सहरका सीमान्तकृत
२०७७ चैत १४ गते
शुक्रऋषि चौलागाई
स्याहार सुसार पाउने उमेरका सफी मोहम्मद किंघरियन अहिले पनि गुजाराकै लागि गाउँ÷टोल चाहर्छन् । ७५ वर्षिय किंघरियन एका विहानै घरबाट निस्किन्छन् र साँझपख मात्र पुग्छन् । ‘किंगरी’ (एक प्रकारको वाजा) बजाएर सीदा (चामल, पैंसा) माग्दै जीवन धानीरहेका छन् । उनी नेपालगन्जदेखि करिब ६ किलोमिटर पुर्व पुरैनी किंघरियनपुर्वामा बस्छन् । किंघरियन, लोपोन्मुख र संकटोन्मुख जाति मध्येको एक हो । राष्ट्रिय जनगणना अनुसार नेपालमा किंघरियनहरुको जनसंख्या करिब १ हजार ३ सय ५० रहेको छ । ंिकंघरियनहरु साविकको पुरैनी– ७ र ८ मा बसोवास गर्दछन् । सो क्षेत्र हाल नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २२ मा पर्दछ ।मुस्लिम समुदायको उपेक्षित जातिका रुपमा हेरिने किंघरियनहरु ंिकंगरी (चिकारा) बजाएर गुजारा गर्ने हुनाले नै किंघरियन कहलीन थालेका हुन् । ंिकंगरी बजाउने, कड्खा र बिरहा लगायतका गीत गाउँने मोह...








