्ती गरिएको छैन । जम्मा १ सय २९ जना रहेका महिला–पुरुष बस्ने क्वारेन्टाईनको अवस्था सामान्य जस्तै देखिएको छ । बिहान ८ बजे नास्ता पाईएको छ, दिउँसो १२ बजे खाना, दिउँसो ३ बजे नास्ता र राती ७ बजे खाना पाईएको छ । पानी २४ औं घण्टा उपलब्ध छ, सामान्य उपचारको लागि स्वास्थ...
नर्समा कोरोना देखिएपछि अपरेसन नै प्रभावित

नर्समा कोरोना देखिएपछि अपरेसन नै प्रभावित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
चितवन, २ भाद्र– तीनजना नर्ससहित ५ जना कर्मचारीमा कोरोना देखिएपछि भरतपुर सेन्ट्रल अस्पतालले केही दिनका लागि सेवा बन्द गरेको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीहरू जोखिममा रहेको भन्दै तत्कालका लागि सेवा बन्द गरिएको अस्पतालका डाक्टर अनिलविक्रम कार्कीले बताए । डा.कार्कीका अनुसार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि तीन जना बिरामीको शल्यक्रिया प्रभावित बनेको छ ।‘तीन जना बिरामीको अप्रेसनको तयारी भइरहेको थियो, त्यही वार्डका नर्समा कोरोना पोजेटिभ देखियो’, उनले भने, ‘तत्कालका लागि स्थगित गरेका छौं ।’नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका डा.कार्कीले अहिले नै निजी अस्पताल बन्द हुने अवस्थामा पुगेको भन्दै निजी अस्पतालमा कोरोना संक्रमितको उपचार गराउँदा जोखिम बढ्ने बताए ।‘सरकारले त्यो निर्णय फिर्ता लिनुपर्छ, कुनै एक स्थान छनोट गरेर कोरोना संक्रमितको उपच...