अपडेटः आज २ महिलासहित ९ जनामा संक्रमण पुष्टि
नेपालगन्ज, ९ भाद्र – भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय नमुना परीक्षण गरिएकोमा बाँकेका ९ जना र बर्दियाका ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।आज मंगलवार थप भएका संक्रमितमा डाक्टरदेखि बैंकका कर्मचारी समेत रहेका छन् । भेरी अस्पतालका फिजिसियन, नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सकदेखि एभरेष्ट बैंक नेपालगन्जका कर्मचारीमा समेत भाइरस संक्रमण पुष्टि छ ।
भेरी अस्पतालबाट लिइएको नमुनामा ३ जना, नेपालगन्ज मेडिकल कलेजबाट लिइएको नमुनामा २ जनामा पोजेटिभ पुष्टी भएको रिपोर्ट आएको छ ।एभरेष्ट बैंकका २ जना कर्मचारीमा पनि भाइरस पोजेटिभ पुष्टि भएको छ । वडा प्रहरी कार्यालयका १ जना प्रहरीमा समेत भाइरस संक्रमण पुष्टि हुँदा अर्का नेपालगन्ज वडा नं.९ का ३१ बर्षीय पुरुष रहेका छन् ।बर्दियाको ठाकुरबाबा नगरपालिकाका ४ जना, बढैयात...









