Thursday, September 25सत्यम खबर
Shadow

अपडेटः आज बाँकेका १६ जनामा कोरोना संक्रमण

नेपालगन्ज, ५ भाद्र – बाँके जिल्लामा आज शुक्रबार १६ जना कोभिड–१९ पोजेटिभ देखिएका छन् ।
नेपालगन्जको भेरी अस्पतालको पिसिआर ल्याबबाट प्राप्त जानकारी अनुसार १६ जना कोभिड–१९ पोजेटिभ पुष्टि भएको बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
यो सँगै बाँके जिल्लामा जम्मा पोजेटिभ संख्या ८ सय ३ जना पुगेको छ भने २ सय ५२ जना उपचारमा रहनुका साथै ५ सय ४७ जना संक्रमण मुक्त भई डिस्चार्ज भईसकेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।


बाँकेमा ८ सय ३ जना संक्रमित मध्ये ५ सय ४७ जना निको भई डिस्चार्ज भएका छन् भने २ सय ५२ जना हाल उपचारमा रहेको फोकल पर्सन श्रेष्ठले जनाउनुभयो ।
यो सँगै बाँकेमा २ महिला सहित ४ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *